~लक्ष्मण घमाल~
बिदेशी भुमी मा पहिलोपटक एक्लै भएको छु र अब का केही दिनहरु एक्लै बिताउँदै छु।समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथी हरु नेपाल गए। साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटी मा पुर्ण छात्रवृत्ति मा ब्याचलर इन सोसिओलोजी पहिलो बर्ष मा अध्ययन गर्दै गरेको म यतै सेटल हुने बिचार गर्दै छु।बुवा आमा पनि सहमत हुनुहुन्छ मेरो कुरामा । बिहानको ६ बजिसकेको छ।आज चहलपहल अलिक कम छ।
नेपाली विद्यार्थी हरु को बाहुल्यता भएको यो मिनेसोटा अमेरिका आउने नेपाली विद्यार्थी हरुका लागि राजधानी जस्तै भएको छ।बिदा को मौका छोपेर बर्ष भरी लाई पुग्ने खर्च जुटाउन अँस्ती देखि न्युयोर्क, क्यालिफोर्निया तथा अन्य स्टेट मा जाने हरु को लहर चलेको छ। सुनसान जस्तै भएको छ मिनेसोटा अहिले अनि सुनसान फ्लाट मा म एक्लै। कफि बनाएर झ्यालकै छेउ मा बसेर बाहिरी दृश्य नियाल्दै पिउँदै छु कफि। सुस्तरी हावाको बेगमा एकआपसमा ठोक्किएर ताली बजाइरहेका रुखका पातहरुले मेरो एक्लोपन लाई गिज्याइरहेको आभाष गर्दै छु।होस गुमाए जस्तै गरि टोलाइरहेको म एक्कासी मोबाइल को घण्टी ले होस ठेगान मा ल्याइदिन्छ। कृष्ण ले फोन गरेको रहेछ सबैजना सकुशल अवतरण भएछन् भर्खर मात्रै।
अनिल आजै पर्बत जाने रे , कृष्ण र राजु एक दुई दिन राजधानी मा नै बस्ने भएछन्।क्षणिककै ला भएपनी सँगै भएजस्तो आभाष बनाएको फोन ले फेरि एकाएक टाढा बनाएको छ, मन भारी बनाएको छ।बिजयी उत्सब मनाएजस्तै आवाज मा सबैजना ले बाइ भन्दै सकियो फोनमा कुरा।
फोन मा बोल्दा कफि त खानै बिर्सेछु,चिसो भएछ । झ्याल कै छेउमा रहेको टेबल बाट ल्यापटप झिक्छु अनि खोल्छु फेसबुक।सँधै च्याट अफ गरेर चलाउने फेसबुक मा आज च्याट अन गरेको छु।च्याट को माथी नै दिपक अनलाइन देखियो।मेरो कलेज पढ्दाको मिल्ने साथी हो दिपक।एउटा लेखक अनि पत्रकार हो उ।भाषाशैली मा अब्बल उ नेपाली समुदाय को एक लोकप्रिय पत्रकार को रुपमा चिनिएको छ। मैले म्यासेज पठाउन के लागेको थिएँ उसलेनै पठाइहाल्यो “के छ लेखक हालखबर, अमेरिका पुगेर साथी लाई पनि बिर्सिस है?” मैले रिप्लाई मा उसको प्रश्न को जवाफ नदिइ एउटै कुरा को प्रतिवाद गर्न खोजेँ र लेख्दै छु “मलाइ लेखक नभन दिपक लेखक त म हिजो हुन खोजेको थिएँ सकिन , आज म लेखक होइन न त भोलि हुनेछु।” “फेरि लेख्न सुरु गरेकाे छु भन्दै थिइस त काठमाडौं मा हामी सँगै बस्दाको त्यो राति। कि रक्सी ले मातेर भनेको थिइस् र?” दिपक ले प्रश्न गर्यो। “जुन कुराको सुरुवात ले नराम्रो संकेत गर्छ त्यो कुरा जीवनमा नदोहोर्याउनु नै राम्रो हुँदोरहेछ।त्यही कुरा दोहोर्याएँ फेरि आफ्नै मन लाई रुहाएँ र थाहा पाएँ मेरो हात मा कलम चलेको भगवान लाई मन पर्दैन” मैले जवाफ दिन्छु। हिन्दु दार्शनिक ले जस्तो कुरा गरिस त भन्दै फेरि प्रश्न गर्दैछ दिपक – दैनिकी पनि लेख्न छोडिस ? मैले जवाफ दिन्छु “यहाँ त्यस्तो लेख्नै पर्ने दैनिकी के नै छ र? कलेज गयो आयो, दैनिक चार घन्टा काम गर्यो शनिबार, आइतबार कोठामा नै बिताइरहेको छु ।सधै को दैनिकी उस्तै छ आजको दिन सम्म पनि ।”
के छ तेरि प्रेमिकाको हालखबर? फेरि सोधछ उसले।”मलाइ निर्दोष बनाएर गइ” मैले भनेँ।के भन्दै छस् तँ मैले बुझिन दिपक ले रिप्लाई गर्छ।आउने बेला भेट्न नपाएकाले र यता आएपछी खसै कुरा नभएकाले मेरा यी कुराहरू मा जानकार थिएन उ।सबै कुरा उसलाइ बताउन थाल्छु स्क्याइप मा कल गरेर।भन्दै छ तैँले लेख्ननै पर्छ अब।यता बिहान हुँदा उता राती हुन्छ। दिनभरिको दौडधुप ले थाकेको छ रे यता बिहान को एघार बजे नै उसले गुड नाइट भन्दै फोन राख्यो।
साँझ को छ बजिसकेको छ।मस्तिष्क मा उसका प्रत्येक क्रियाकलाप का चित्रहरु आइरहेछन्।मेरो मन मस्तिष्क मा अड्डा जमाएकी उ बिस्तारै हराउँदै थिइ यादहरु बाट, दिपक ले बल्झाएको छ फेरि अतित आज।साँच्चै दिपक का कुरा हरु ले मेरो मन लाई दबाब दिरहेछन, घोचिरहेछन मुटुमा र त उसका यादहरु दिमाग तिर दौडिँदै छन मुटुबाट। मस्तिष्क बाट छचल्किएर पोखिन खोज्दै छन् कलम को साहारामा मसि बनेर पानाहरु मा। ।नेपाल हुँदा दैनिकि लेख्ने नोट बुक मसँगै छ। आज हेर्न मन लाग्यो त्यो नोटबुक उसकै बारेमा लेखिएको अध्याय बाट।जीवन मा एकपटक भएपनी उसँग साक्षातकार गर्ने झिनो आशामा दिपक को आग्रह भनौ या दबाब लाइ स्विकार्दै फेरि फर्कँदै छु लेखन मा म सँग जोडिएको उसकै कथा बाट।
