कथा : विदेश जाने चक्करमा पर्दा खेप्नु परेको पीडा

~खेमनाथ पौडेल~

नारायणघाटमा कम्युनिकेसन चलाएर म बसेको थिएू । त्यो चलाउन मलाई मेरी सानीले साथ दिइरहेकी थिई । विगत केही वर्षदेखिको देशको बिग्रूदो परिस्थितिले व्यवसाय धारासायी बन्दै थियो । दिनप्रतिदिनको जुलुस, बजारबन्द आदिले भनेजस्तो व्यापार हुन सक्तैनथ्यो । तर त्यसै वर्ष स्नातकतह पास गरेू ।

मेरो अति मिल्ने साथी सन्तोष १ वर्ष पहिलादेखि युएइमा कार्यरत थियो । देशको अवस्था बिग्रूदै गएपछि युएइमा केही काम पाइन्छ कि भनी सन्तोषलाई फोन गरेू । उसले सहजै भन्यो, ‘यार आइज्, युएइमा अहिले भिजिट भिसामा आएर पनि कतिले राम्रो काम पाएका छन् । तिमीसूग त कम्प्युटरको राम्रो दक्षता छ अनि पढाइ पनि । आएको भोलिपल्टदेखि तिमीले काम पाउछौ । आउछौ भने भिजिट भिसा निकालिदिन्छु ।

’ ‘ए त्यसो भए म आउूछु । यहाूू अहिले बेहाल छ । व्यापार पनि त्यति छैन । ’ मैले विदेश जाने निर्णय गरेू । मसूग भएका सबै सर्टिफिकेट सर्टिफाइ गरेू । लगभग २० हजार जति खर्च भयो । हरेक सानातिना कामका लागि घर र काठमाडौू आऊजाऊ गर्दागर्दा खर्चले आकाश छुूदै थियो । बाफ रे बाफ † काठमाडौूमा प्रत्येक सामानको मूल्यले आकाश छोएको थियो । दुर्ईतीन दिन बस्दा पनि पैसाको खोलो बगाउनुपर्ने रहेछ ।

‘यार, म त आउनै प¥यो भिसा निकाल्देऊ ।’ सन्तोषलाई फोन गरेू । ‘हुन्छ, म १० दिनभित्र भिजिट भिसा निकालिदिन्छु । त्यसको लागि १५ सय दिराम अर्थात् ३० हजार नेपाली रुपियाू लाग्छ । तिमीले आउने(जाने टिकट लिनुपर्छ । त्यसको लागि करिब ३५ देखि ४० हजार खर्च हुन्छ । आउूदा तिमीसूग कम्तीमा ५ सय डलर हुनुपर्छ ।’ सन्तोषले भन्यो । यसोउसो गर्दा १ लाख ५० हजार खर्च लाग्ने छाूटकाूट देखियो । राम्रो काम पाएमा ५ महिनामा पूर्ति गर्न सकिने र त्यसपछि कमाएको फाइदा हुने अनुमान लगाएू । त्यो देखी मैले स्वीकृति दिएू । नभन्दै १० दिनको दिन मेरो हातमा भिजिट भिसा प¥यो । त्यसको म्याद ६० दिनको थियो । ‘विदेश नजानुहोस् । समय सधैू एकैनास हुूदैन । केही समय पर्खनुहोस् । नेपालमा पनि शान्तिको कुरा चलिराखेको छ ।’ सानी भन्दै थिई । तर पनि मेरो मनले मानेन । विदेश जाने ढिपी छाडिनू । काठमाडौू आएर टिकट खरिद गरेू । भिजिट भिसाको लागि श्रम कागज चाहिूदो रहेनछ । योग्यता हुूदाहुूदै म विदेशिएू । कहिल्यै विदेश नगएकोले काठमाडौूस्थित अन्तर्राष्टिूय विमानस्थलमा प्रवेश गर्दा अनौठो लाग्यो । मेरो साथमा सानो हातेब्याग थियो । त्यसमा केही कपडा र कागजपत्र थिए । भन्सारमा ११ सय तिरेर सामान चेक गराई सीधा टिकटकाउन्टरतिर लागेू । टिकट ओ.के. भएपछि अरूको पछि लागेू । माथिल्लो तलामा अध्यागमन विभाग रहेछ । सबै लाइनमा थिए । धेरैजसो विदेशी थिए । म पनि उनीहरूको पछाडि लाइन लागूे । अध्यागमनको अगाडि पुगेर पासपोर्ट देखाएू । त्यहाूू नाना थरीका प्रश्न गरिए ।

