~हिरारत्न श्री~
दोषीलाई कार्वाही गर्दा उल्टो केस भाँड्नेहरू
मान्छेबाट गिरेका छन् जिउँदै मान्छे गाड्नेहरू
आफै बोक्सी आफै झाँक्री भएका छन् नेता यहाँ
जिउँदै होइन मरेपछि बल्ल कुर्सी छाड्नेहरू
जनतालाई देखाउन मुस्ताङ जीप चढे पनि
करोडौंको यात्रा गर्छन् दिवा स्वप्ना बाँड्नेहरू
जनतालाई नै गुण्डा देखे कुन्नी कस्ता आँखा यिनका
गुण्डा लगाई जनतालाई निर्ममरूपले फाँड्नेहरू
विदेशीले नेपाल खाँखा आँखा छोप्ने दाउ खोज्छन्
बम फुड्दा धुलो प¥यो भनी आँखा माड्नेहरू
अमलडाँडा, अर्घाखाँची (हाल –कुवेत)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १२ – Jan. 29, 2013 – २०६९ माघ १७ गते, बुधबार)