प्लस टु को परिक्षा पछि काठमाडौं गइयो दिपक र म।बिद्यार्थी भिसा मा बिदेश जान पटक्कै मन थिएन।दिपक ले बिदेश गएर पढेपनी लेख्ने काम लाई निरन्तरता दिन त सकिन्छ भन्यो अनि बा आमा को इक्षा पनि त्यही थियो। चार महिना को तयारी पश्चात् आइल्टेस्ट र स्याट को परीक्षा दिएर फर्किएँ घर फेरि।
स्कुल पढ्दा कथा, कविता, गजल अनि लेखहरु लेख्नेमा औधी रुचि राख्ने म प्लस टु पढ्दा लगभग पेसा जस्तै हुन थालिसकेको थियो मेरो।बुटवल गोलपार्क मा एक मुस्लिम परिवार मा जन्मिएको म, मेरा बा आमा लाई पटक्कै मन परेको थिएन मैले रोजेको बाटो।घर फर्केपछी एउटा किताब लेख्ने सोँच आयो। मैले रोजे मिथिला चित्रकला। मिथिला चित्रकला का बारेमा किताब लेख्न खोज्दा बा आमा ले ठाडै अस्विकार गर्नु भयो।मलाइ लग्थ्यो कि उहाँहरु हिन्दु दर्शन का बिरोधि हुनुहुन्थ्यो।किन कि मैले लेख्न लागेका प्रत्येक हिन्दु धर्म थोरै भएपनी जोडिएका लेख रचना हरु मा रिस को भावना देखाइहाल्नु हुन्थ्यो।घर मा बसेर लेख्न सम्भब नभएका ले म बिस्तृत अध्ययन का लागि जनकपुर जाने निर्णय गरे। मेरा बा आमा को एउटै मात्र सन्तान म, अलिक बढि जिद्दी गरेपछी बाध्य भएर राजी हुनुहुन्थ्यो मेरा प्रत्येक कुरा मा। बा आमाको मन मा नैराश्यताका बिज हरु छरेर गए जनकपुर को धनुषा।
भताभुङग भए मेरा सपना, रोकियो मेरो बिस्तृत अध्ययन मिथिला चित्रकलाको। मधेस आन्दोलन र नाकाबन्दी को प्रभाव मेरो लेखकी मा मात्र होइन मेरो जीवन मा नै पर्यो।आन्दोलनकारी को खोल ओढेका को थिए उनिहरु मैले नजर अन्दाज गर्न सकिन। मुख पुरै कालो कपडा ले छोपेर आँखा मात्रै देखाएका उनिहरु ले एकाएक एक सुरक्षाकर्मी माथी हातपात गर्न लागे।जीवन रक्षाको लागि भिख मागिरहेका उनलाइ बचाउन गएको म आक्रमणकारी समहुको एक सदस्य जस्तै भएँ।पत्रकार हरु ले टाढै बाट फोटो खिचिरहेका थिए।राष्ट्रिय पत्रीका हरु मा मेरो तस्वीर उनिहरुकै समूह मा छापिएछ तर म को हुँ केही खुलाइएको थिएन।प्रहरी हरु ले मलाइ सोधपुछ का लागि लगे मैले सबै बास्तविकता बताएपछि मलाइ छोडियो तर यो कुरा लेख्ने कोहि भएनन्। यी कुराहरु मेरो दैनिकी लेख्ने नोटबुक मा लेखेको दिनदेखि छोडेँ खाली पाना अनि मसि सँग को प्रेम।
मेरो जीवन मा आएको बज्रापात देखि अत्यन्तै दुखी भएका मेरा बा आमा मैले लेख्न छोडेपछी साह्रै खुसी हुनुभएको थियो। दिपक पनि बेला बखत फोन गरेर सम्झाउथ्यो अनि बा आमा पनि।मैले लेख्न छाडेको कुरा दिपक लाई पनि थाहा थियो तर उसले कत्ती कर गरेन फेरि लेख्न लाई।आमा ले पटक पटक आग्रह गर्दा पनि घर जानै मन लागेन।कक्षा चार मा पढ्ने घरबेटी को छोरा भुमिश्वोर मेरो साथी बनेर अतीत लाई बिस्तारै भुलाउदै थियो।भुमिश्वोर अनि अत्यन्तै माया गर्ने घरबेटी को आडभरोसा मा बिताए दुइ महिना कोठाभित्रै।
जनजीवन सामान्य भैसकेको थियो। चोक बजार मा चहलपहल बढ्दो थियो।घरबेटी को बाहिर पनि डुल्नु पर्छ को आग्रह लाई स्विकार्दै एक बिहान एक्लै बाहिर निस्केको थिएँ। म बस्ने घर को पचास मिटर अगाडि चोकमा मिस्ठान्न भोजनालय हरु प्रसस्तै देखिन्थे।भोजनालय हरु देख्दा चियाको प्यास लागेर आयो।सबै भोजनालय मा मान्छे हरु खचाखच देखिन्थे।मान्छे को भीड सँग मेरो मनको सम्बन्ध बिग्रेकाले भनौ कतै पस्न मन लागेन।अचानक मेरो नजर एक भोजनालय मा गयो “पहाडिया भोजनालय”। मान्छे दुई तीन जना मात्रै देखिन्थे, म पनि त्यतै पसेँ। अन्दाजी तीस पैतिस जस्ता देखिने गोरो वर्ण का मान्छे साहुजी रहेछन्।परिचय नभएपनी मिस्ठान्न भोजनालय को नाम र उनको मुहार बाट प्रष्ट हुन्थ्यो कि उनी पहाडी मुल का मान्छे हुन्।म भित्र पस्दा नित्यकर्म गर्न लागेका उनले हेरिरहे एक्छिन मलाइ चिनेजस्तरी।हिन्दु धर्म मा आस्था राख्दा रहेछन ,उनको नित्यकर्म ले यहि संकेत गर्दै थियो। टेबुल मा बसेँ, नम्र बोली मा सोधे के खानु हुन्छ भनेर। दूध चिया, चिनी अलिक बढी रख्नुहोला मैले जवाफ दिएँ।चिया पिएर पैसा तिरी फेरि फर्किएँ कोठामा।
चियाको प्यासी म, मोहनी नै लगाए पहाडी मुलका ती दाइ ले। फेरि भोलिपल्ट पनि गएँ उनैको मा चिया पिउन।भित्र पस्न मात्र के पाएको थिएँ नजर ठोकियो एउटि स्त्री सँग।अत्यन्तै राम्री, गोरै बर्णन कि उ लाग्यो कुनै परि सँग साक्षातकार मा छु म।एकटक हेरिरहेँ सायदै पहिलो पटक एकचित्त भएर हेर्दै थिएँ कुनै नारी लाई।नारी जाती भित्र को सुन्दरता वास्तवमै पहिलोपटक मन देखि नियाल्दै थिएँ म। एक शब्द पनि नबोली डर को भाब देखाउदै किचन भित्र पासि।
