गजल : बास मन पर्छ

~निश्चल क्षेत्री~

हो मलाई त्रिपालको बास मन पर्छ
नमिठै होस् सामुहिक गास मन पर्छ ।

त्राही त्राही दोधारे यो जीवनभन्दा
मृत्युकै होस् सन्तुष्टिको सास मन पर्छ ।

प्राकृतिक बिपत्ति यो टार्न कसले सक्नु
देशका लागि जुट्नेहरू खास मन पर्छ ।

पूर्वदेखि पश्चिमसम्म व्यथा उस्तै उस्तै
तर पनि दुष्टजनहरूको लास मन पर्छ ।

बैरीको सहयोगप्रति शङ्का सबैलाई
ती स्वार्थी सबैको उठिबास मन पर्छ ।

बिपदको घडीमा एकताको सन्देस दिउँ
फुटाउन खोज्नेहरूको सर्वनास मन पर्छ ।

हो मलाई त्रिपालको बास मन पर्छ
नमिठै होस् सामुहिक गास मन पर्छ ।

(पाल्पा)

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २६ – May 28, 2015 – २०७२ जेष्ठ १३ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.