~राजेन्द्र ज्ञवाली~
‘मेरो वारेमा केही सुनेका थियौ ?’ उसको प्रश्नले मलाई दुविधामा पा¥यो । हो उसको वारेमा मैले गाँइगँुई सुनेकै हो । कसै वारे हुने गाँइगुँईको अर्थ प्राय चरित्रसँग जोडिएको हुन्छ । हो त्यही अर्थमा मैले उसका वारेमा सुनेको थिए । उसलाई पहिलो पटक देख्दा वा उसँग पहिलो पटक भेट हुदा मलाई धेरै अघि एउटा हिन्दि उपन्यासमा सुन्दर महिलाको रंगका बारेमा वर्णन गरेको शैलीको सम्झना आएको थियो ।
त्यसमा कुनै एक पात्रको सुन्दरताको वर्णन गर्दै भनिएको थियो–दुधमा अलीकति अविर मिसाएको जस्तो रंग थियो उसको । हो, उसको रंग पनि मलाई त्यस्तै लागेको थियो ।
त्यस्तै दुधमा अलिकती अविर मिसाएको जस्तो रंग, तर आँखा र कपालको रंग भने कालो ।
लगभग छ फुटभन्दा वढी उचाइकी उसको शारिरिक वनोट र सुन्दरतामा खोट लगाउने कही कतै ठाँउ थिएन । उसलाई मैले श्रृङ्गार गरेको पनि कहिले देखिन । सम्भवतः उसलाई श्रृङ्गारपटारमा रुची थिएन अथवा उसलाई थाहा थियो उ त्यतिकै यति सुन्दर छ की श्रृङ्गारको कुनै आवश्यकता छैन ।
मैले एक दुई पटक उसलाई भनेको पनि थिए–तिमि त मोडल जस्तै देखिन्छ्यौ, त्यता तिर किन प्रयास गर्दिनौ त ? हुन त मैले अली ठट्यौली पारामा यो भनेको भए पनि भित्र भित्र मलाई नै लागेको थियो उसमा मोडलका लागि चाहिने धेरै कुराहरू छन् ।
उसले हरेक पटक मेरो कुरालाई ठट्टाका रुपमा लिदै जवाफ दिन्थी–मेरो तौल अली वढी छ के अनी त्यसमाथि मैले धेरै ठाँउ टाटाु खोपाएकी छु ।
मैले एक पटक पढाइका वारेमा सोध्दा जवाफमा उसले आफ्नो वाँयाँ हात तन्क्याएर वुढी औँलालाई चोरी औँलाको टुप्पामा घर्षण गर्दै भनेकी थिइ– नो मनी ! कसरी पढ्ने ? हाइ स्कुल त भ्याइ सके तर युनिवर्सिटी जाने पैसा छैन । अनी मेरो क्रेडिट अझै राम्रो भएको छैन ।
एउटा क्याप पसलमा काम गर्थी उ । मैले उसका अभिभावकका बारेमा प्रश्न गर्दा आफ्नो आमा वुवा भएको तर अचेल आफू एक्लै वस्ने गरेको बताएकी थिइ ।
‘अनी कमाउदी रहिछौ नी त । पढ न यही पैसाले ।’ मेरो कुरा सुनेर उसले मुस्कुराउदै भनेकी थिइ–पुग्दैन । म आमा वुवासँग वस्दिन । अलग्गै वस्छु । घर भाडा, विजुली, ग्रोसरी, कारको विमा, यी सबै तिर्दैमा केही वच्दैन । त्यसमाथि मेरा दुई वटा पपी (कुकुर) छन् । तिनिहरूलाई स्याहार गर्नु पर्छ ।
आमावुवाबाट सहयोग लिन हुदैन र ? भन्ने मेरो प्रश्नमा उसले सहजताकासाथ भेनी थिइ–कसरी लिने ? म आफ्नो भविश्य आफै बनाउन चाहन्छु । त्यसैले एक्लै वसेकी छु । कुनै दिन पैसा जम्मा भयो भने पढाइलाई अगाडि त लैजाने नै छु । उसले आफूलाई कानून व्यावसायी बन्ने रहर भएको वताएकी थिइ ।
त्यसपछि लगभग दिनहू भेट हुदा उसँग कुरा हुन्थ्यो । आफूलाई १९ वर्षकी वताउने उ प्राय गम्भिर नै भेटिन्थी । निकै गहन सोँचमा भए जस्तो । तर उसमा एउटा विशेषता थियो । कुराकानीका क्रममा उसका आँखाका नानी चलायमान हुन्थे । अनी लाग्थ्यो उसको आँखा पनि वोल्दा रहेछन् । उसका अन्य कृयाकलाप उसको उमेरको प्रतिनिधित्व गर्दैन थिए । किशोरी भए पनि उसका कुराकानी सुन्दा उ पाकी महिला जस्तो लाग्थ्यो, व्यवहारिक पक्षलाई वढी महत्व दिने । हो, उसका आँखाका नानी नै थिए जसले चञ्चलताकासाथ भन्ने गर्थे–वडो गम्भिर कुरा गर्ने मेरो भनाइमा मात्र ध्यान दिनु जरुरी छैन है । म अझ पनि एउटा किशोरी हूँ । आफ्नो मन भित्र असिम चाहना र चञ्चलता लिएकी एउटा युवती ।
तर त्यस दिन भने उ निकै गम्भिर थिइ । र उसले निकै गम्भिर पारामा मेरो सामु त्यो जिज्ञासा राखेकी थिइ । हुनत उसले काम छाडेर गए पछिको यो हाम्रो दोस्रो भेट थियो । उसले काम छाडेको पनि मैले दुई चार दिनपछि मात्र थाहा पाएको थिए । त्यसपछि उसँग भेट भएको थिएन । अनी लगभग १५ दिन जति अघि उसलाई भेट्दा पहिले त म छक्क परेको थिए ।
उसले आफ्नो कालो कपाललाई रंगाएर खैरो वनाएकी थिइ । अनी ति प्राकृतिक रुपमा गुलाफी रंगका ओठमा रातो लिपिस्टिक पोतेकी थिइ । अनी पोषाक पनि अली फरक किसिमको लागेको थियो मलाई त्यतिवेला । आम वोलचालको भाषामा भन्ने हो भने अली भडकीलो किसिमको पोषाक !