दारी पालेको म, सायद उसलाइ मन परेन होला।यत्ती मात्रै अड्कल काट्न सकेँ मैले। मन मनै सोचे कतै पहाडीया दाइ कि श्रीमती माथी नजर लगाउदै पो छु कि? अह होइन उ त अविवाहित छे।बिबाहित हिन्दु नारी को सिउँदो मा सिन्दुर गलामा पोते अनि हात मा चुरा हुन्छ यो सब उसमा थिएन।एकछिन मा साहुजी निस्किए किचन बाट अनि सोधे उही नम्र बोलिमा के खानु हुन्छ? जवाफ दिएँ मैले चिया हिजो को जस्तै स्वाद मा। बैनी एक गिलास दूध चिया बनाउ – म बसेको टेबल छेउ बाटै उनले भने। मेरो अड्कल सहि ठाउँ मा परेछ, श्रीमती नभएर बैनी रैछे उ।अत्यन्तै मिठास बोलीमा हवस दाइ भन्दै चिया तयार गरि।भित्रै बाट दाइ लाई चिया तयार भएको कुरा जनाएपछी दाइ गएर चिया लिएर टेवल मा राखिदिए।उसकै हात बाट दिन्छे कि भन्ने आश आशामा मात्रै सिमित भयो।अघिल्लो दिन को भन्दा पनि मिठ्ठो स्वाद मा चिया पिएर फर्किएँ फेरि कोठामै।
जब कोठामा पुगेँ मन मस्तिष्क मा उसैका प्रत्येक क्रियाकलाप का तस्विरहरु सरसर्ती आउन थाले। साँच्चै उसलाइ देखेपछी मेरो दैनिकी फेरि सामान्य भएजस्तो आभाष भयो। मन लाई एउटै प्रश्न गरेँ उ को हो? किन उसलाइ यत्ती धेरै प्रेम भाव ले हेर्दै छु म? जीवन मा देखेको कुरा साँच्चै यो भाग्य मा लेखिएला त? असम्भव भन्ने कुरा के नै छ र? उसको नाम के होला ? घर कहाँ होला? यावत कुरा हरु मन मा खेलिरहे।दुई महिना देखि दराजमा थान्की राखेको नोटबुक झिकेँ अनि फेरि लेख्न सुरु गरेँ दैनिकी, शब्द हरु मा उ प्रती को प्रेम को मसला मिसाएर। प्रेम गर्ने मान्छे हरु देख्दा रङगमन्च मा नाटक प्रस्तुत गर्ने नाट्यकर्मी जस्तै लाग्ने मेरो मनमा किन दिगो प्रेम को न्यानो अनुभुती भएको होला? आफ्नै मन सँग कुरा गर्दै थिएँ म पागल झैँ।
उसलाई एकोहोरो प्रेम गरिरहेको मन ले तन लाई धकेल्दै थियो विहान मात्र होइन साझ मा पनि उतै तिर।दाह्री पालेका मान्छे हरु उसले पटक्कै मन पराउँदिन मन ले यहि भन्दै थियो। उसको आकर्षण को केन्द्रविन्दु बन्न कै निमित्त दाह्री फालेर साँझ मा पनि गएँ त्यतै।चिया पिउनु त बहाना मात्रै थियो, चाहना त केवल उसलाइ मैले गर्ने अदभूत प्रेम को अनुभुती गराउनु थियो। साँच्चै दाह्री फालेपछी को मेरो रुप उसले मन पराएकी थिइ। एकै छिन हेरेर मुस्कुराउदै किचन भित्र पसी।हरेक साँझ बिहान उसलाइ देख्नकै निमित्त धाउन थाले उतै।उ प्रती को एकोहोरो प्रेम को घनिष्टता दिन प्रतिदिन बढ्दो थियो। मैले उसको पिछा गरेको हो कि उसले मेरो केही मेसोमेलो पाउन सकेको थिइन म। कहिले चोक मा भेटिन्थी कहिले पुस्तकालय मा।मुख को मन्द मुस्कान मा झुलाएर नजर को बाँण ले हानेर हिँडिहाल्थी।हरेक बेलुकी आफ्नै मन सँग कुरा गर्दै लेख्थेँ दैनिकी र आफै सँग प्रश्न गर्थे – चियावाली यो मुटु भन्ने चिज पनि कति जिद्दी हुँदोहो, तिमी अपरिचित छौ बोल्ने हिम्मत गर्दैन तर पनि किन एकोहोरो मायाँ गरिरहन्छ?
एक दिन बिहानको खाना खाएर आरम गर्दै थिएँ। दिपक ले फोन गर्यो र हालखबर सोध्यो। सबै कुशल मंगल् भएको जवाफ दिए। कक्षा बाह्र को नतिजा आउँदाको दिन फोन गरेपछी सम्पर्क भएको थिएन हाम्रो। बधाइ छ चौरहत्तर प्रतिशत आएछ तेरो भन्दै थियो। उसको पचहत्तर प्रतिशत आएको थियो।आज ठ्याक्कै एक महिना मा कुरा भयो हाम्रो।उसले भन्यो आज साँझ को बस मा काठमाडौ आइज न। मैले प्रश्न गरे अचानक किन यस्तो कुरा गर्दै छस तँ? किन आउने केही कारण त होला नि? सरप्राइज म्यान उसले जवाफ दियो।कि मलाइ थाहा नै नदिइ अमेरिका को भिसा अप्लाइ गरेको थिईस र? भिसा लाग्यो? मैले प्रश्न गरेँ। होइन त्यस्तो त, तँ जसरी भएपनी आउनु पर्छ उसले भन्यो। उसको आग्रह मैले कहिल्यै अस्विकार गरेको थिइन, हुन्छ भने। हिँड्ने बेला फोन गर्नु भन्दै फोन राख्यो दिपकले। हतार हतार बसपार्क गएँ टिकट लिन लाई। साँझ साढे पाँच बजेको बसको टिकट लिएँ।केही लुगाफाटा हरु पनि किनेँ। बसपार्क, सपिङ्ग सेन्टर हर ठाउँ पुग्दा तन मात्रै पुगेको थियो। मनलाइ उसैले मुठ्ठीमा कसेर राखेकी थिइ सायद, उसलाइ छोडेर जान पटक्कै मन थिएन।जानेबेला उसलाइ अघाउन्जेल हेर्न मन थियो।सपिङ्ग गरिसकेपछी उसैको मा गए।दाइ मात्रै रहेछन्। बैनी खोइ? हिम्मत गरेर सोध्न मन थियो अहँ सकिन। उनले सोधे बरु आज “कता पुगेर आउनु भयो भाइ?” सँधै आउने बाटो भन्दा विपरीत दिशा बाट आउदा प्रश्न गर्नु स्वभाविक थियो अनि हात मा झोला पनि समातेको थिएँ।”बसपार्क गएको थिएँ दाइ काठमाडौं जाने टिकट लिन लाई ” मैले जवाफ दिएँ। उसलाइ नदेखेपछी चिया पनि पटक्कै पिउन मन लागेन तैपनी टेबल मा बसिसकेपछी अर्डर त गर्नु नै पर्यो।एक गिलास चिया मात्रै पिएर गएँ कोठामा।