आफनै पैसा तिरेर जाूदा पनि सास्ति खानुपर्ने रहेछ । मेरो पासपोर्ट र भिसा त्यहाूका कर्मचारीले ओल्टाईपल्टाई हेरे । ‘ओहो † यो त नक्कलीजस्तो छ । भिजिट भिसा त अहिले बन्द छ । तपाईू त्यहाूू गएर भेट्नुहोस् ।’ ती कर्मचारीले भने । उनले बताएको ठाउूमा म सरासर गएू । हाकिमलाई मेरो भिसा देखाएू । त्यहाूूबाट अगाडि पठाउन आनाकानी गरियो । ‘मसूग आउनेजाने दुईतर्फी टिकट छ । यदि विदेशमा अलपत्र परेू भने नेपाल फर्कन सक्छु ।’ भनेू । त्यसपछि मलाई अगाडि जान दिइयो । म हिूडेू । कतार एयरको टिकट थियो । प्लेन उड्ने समय बेलुकाको साढेआठ बजेको थियो । पहिलो पटक विदेश जान लागेको थिएू । प्लेन पनि पहिलोपटक चढ्दै थिएू । झ्यालतिरको सिटमा बसेू । बाहिर बत्तीको उज्यालो प्रकाशबाहेक केही देखिूदैनथ्यो । काठमाडौूबाट कतारको लागि ठीक समयमा प्लेन उड्यो । भुइू छाड्ने बेलामा ज्यान सिरिङ्ग भयो । प्लेनसूगै मैले पनि नेपालको माटो छाडेू । प्लेन उडेको केही क्षणपछि सुन्दरी एयरहोस्टेसहरूको आउने क्रम सुरु भयो । मैले सफ्ट डिूूङ्क मागेू । मेरो मन तिनै सुन्दरीहरूतर्फ थियो । प्लेन कहाू पुग्यो ? कतिको गतिमा छ ? बाहिर कति तापक्रम छ ? आदि सबै हाम्रा अगाडि रहेको कम्प्युटरमा देखाइूदो रहेछ । केही समय म रनभुल्लमा परेू । झ्यालबाट बाहिर हेरेू । तल जमिनमा तिरमिरतिरमिर बत्ती बलेकोबाहेक अरू केही देखिनू । मनमनै भयानक कल्पना गरेू । समयले गति छोड्यो भने हाम्रो हालत के हुने होला ? हामी तल खस्यौू भने हाडखोर पनि भेटिूदैन होला । मनमनै सोचेर डर लाग्यो । मुटुमा ढयाङ्ग्रो बजिरहेको थियो । तिनै सुन्दरीलाई हेर्दै मन शान्त पारेू ।