अनी त्यसको दुई तिन दिनपछि मलाई उसको पसलमा काम गर्ने एक जना महिलाले नै भनेकी थिइन् –थाहा छ उ त अहिले अर्कै काम गर्छे नी !
मैले जिज्ञासा व्यक्त गर्न नपाउदै उसले अगाडि भनेकी थिइ–त्यही के त्यो यहाँ एउटा नाइट क्लब छ नी, हो त्यसमा हुने ‘स्ट्रिप सो’मा काम गर्छे । त्यसपछि लाइमाको सानो वजारमा यो प्रसङ्ग केही दिन नियमित चर्चाको विषय हुन पुगेको थियो । अरु धेरैको मुखबाट मैले यो कुरा सुनेको थिए ।
त्यसपछि मैले उसलाई पछिल्लो पटक भेट्दाको दृश्य सम्झे । उसको श्रृङ्गार पटारयुक्त अनुहार अनी भडकिलो भनिने पोषाक !
आज भने उसको जवाफ दिन सकेको थिइन । के भनेर जवाफ दिउँ ? हो, तिम्रो वारेमा कुरा सुनेको थिए भनौ वा हैन मलाई केही थाहा छैन भनेर झुट वोलौँ !
‘सबै हल्ला भइ सक्यो, तिमिले पनि थाहा पाए होलाउ । मलाई म स्ट्रिप सोमा काम गर्छु भनेर हल्ला भएकोमा कुनै गुनासो छैन, तर जुन किसिमले यस विषयलाई चर्चामा ल्याइएको छ त्यसबाट साह्रै चित्त दुखेको छ ।’ उसले अगाडि भन्दै गइ–म त त्यहाँ काम गर्छु । अनी मेरो त्यही काम हेर्न आउनेमा कतिपय मैले चिनेका वुढाहरू छन् मेरो हजुरवाका उमेरका ! उनीहरू त्यहाँ आउन हुने, म काम गर्न नहुने ? यो कस्तो चलन हो है !
त्यसपछि उसले आफू वाध्य भएर त्यस क्लबमा काम गर्न थालेको बताइ । युनिवर्सिटीको पढाइका लागि शुल्क जम्मा गर्नका लागि आफूसँग अरु कुनै विकल्प नभएपछि त्यहाँ काम गरेको वताउदै उसले भनी–के गर्ने, मेरो वुवाआमासँग त्यति पैसा छैन, भए पनि म माग्ने थिइन । मेरो भविश्य म आफैले वनाउने विचार गरेकी छु ।
त्यसपछि फिस्स हास्दै भनी–जब प्रसङ्ग महिलाको चरित्रको आउछ नी, मेरो विचारमा संसार भरीका समाजको कुरा गर्ने शैली एउटै हुदो रहेछ ।
‘आज मेरो कुरा काट्नेमा ति महिलाहरू पनि छन् जसलाई मैले आफ्नो नजिककको मानेकी थिए । तर ठिकै छ, काटी रहुन कुरा । मलाई मतलब छैन । मैले आफ्नो शिक्षाका लागि यो काम गरेको हो । पछि पैसा जम्मा गरेर युनिवर्सिटी गएपछि सबैको मुखमा आफै वुजो लाग्ने छ ।
त्यति भनेर उ त हिडी तर मेरो मथिङ्गलमा भने उसले भनेको त्यो वाक्य घुमी रहेको थियो–जव महिलाको चरित्रको प्रसङ्ग आउछ अनी संसारभरीका समाजको कुरा गर्ने शैली एउटै हुन्छ ।
(स्रोत : सदृश्य डट कम)