दिपक लाई फोन गरेर साढे पाँच बजेको बस मा आउदै छु भने।बिच बिच मा सम्पर्क मा रहिरहनु, काठमाडौं आइपुग्ने बेला फोन गर्नु म लिन आउँछु भन्दै फोन राख्यो दिपक ले।साँझ को चार बज्नै लागेको थियो।खाजा खाने बहाना मा भएपनि उसैको मा जाने सोँचेर छिट्टै तयार भएँ। घरबेटी काकी लाई काठमाडौं जान लागेको कुरा बताएँ। चार पाँच दिन मा फर्कन्छु भन्दै निस्किएँ। फेरि जाँदा पनि दाइ मात्रै थिए त्यहाँ। समोसा तरकारी को अर्डर गरेँ। खान भने पटक्कै मन लागेन। बिस्तारै खाँदै समय बर्बाद गर्दै थिएँ उसको पर्खाइ मा।अहँ उ आइन क्यारे।मुटुको धड्कन बढ्थ्यो अनि लामो श्वास सँगै रोकिन्थ्यो एकैछिन।दाइ ले हेरिरहेका रहेछन मलाइ र भने भाइ लाई समोसा तरकारी मन परेन जस्तो छ नि? मैले भने तातो भएर बिस्तारै खाएको दाइ। बल्लतल्ल सकेर पैसा तिरेर निस्किएँ त्यहाँबाट।मन मा अनेक कुराहरु खेलाउँदै गएँ बसपार्क अनि चढेँ काठमाडौं को बस।
बस आफ्नै गतिमा अगाडि बढ्दै थियो तर मेरो मन भने पछाडी तिर।एकछिन आँखा चिम्लन्थेँ अनि देख्थेँ उसलाइ।टाढा बाट हात ले इसारा गरेर बोलाउँथी अनि बस रोकेर ओर्लन्थेँ र पुग्थे कल्पनाको देश मा।बिच बिचमा बस ले ब्रेक लगाएर भताभुङग पारिदिन्थ्यो कल्पनामा उसँगको सामिप्यता। बसमा त्यति धेरै मान्छे हुँदा हुँदै पनि म एक्लो यात्री जस्तै भएको थिएँ।एउटै सिटमा बसेका हरु खुब गफिएका थिए तर म सँग गफिने मेरो छेउमा कोहि थिएन। खलासी लाई सोधेँ मेरो सिट छेउ को मान्छे खोइ भाइ? उसले जवाफ दियो टिकट बुक गरेर पछि क्यान्सिल गर्यो दाइ।खाना खाजा केही हेर्न मन लागेन मात्रै उसको याद मन मा ओहोरदोहोर गरिरहेको थियो। बसको सिट मा पनि एक्लै बसेको म जिन्दगी को यात्रा मा एक्लै भएजस्तो आभाष भएको थियो।बिहान को छ बजे सकुशल काठमाडौं पुगेँ। दिपक लाई फोन गरे उठाएन उसले।एकछिन मा उसैले फोन गर्यो र भन्यो म बहिर निस्कनु पर्ने काम पर्यो, म सँग बस्ने साथी दिनेश छ उसलाइ रिसिभ गर्न भनिदिन्छु।बेलुका भेटौँला भन्दै फोन राख्यो। लगभग सात बजे तिर दिनेश आयो।मैले उसलाइ नचिनेपनी उसले चिनेको रहेछ मलाइ।दिपक ले तिम्रो खुब कुरा गर्छ पनि भन्दै थियो।बानेश्वर बस्दा रहेछन। बानेश्वर को बस चढ्यौ।कुरा गर्नमा माहिर रहेछ उ एकैछिन मा घनिष्ठ जस्तै भयौँ हामी। पहाड को घर बागलुङ रहेछ उसको तर अहिले सपरिवार चितवन बसाइँसराइ गरेका रहेछन। गफिँदै बानेश्वर चोक पुगेको पत्तै भएन।दुवैजना ओर्लियौ चोकमा र गयौँ कोठामा।रातभरिको अनिद्राको असर ले रक्सी ले मातेको जस्तै भएको थिएँ म, बिस्तारामा पल्टिहालेँ। दिनेश खाना बनाउने तर्खरमा लाग्यो।बेहोसिजस्तै भएर निदाएको रहेछु म।खाना तयार भएको रहेछ, उठायो उसले मलाइ खाना खानको लागि।म उठ्दा सर्ट पाइन्ट र कोटमा सजिएको उ घाँटिमा टाइ भिरेको थियो।सोध्ने चेस्टा गरिहाले मैले “कताको साइत”? उसले जवाफ दियो “क्याम्पस जान लागे म त छिट्टै खाना खाऔँ।” नेपाल ल क्याम्पस मा कानुन बिषय मा स्नातक प्रथम बर्ष मा अध्यनरत रहेछ उ।दिपक ले पनि पढ्दै छ? सोध्न मन लागेको थियो तर सोधिन लाग्यो उसले मलाइ दिन खोजेको सरप्राइज यहि पो थियो कि। खाना खायौँ दुबैजना त्यसपछी दिनेश क्याम्पस गयो, म भने एक्लै कोठामा।
दिनेश कोठाबाट निस्किएपछी निदाउन धेरै कोसिस गरे।निन्द्रा पटक्कै परेन।आँखा चिम्लदा मन जनकपुर पुग्थ्यो खोल्दा त्यही सुनसान लाग्ने कोठा मा एक्लो शरीर।पुग्थेँ कल्पनाको शहर जनकपुर, जान्थेँ उहि पहाडिया भोजनालय, बोल्थेँ उसँग ,पिउथेँ चिया अनि फर्कन्थेँ कोठामा।एकैछिन मा साँझ पर्थ्यो नोटबुक झिक्थेँ र लेख्थेँ दैनिकी।दुइचार दिन केवल दुई चार मिनेट मा नै बितिसक्थे।नत यो सपना थियो नत बिपना नै।थियो त केवल कल्पना मा उसँगको गहिरो प्रेम भाब अनि मेरा चाहनाहरु। उसँगका भावी योजना हरु बनाइरहेको थियो मेरो मन ले।उसँग को भेट, प्रेम, बिबाह, अनि पारिवारिक योजना सम्म का कुरा हरु।बर्षौँ को समय घन्टा मा रुपान्तरण भएको थियो। कतिबेला काठमाडौ आउँदाका कुरा हरु मन मा आउँथे। आउने बेला उसलाइ नदेख्दाको त्यो पलले मन लाई चसक्क घोच्थ्यो।एकाएक भङ्ग हुन्थे उसँगका मेरा सुन्दर काल्पनिक यात्रा हरु।खोलिन्थे आँखा अनि पल्टिरहेको हुन्थे सुनसान कोठाभित्रको बिस्तारा मा एक्लै।