करिब ४ घण्टाको आकाशे उडाइपछि हामी कतार पुग्यौू । विमानस्थल त्यति राम्रो रहेनछ । तर पनि नेपालको भन्दा सयौू गुणा राम्रो थियो । हामी टिकट काउन्टरतिर लाग्यौू । दुबई जाने प्लेनको समय रातको १ बजे मात्र रहेछ । काउन्टरबाट नेपाल आउनेको पनि चेक गरिूदो रहेछ । त्यहाू धेरै साथीहरू भेटेू । ‘तपाईूहरू देश फर्कंदै हो या विदेश ?’ सबैको एउटै स्वर थियो । मन अमिलो भयो । त्यहाूूबाट करिब १२ः४५ मा नेपालका लागि उडान रहेछ । सबै साथीहरू एकै क्षणमा विछोडिनुभयो । रातको १ बजे दुबईका लागि प्रस्थान गरेू । काठमाडौूमा जस्तै कतारमा पनि प्लेन भएको ठाउूसम्म गाडीमा जानुपर्ने रहेछ । त्यहाूूबाट दुबई जान ४५ मिनेट लाग्ने रहेछ । हामी प्लेनमा थियौू । प्लेनभित्रै रमाइलो गर्दै दुबई अन्तर्राष्टिूय विमानस्थलमा उत्रियौू । बाफ रे बाफ † कता हो कता † केही थाहा नै नपाइने रहेछ । एकजना साथीको साथ लागेर बल्लबल्ल बाहिर निस्कने बाटो पत्ता लगाएू । गेटनजिकै झोलाहरू लिने ठाउू रहेछ । हामीभन्दा पहिले झोला पुगिसक्दो रहेछ । पासपोर्ट चेक गराएर म बाहिर निस्केू । बाहिर निस्केर यताउता हेरेू । सबै नयाू मान्छे थिए । ट्याक्सीडूाइभरहरू सोध्न आउूथे । तर कसैको प्रश्नको उत्तर नदिई म चुपचाप बसिरहेू । बिहान ४ बजे सन्तोषलाई फोन गरेू । ऊ निद्रामा थियो होला । खलबलियो । बल्लबल्ल फोन उठ्यो । ‘यार, म त आइपुगूे । मलाई लिन आइज् ।’ भनेू । ऊ १ घण्टापछि आउने पक्का भयो । निद्राले ब्याकुल थिएू बल्लबल्ल ऊ आयो । हामी उसको कोठामा पुग्यौू । कोठामा अन्य ६ जना नेपाली साथीभाइहरू पनि हुनुहुन्थ्यो । मेरो परिचय दिएू । केही दिनका लागि त्यहीू बस्ने निधो गरेू । साथीहरू सबै डिउटी जानका लागि तम्तयार थिए ।

तिनीहरू गएपछि म एक्लो भएूकोठामा । त्यो दिन कतै नजाने विचार गरेू । आराम गर्न बसेू । नेपालीहरू सबै एकै किसिमका हुूदा रहेनछन् । अलि बढी पैसा कमाउने नेपालीको धाक ठूलै हुूदो रहेछ । तिनीहरू बेग्लै खालका कुुरा गर्दा रहेछन् । कामबाट फर्केर आउूदा सन्तोषले गल्फ न्युज भन्ने पत्रिका बोकेर आयो । हेर्दै जाूदा रोजगारीका विज्ञापनहरू भेटेू । तर मलाई मिल्ने कुनै थिएन । अथवा विज्ञापनका लागि म मिल्ने थिइनू । कि त टेक्निकल लाइनमा फिट हुनुपर्ने कि त गल्फको अनुभव हुनुपर्ने रहेछ । कतै मलाई सुहाउने काम मिल्छ कि भनेर धेरै दिन विज्ञापन हेर्दैै कोठामा बसेू । तर केही सीप लागेन । पत्रिकाले कोठा भरिन थाल्यो । तर मेरा लागि मिल्ने काम भेटिएन । केही समयपछि नेपाली दलालहरूले काम लगाइदिन्छु भन्न थाले । सुहाउूदो काम लगाइदिनुहोस् भनेर दुर्ई हात जोडेू । दलालहरू पनि कति हुन् † सबैले म काम लगाइदिन्छु भनेर हानाथाप गर्न थाले । मैले बायोडाटा र योग्यताका प्रमाणपत्र उनीहरूलाई दिएू । काम पाउनुभन्दा पहिल्यै नगद दिनुपर्ने रहेछ । कामको ग्यारेन्टी भए दिनु पनि हुन्थ्यो । तर ग्यारेन्टी नै नभई कसरी दिने पैसा † दोधारमा परेू । एउटा सुपरमार्केटमा सेल्सम्यानको जागिरका लागि पहिला नै ४ हजार दिराम अर्थात् ८० हजार नेपाली रुपियाू दलाललाई दिनुपर्ने भयो । तलब जम्मा ३५ हजार नेपाली रुपियाू दिने रहेछ । खाने र बस्ने खर्च सबै आफ्नातर्फबाट गर्नुपर्ने रहेछ । त्यति त म नेपालमै कमाउूथेू † चोक्टा खान आएकी बूढी झोलमा डुबे पनि जागिर खानै प¥यो । तर पहिला नै दलाललाई ४ हजार दिराम दिनुपर्ने भयो । मसूग त्यति रकम थिएन । ‘कमाएर दिन्छु ।’ भनेू । तर दलालले मानेन । त्यो त्यागेू । दुई हप्तापछि सेक्युरिटी गार्डमा काम पाएू । दिनको १२ घण्टा उभिनुपथ्र्यो । तर मासिक तलब २५ हजार नेपाली रुपियाू हुन्थ्यो । खानेबस्ने सबै खर्च आफ्नातर्फबाट गर्नुपथ्र्यो । एक दिन गएू । तर काम गर्न सकिनू । उल्टो १० हजार नेपाली तिरेर निस्केू । कताकता मलाई मेरी सानीले भनेका कुराले झस्कायो । आफैूले आफैूलाई धिक्कारेू । विदेश आउनुभन्दा पहिला आधारभूत कुराका बारेमा ज्ञान लिनु आवश्यक रहेछ भन्ने महसुुस गरेू । शैक्षिक योग्यता र कम्प्युटरको ज्ञान छ भन्दैमा विदेशिनु मूर्खता हुने रहेछ । समयले नेटो काटिरहेको थियो । बिस्तारै भिसाको म्याद सकिूदै थियो । तर नोकरी पाउने नामनिसान थिएन । कोठामा साथीहरूले गाली गर्न थाले । खल्लीबल्लीमा जा भन्न थाले ।