ढोका ढकढक्याएको आवाज आयो।कोठा पुरै अँध्यारो थियो।सिरानिको छेउमै राखेको मोबाईल झिकेँ।साँझ को छ बजिसकेको रहेछ। ढोका खोलेँ, दिपक र दिनेश आएका रहेछन्।बाहिर सिमसिम पानी परिरहेको थियो।हल्का भिजेका थिए उनिहरु। दिपक ले चिसै शरीर ले मलाइ अङगालो मार्यो र भन्यो सरि यार तँलाई बसपार्क लिन जान पाइन म। यसमा मलाइ कुनै गुनासो छैन दिपक मैले जवाफ दिएँ।शरीर अँझै ह्याङ थियो बाथरुम गएर फ्रेस भएँ। कोठामा छिर्दा एकछिन अचम्म परेँ म। दुई बोतल भोड्का टेबल मा राखेका थिए अनि स्न्याक्स मा के के हो के के।सलाद मा गाजर, मुला र काँक्रो थियो।चिकन फ्राइ र पर्क सेकुवा छुट्टाछुट्टै प्लेट मा। “कति छिटो तयार गर्न सक्यौ यत्तिका भेराइटिज?” मैले प्रश्न गरेँ। “सबै बहिरबाट लिएको हो हामिलाइ कहाँ जाँगर चल्छ र यत्तिका परिकार बनाउन लाई” दिपक ले जवाफ दियो। “यहि हो आजको हाम्रो खाना?” फेरि सोधेँ मैले ।दिनेश ले मजाक गर्दै भन्यो “नपुगे म पकाइदिउँला नि”।हास्यौ तिनैजना एकछिन।
मेरो अगाडी अप्रत्याशित सरप्राइज का बोतल र सितन राखेर केटाहरु बाथरुम गए फ्रेस हुनलाइ। मनमा लागेको थियो यो ट्रेलर हो कथा बाँकी होला दिपकेको सरप्राइज को। आतुर थिएँ म दिपक को सरप्राइज जान्न लाई। मुटुले दवाब दिरहेको थियो, कौतुहलता रक्तसञ्चार प्रणाली बाट मस्तिष्क मा पुगेर जोडतोड ले हानिरहेको थियो दिमागका नसा नसा मा । मात्र एउटै कुराको बेग्र प्रतीक्षा उही दिपको सरप्राइज। मन आखिर एउटै हुन्छ तर सोँच्छ किन हजारौं कुराहरु एकैपटक ? बेकार दिमाग लाई भारी बनाउँछ अनि परिस्थिति अनुरुप आनन्द पनि आफै महसुस गर्छ अनि पीँडा पनि। बिचरा दिमाग लाई लोक्रो न बोक्रो। दिपक को सरप्राइज जान्न मा आतुर भएको मेरो मन ले चियावाली लाई मिस गर्न पनि पटक्कै बिर्सिएको थिएन। कहाँ हराएकी होलि? कुन परिस्थिति सँग सामना गरेर बसेकी होलि? मन चिन्तित थियो, याकुल ब्याकुल थियो। मेरो बेकारको छटपटी सायद भोड्काका बोतल र सितन हरु ले पनि महसुस गरेका हुँदो हुन जवकि निर्जिव नै किन नहुन। भनिरहेका हुँदो हुन आफ्नै मौन इसारा अनि भाषा मा तेरो छटपटी को औषधि हामी हौँ भनेर।
दिपक र दिनेश फ्रेस भएर आए। उफ्फ उफ्फ जाडो भन्दै दिनेश ले तिनवटा सिसाका गिलास निकाल्न भ्याइहाल्यो। तीन पेक भोड्का हालिहाल्यो। ल सुरु गरौँ साथी भन्दै गिलास उठाइहल्यो। म एक्छिन अवाक भएँ। के भयो? दिपक ले सोध्यो। सरप्राइज पहिला कि रक्सी? मैले भनेँ। एक पेक लगाइ अनि भनौला – दिपक ले भन्यो। पानी मिसाउने होइन र मैले भने। के मा मिसाउने पानी दिनेश ले सोध्यो। रक्सीमा मैले जवाफ दिए। उडाउन मा खप्पिस रैछ केटो भनिहाल्यो साठी प्रतिशत भन्दा बढी पानी यसमै छ त। रक्सी खाने हो कि पानी? हाँस्दै भन्यो। दिपक ले पानी ल्यायो दुइजना ले पानी मिसायौ दिनेश ले चेर्स गर्न गतिलो नभ्याउँदै नेट स्वाट्टै पार्यो। मैले सोधेँ दिपक लाई अब त सरप्राइज को पालो होला नि है? एउटा सरप्राइज को पार्टी हो यो। अर्को सरप्राइज अझैँ बाँकी छ। दिपक ले जवाफ दियो। ह्या भन्दिहाल न एउटा त, कति तड्पाउँछस यार दिनेश ले भन्यो। अब म अमेरिका नजाने भएँ दिपक ले भन्यो। उसले एक नामचलेको पत्रिका मा सम्पादक को जागिर पाएछ। नेपाल ल क्याम्पस पनि भर्ना भएको रहेछ। म बिदेश जान मन नभएको लाई बिदेश को भुत चढाएर आफू भने नेपाल मै बस्ने भएछ। म पनि जाँदिन होला। के गरुँ गरुँ भाको छ मैले जवाफ दिएँ। रातिको साढे दस भैसकेको थियो। बाहिर बेस्सरी पानी दर्केको थियो। लाग्दै थियो यसले कतै न कतै पक्कै अनिस्ट गर्ने छ। रक्सिकै तालमा खुब गफिदै थियौँ। दिनचर्या कसरि बित्दै छ तेरो दिपक ले सोधिहाल्यो। सारा बेलि बिस्तार सुनाउन भ्याएँ उसैका चियावाली का। जो अपरिचित थिइ र पनि आफ्नै लाग्थी। बर्षौँ देखि को चिनजान जस्तै। भनेपछी दैनिकी पनि लेख्न सुरु गरिस होला है? दिपक ले प्रश्न गरिहाल्यो। उम्म मैले जवाफ दिएँ। अब प्रपोज गरिहाल साथी नत्र अर्कैले उडाइदेला दिनेश ले भन्यो। नाम पनि थाहा नभएको मान्छे लाई एक्कासी प्रपोज? यति भन्न के पाएको थिएँ दिनेश उठेर बाथरुम कुदिहाल्यो। रक्सी बढि भएछ क्यारे आन्द्रा भुँडी नै निस्केला जस्तो गरि भमिट गर्यो। दिपक पनि बेहोसि जस्ती गरि बिस्तारा मा पल्टियो। दिनेश पनि कोठामा आएर एक शब्द नबोली दिपक कै छेउमा पल्टिहाल्यो। म भने केही हद सम्म होस मा नै थिएँ। मेरो ज्यान ले पनि अब थप रक्सी लिने ध्याउन्न मा पटक्कै थिएन। सयाद राती को एघार बजेको हुँदो हो। बल्लतल्ल बत्ती को स्विच बन्द गरेर म पनि अर्को बेड मा पल्टिएँ।
ढकढक ढोका हानेको आवाज आयो। उठ्न खोजे सकिन। बेस्सरी जोड ले हानियो ढोका मा। जबर्जस्ती को दबाब ले ढोका खुल्यो। बिस्तारा बाट उठेँ । एक्कासी कोठामा क्याण्डल लाइट हरु बले। कोठाभरी रङगिबिरङगि बेलुन झुन्ड्याइएको थियो। एक्कासी बर्थडे स्प्रे हरु अचानक छरिए कोठाभित्र स्यार स्यार को आवाज मा। बेड को अगाडी टेबलमा बेर्थडे केक थियो अत्यन्तै आकर्षक पान को पात को आकार मा। लेखिएको थियो हेप्पी बर्थडे माइ डिएर अमिर। दिकप र दिनेश पनि थिएनन कोठामा। कोठा पुरै सजिसजाउ थियो। लाग्दै थियो कि स्वर्ग नै हो यो। एकैछिन मा हेप्पी बर्थडे टु यु गीत बज्न थाल्यो। यताउती हेरेँ कता बाट बजेको हो पत्तै भएन। अचानक फिल्मी स्टाइल मा ढोका बाट परि को आगमन भयो। निलो सारि मा सजिएकी उसको हात मा आकर्षक गिफ्ट थियो। सिसाको फ्रेम मा सजिएको गिफ्ट भित्र एक प्रेम जोडि अङकमाल गरिरहेका थिए। सिसाको फ्रेम को एकपट्टि एउटा कार्ड टाँसिएको थियो। जसमा लेखिएका अक्षरहरु प्रस्टै देखिन्थे “हेप्पी बर्थडे अमिर”। कोठामा बर्थेडे केक र सजिसजाउ देखेर सर्प्राइज भएको म झन सरप्राइज भएँ। उ अरु कोहि नभएर चियावाली थिइ। हेप्पी बर्थडे गित मा क्याटवाक मा मुस्कुराउँदै अगाडि बढी ढोकाबाट। मुटुको धड्कन बढिरहेको थियो मेरो। के गरुँ र कसो गरुँ भएको थिएँ म। उ अगाडि बढ्दै थिइ, म उसैलाइ हेर्दै थिएँ एकोहोरो। अचानक उ लडि, हात मा भएको गिफ्ट खस्यो। भित्र भएका युगल जोडि एकआपस मा छुट्टिए। सिसाका टुक्रा हरु यत्रतत्र भए। चियावाली को खुट्टा मा गहिरो चोट पर्यो। एकैछिन मा भुँइ रक्ताम्य भयो। सायद मलाइ गुहार माग्दै थिइ, आँखाको भाव ले त्यही बोल्दै थियो, मुख बोलेको थिएन। किन हो खै म भने लाचार भएर हेरिरहेको थिए। मुख बाट कुनै शब्द निस्कन सकेनन। कुन साइनो ले बोलाउँ अलमल्ल परेँ। उसलाइ बोलाउन लाई म सँग उसको नाम थिएन न त पहिचान नै थियो। चियावाली अहँ पटक्कै भन्न सकिन। म उठ्नै लाग्दा टेबल को केक भुइमा खस्यो। बत्ति हरु एकाएकएक निभे। गीत अचानक बन्द भयो। म रुमालिएँ अन्धकारमा। यताउती छामछुम गर्दै रन्थनिए, छटपटिएँ पनि। एक्कासी जुरुक्क उठेँ। त्यि सबै घटना हरु वास्तविक नभएर सपना थियो । ब्युझिँदा शरीर पुरै पसिना ले भिजेको थियो। बाहिर भने चर्को हावा सँगै पानी खुब जोडले दर्किरहेको थियो। सिरानिकै छेउमा भएको मोबाइल झिकेँ। रातिको बाह्र बजेर दस मिनेट मात्रै गएको थियो मोबाइलमा। बिजुलिको स्विच अन गरेँ। टेवल माथी रहेको फिल्टर बाट एक गिलास पानी झिकेर खाएँ। अचानक मेसेज आयो। हेप्पी बर्थडे मेरो भाइ लेखेर। साँच्चै मेरो जन्मदिन थियो तर मलाइ होसै थिएन। दिपक र दिनेश पनि सायद मलाइ सरप्राइज बर्थडे विस गर्ने सोँचमा थिए होलान। रक्सिको नसामा लठ्ठिएर पल्टिएका थिए। हिरा दाइ ले मेसेज पठाएका रहेछन। त्यसताका उनी मेरै घरमा डेरामा बस्थे। घर बागलुङको देविस्थान भएका उनी निकै घनिस्ट थिए म सँग। एउटा मेडिकल चलाएर बसेका थिए बुटवल गोलपार्कमै। थ्यान्क्यु दाइ लेखेर रिप्लाइ गरिदिएँ हिरा दाइलाइ।
निन्द्रा पटक्कै परेन। सपनामा देखिएका सबै घटना वास्तविक जस्तै लाग्दै थियो। निन्द्रा बाट ब्युझेर कोठामा आँखाले देखेको त्यो दृश्य मस्तिष्क ले बिश्वास गर्न एक रत्ती पनि सकेको थिएन। साँच्चै त्यो सपना मेरो दिमाग मा यसरी बस्यो कि त्यो घटना पार गरेर म अर्कै संसार मा छटपटिएको छु जस्तै गरि। रात धकेल्न एउटै आधार थियो फेसबुक। फेसबुक खोलेँ। फेसबुकका बाल भरी चर्को हावहुरी सँगै को पानी ले देशभरी को जनजीवन प्रभावित लेखिएको थियो। तराइ क्षेत्रमा बाढिका कारण टहराहरु डुबान, जनजीवन अस्तब्यस्त को समाचार देखेपछी झन मन आत्तियो। अचानक बत्ती गयो। एकैछिन मा मोबाइल को नेटवर्क पनि गयो। सपना झन झलझली आँखा अगाडी आउन थाल्यो। झन बास्तबिक लाग्न थाल्यो। लाग्यो देश साँच्चिकै कै नै संकटमा परेको छ। जनताले बिपत को सामना गरिरहेका छन। तर तनाब एउटै कुराको थियो उ के गर्दै होलि ? साँच्चै सकुसल नै होलि त ? मन भएभित थियो अनि दिमाग तनावग्रस्त।
सिसाको झ्यालबाट भित्र उज्यालो छिर्यो। चिम्लिएका आँखाले सजिलै महसुस गरे। आँखा खुले तर निन्द्रा बाट खुलेका थिएनन, केवल चिम्लिएको मात्रै थिएँ आँखा मैले। पानी पुर्ण रुपमा रोकिएको थियो। आकाश रत्तिभर खुल्ने संकेत थिएन। बिहानको छ बजिसकेको थियो। अँझै पनि मोबाईलमा नेटवर्क थिएन न त बत्ती नै आएको थियो। मोबाइल मा रेडियो अन गरेँ। प्रत्येक एफ एम ले फुकिरहेका थिए रातभरी को हावाहुरी सँगैको पानीले विशेष गरि तराइ क्षेत्रको जनजिवन प्रभावित भनेर। मन त्यसै अतालिएको थियो। घरमा र घरबेटी लाई फोन गरौँ भने नेटवोर्क थिएन। दिपक र दिनेश लाई उठाएँ। सायद साढे सात भएको हुँदो हो तेतिखेर। कलेज, अफिस जानू पर्दैन? यतिखेर सम्म सुत्छौ? दिनेश आङ तन्काउँदै उठ्दै भन्यो आज शनिबार हो। दिपक पनि जर्याकजुरुक उठ्दै भन्यो “हेप्पी बर्थडे ब्रो”। फेरि भन्यो हिजो तेरो सरप्राइज बर्थ डे विस गर्ने योजना सबै रक्सी को ओभर डोज ले चौपट पारेछ। उसको कुरा सुनेर म खिस्स हाँसे केवल बनावटि हाँसो, मन मा छटपटी कायमै थियो। किचन र्याक भित्र मलाइ सरप्राइज दिन राखेको केक झिकेर मनाइदिए मेरो जन्मदिन बिस्तारामै केटाहरुले।