खल्लीबल्ली भनेको भिसा(पासपोर्ट सबै फालेर लुकेर काम गर्ने रहेछ । त्यस्ता अवस्थामा प्रहरीले समाए ३ महिना जेलमा राखी नेपाल पठाउूदो रहेछ । मेरो मनले मानेन । जे भए पनि मसूग इज्जत छ । म स्वाभिमान बेच्न चाहन्नू । अन्य नेपालीले त्यस्तो कार्य गरे पनि म गर्न सक्दिनू । नेपालमा मेरो पेसा छ । फर्केर त्यही अूगाल्न सक्छु भनी मनलाई शान्त पारेू । भिसाको म्याद नसकिन्जेल काम खोजेू । एक महिना बित्यो । कोठाको भाडा र खानाको गरेर करिब ५ सय दिराम तिर्नुपर्ने भयो । १ पैसाको आम्दानी थिएन । कसरी तिर्ने ? साथमा भएको ५ सय डलर पनि अलिअलि खर्च भइसकेको थियो । सन्तोषलाई घर गएर दिने गरी तिर्न भनेू । साथीहरू मेरो रिस सन्तोषउपर पोख्दै थिए । ू काम पाइहाल्छु कि भन्ने झिनो आशामा थिएू । तर दिन बित्दै गयो । काम पाउने केही अत्तोपत्तो थिएन । मनले सधैू ‘नेपाल फर्की’ भन्थ्यो । काम खोज्न मन लागेन । त्यहीबीचमा एकजना साथीले एउटा साइबर क्याफेमा काम खोजिदिने भनी बोलायो । म गएू । तर अन्तर्वार्ताका दिन जाूदै गइनू । किनकि मेरो आत्माले ‘नेपाल फर्की, फर्की’ मात्र भन्थ्यो । कोठामा सबै साथीले अन्तर्वार्तामा के भयो भनेर सोधे । मैले फेल भएू भनी ढाूटेू । तर सन्तोष ढाूटिनू । नेपाल फर्कन्छु भनेर खुलस्त भनेू । ‘२ लाख खर्च भयो । कसरी जोरजाम गर्ने अब ?’ एक मनले सोचेू । खल्लीबल्लीमा जाऊू कि जस्तो पनि लाग्यो । तर मन मानेन । टिकट ओ.के. गरिदे ।’ सन्तोषलाई भनेू । भिसाको म्याद सकिन ५ दिन बाूकी थियो । सन्तोषले टिकट ल्याइदियो । सबै साथीहरूसूग बिदा भएू । छोटो समयको यु.ए.इ.को भ्रमणपछि रित्तो हात नेपाल फर्केू ।

जुन देश जाने हो, त्यहाूका लागि अनुकूल हुने सीप सिकेर नजाूदा म फर्कन बाध्य भएू । यसका साथै आफू जाने देशका बारेमा सामान्य जानकारी नलिई जानु पनि मेरो भुल थियो । त्यसो गर्न नहुने रहेछ । (योसत्य घटनामा आधारित कथा हो । यसबाट कसैलाई केही असर परे क्षमाप्रार्थी छु ।

प्रवासी नेपाली साहित्य
खेमनाथ पौडेल
युएइ

(स्रोत : शब्दङ्कुर असौज २०६४)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.