खाना खाएर आरम गर्दै गर्दा झन्डै दिउँसो बाह्र बजे तिर मोबाइलको नेटवोर्क आयो। घरमा आमालाइ फोन गरे। सबै ठिकठाक रहेछ। काठमाडौं पुगेर फोन नगरेकोमा बिलौना गर्नुभो बरु। आज तेरो जन्मदिन सँधै हासिखुसी रहनु भन्दै आशिर्वाद पनि दिनु भयो। दिपकले काठमाडौं बोलाएको कुरा आमालाई भनेको थिएँ। उहाँले नै बैंक खातामा पैसा हालिदिएपछी हतार हतार बसपार्क गएको थिएँ काठमाडौं को बसको टिकट लिन लाई। घरबेटी काकिलाइ फोन गरेँ। धनुषा मा बाढी सँगैको हावाहुरिले तहसनहस पारेको कुरा उहाँकै मुखबाट सुने मैले। साँच्चै यो कुराले मेरो मन नै तहसनहस भयो। चियावालिको याद्ले झन सताउन थल्यो। मन अतालियो। काकिले भन्नू भयो तिम्रो कोठाको झ्याल को सिसा फुटेको छ। पहाडिया भोजनालय ठिक छ काकी? झन्डै फुस्केन मुख बाट। उहाँले नै भन्नू भयो चोकका मिस्ठान्न भोजनालय का छाप्राहरु एउटा पनि हेर्न लाएक छौनन। हाम्रो घर मा भने खसै असर परेको छैन। दिमाग मा बाह्र बज्यो। छटपटी बढ्यो। हातगोडा काँपे, लुला भए। सास रोकिए जस्तो भएँ। साँच्चै म सालिक जस्तै भएँ तर सालिन हुन सकिन। रातिको त्यो सपना झन झलझली दिमाग मा आइरह्यो। दिपक र दिनेश लाई भन्न खोजेँ तर सकिन।
दिपक ले कत्ति कर गर्दा पनि काठमाडौ बस्नै मन लागेन। अनेक बाहाना बनाएँ। घरबेटी ले तुरुन्तै आउन आदेश दिएको झुट उसलाइ सुनाएँ। मेरो जिद्दी को अगाडि उसको केही लागेन। झण्दै दिउँसोको चार बज्नै लागेको हुँदो हो। मौसम सामान्य भएको थियो। गाडिहरुको चाप पनि बढ्दो थियो काठमाडौमा। लामो दुरिका सवारी साधन पनि चलिरहेका थिए। दिपक र दिनेश बसपार्क सम्म छोड्न आए। पाँचबजे को बस को टिकट लिएँ। फेरि फर्किए मेरो एकतर्फी प्रेमको नगरि जनकपुरको धनुषा।
बिचबिच मा बाटो बिगि्रएकाले दिउँसो एक बजे मात्रै म धनुषा पुगेँ। सरासर कोठातिर गएँ। जाँदै गर्दा पहाडिया भोजनालय हेरेँ। साच्चै हेर्न लाएक थिएन। बाढी भित्र पसेको थियो। आँखा रसाए केवल उसैका याद्मा। काहाँ गएकि होलि? हतार हतार कोठामा गएँ। कोठाको झ्याल को सिसा फुटेको रहेछ। सिसाका केही टुक्रा हरु थिए कोठामा सफा गरेँ। टेबलमा राखेको डायरी र कलम हावाले होला भुइँमा खसेका थिए। अरु भने ठिकठाकै थियो।
हरेक दिन चोक मा पुग्थेँ। बाढी पसेको त्यही सटर देख्थेँ। मन बहकिन्थ्यो। आँखाबाट आँसु झर्न खोज्थ्यो सम्हाल्थेँ बल्लतल्ल। मान्छेको चहलपहल अधिक हुने चोक सुनसान थियो। तर मेरो मन मा भने उसको याद्को छटपहाट को आवतजावत सम्हाल्नै नसकिने गरि बढेको थियो। हिउँदमा सुकेको खहरे खोला बर्षायाममा बौलाएसरी। खहरेको भेल घाम लागेपछी, आकाश बाट पानी झर्न छोडेपछि सान्त हुन्छ तर मेरो मन सान्त हुने वाला पटक्कै थिएन।
काठमाडौ बाट फर्केको चार दिन भएको थियो। उसलाइ नदेखेको छ दिन। बर्षौँदेखी उ म बाट हराएजस्तो आभाष भएको थियो। म आफैलाइ लाग्दै थियो उसको यादको छटपटाहट छ दिन को हुँदै होइन बर्षौँ देखि को हो। बिहान झन्डै आठ बज्न लागेको हुँदो हो। बिस्तारामा पल्टेदेखी निन्द्रा परेको थिएन बिहान सम्म पनि। नोटबुक भुइँमै थियो। झिकेँ र लेखेँ।
“चियावाली तिमी बिना म अधुरो छु।
हुलबाट छुटेको माल्चरी जस्तै भएको छु।
मलाइ एक्लै नबनाउ।
उजाड मेरो जिन्दगिमा रङ भर्न छिट्टै आउ।
तिम्रो अमिर
ढोका ढकढक्याएको आवाज आयो। को हो? म भित्रै बाट बोलेँ। अमिर दाइ म हो क्या। भुमिश्वोर को आवाज थियो। नोटबुक बन्द गरेँ र ढोका खोलेँ। हजुरको चिट्ठी भन्दै उसले हातमा थम्याइदियो। कस्ले दियो? मैले सोधेँ। हुलाकी दाइले भन्दै हाँस्दै गयो। पठाउने मा कसैको नाम नै थिएन। पाउने मा मेरो नाम, ठेगाना र घर नम्बर थियो। ढोका बन्द गरेँ र चिट्ठी खोलेर पढ्न थालेँ।
प्रिय अमिर,
पत्रको खाममा पठाउने को नाम नदेख्दा यतिबेला तिमी अचम्ममा परिरहेका छौ होला। पत्र पढ्दा तिमी मलाइ सजिलै चिन्छौ। जिन्दगी कसैको पनि सोँचेजस्तो हुँदैन। देखेको सबैकुरा पाइन्छ भन्ने पनि छैन र पाएका सबैकुरा देखिएका नहुन पनि सक्छन। कति कुरा आँखाले देखेका, कानले सुनेका पनि सत्य नहुँदा रैछन। तिमी त्यही कुराको उदाहरण बनेका छौ। तिम्रो पहिलो हेराइमै तिम्रा आँखामा म प्रतिको प्रेम झल्केको मैले महसुस गरेकी थिएँ। तर मेरो नजर मा भने तिमी घृणाका पात्र थियौ। जिन्दगिमा कहिल्यै लागेको थिएन तिमिसँग मेरो प्रेम होला भनेर। तिमी जहाँ जान्थेउ म त्यहीँ पुग्थे। तिमिलाइ पनि लागेको हुँदो हो तिमिप्रतिको मेरो चिहोचर्चो। सच्चा प्रेम गर्ने हरु सहजै बोलिबाट प्रेम प्रकट गर्न सक्दैनन् भन्ने कुरा धेरै सुनेकी थिएँ। तिमिले त्यो कुराको महसुस गरायौ र त कहिल्यै भन्न सकेनौ मनको कुरा। तिम्रा प्रत्येक क्रियाकलाप ले दिनप्रतिदिन मेरो मन मा तिमिप्रतिको प्रेम को टुसा निस्कियो र हुर्कँदै गयो। सायद त्यतिबेला तिमिले बोलिबाट प्रेम प्रकट गरेको भए कति मन दुखाइदिन्थेँ होला तिम्रो? साँच्चै प्रेम अन्धो हुँदोरैछ। न यस्ले जात हेर्दोरैछ, न धर्म न त औकात नै। सायद तिमिले मलाइ चिनेको भए मलाइ प्रेमभाब ले हेर्ने थिएनौ होला?मलाइ मेरो हिन्दु समाज ले विधवा, अलछ्छिनी, बिहे गरेको एक महिनामै पोइ खाएको उपमा दिएकि आईमाई हुँ। यति थाहा पाउँदा पाउँदै पनि तिमिले मलाइ प्रेम गर्थ्यौ र? फरक यत्ती हो तिमी मलाइ मेरो वास्तविकता थाहा नपाएर प्रेम गरेउ मैले तिम्रो वास्तविकता थाहा पाएर प्रेम गरेँ। तिमी मेरो वास्तविकता थाहा पाएको भए प्रेम गर्दैनथ्यौ अनि मैले तिम्रो वास्तविकता थाहा नपाएको भए।
हाम्रो भेट हुनु भन्दा दुई महिना अगाडि देखि तिम्रो तस्वीर मेरो मनस्पटलमा घुमिरहन्थ्यो। जब तिमिलाइ दाइको भोजनालय मा देखेँ म झसङ्ग भएँ, डराए, अतालिएँ र किचन भित्र पसेँ। मैले बारम्बार देखेको तस्विर दुरुस्त मेरो अगाडि थियो।
मधेस आन्दोलन, नाकाबन्दी, खुलेआम हत्या त्यस्तो विषम परिस्थिति मा लोग्ने गुमाएकी नारी कमजोर थिइ। न्यायका निमित्त न्यायालय जाने तागत सम्म थिएन उसमा। गए पनि उसका कुरा सुन्ने को? खुलेआम श्रीमान को निर्मम हत्या हुँदा पनि चुपचाप सहेर बसेकी थिइ उ। हरेक दिन हेर्थि पत्रीकामा मुख छोपेका हरु बिचमा एउटा मुख देखाएको अपराधी। त्यो नारी म थिएँ र अपराधी तिमी।श्रीमान गुमाएको दुई महिना भएको थियो। म माइती मा थिएँ। बिहान साढे सात बजे तिर दाइले फोन गर्नु भयो। ज्वाइको हत्यारा मेरै पसलमा चिया खाना आएको छ। मैले भनेँ उसलाइ पिछा गर्नुस म आजै आउँछु। त्यही बिहान पहाड बाट झरेँ तराइ जनकपुरको धनुषा तिमी सँग बदला लिन। बदलामा पाएँ तिम्रो माया अमिर।
जब म धनुषा आएँ हत्तपत्त तिमी मा रिस पोख्ने साहस गर्न सकिन मैले। बरु तिम्रा प्रत्येक क्रियाकलाप को प्रत्यक्षदर्शी बनेर अबलोकन गरिरहेँ। साँच्चै तिमी भद्र लाग्न थालेउ। तिमी अपराधी हौ भन्ने मलाइ पटक्कै लागेन। तर पनि सोँचे जस्तो देखिन्छ मान्छे त्यस्तो नहुन पनि त सक्छ नि? तिमिलाइ नियालिरहेँ दिनहुँ। कहिले तिमिले थाहा नपाउने गरि तिम्रो कोठाको बहिर सम्म पुगेँ कहिले तिमिले थाहा पाउने गरि पुस्तकालय सम्म। म कत्ती कायर भएर तिमिलाइ नियालेँ तिम्रो नाम सम्म थाहा भएन मलाइ।
म ज्वरो आएर सुतिरहेकी थिएँ। दाइले बेलुका भन्नू भयो त्यो केटा काठमाडौ गयो आज। मनमा एक किसिमको छट्पटी भयो । चिन्न नपाउँदै गयो। त्यही राती पानी पर्यो। पानी ठुलै पर्ने संकेत देखिएपनी त्यत्ती ठूलो परिसकेको भने थिएन। हावा भने जोड ले लागेको थियो। भोजनालय भएका लाइनका सबै मान्छे हरु बाढी को डर ले सामान ब्यबस्थापन गर्न लागिरहेका थिए। दाइ पनि त्यतै ब्यस्त हुनुभयो। बिरामी भएको शरीरमा साहस बोकेर गएँ त्यही राती तिम्रो कोठामा। झ्यालको सिसा फोरेर भित्र छिरेँ तिम्रो ब्यक्तिगत विवरण पाउने आशामा। दराज मा राखिएका सबै कागजपत्र हेरेर जस्ताको तस्तै राखिदिएँ। निस्कनै लाग्दा टेवल मा राखिएको तिम्रो नोटबुक देखेँ र हेरेँ। नोटबुक सुरु देखि अन्त्य सम्म हेरेँ। तिम्रो नाम, जन्म मिति, घर को ठेगाना र तिम्रा दैनिकी। एक सुरक्षाकर्मी माथी भएको हातपात देख्न नसकेर बँचाउन जाँदा आक्रमणकारी समुहको एक सदस्य जस्तै भएको कुरा तिम्रो नोटबुक बाटै थाहा पाए। जसलाइ तिमि बँचाउन गयौ उहाँ मेरो श्रीमान हुनुहुन्थ्यो।
बाहिर पानी दर्कने क्रम बढ्दो थियो भने हावाहुरी घट्दो थियो। बाहिर हतार हतार निस्कन लाग्दा झ्याल्को बहिरपट्टि खसेको सिसाको टुक्राले गहिरो चोट पर्यो खुट्टा मा। बल्लतल्ल आफुलाइ सम्हालेर पानी पानी मा कोठामा गएँ। मेरो हालत देखेर दाइ अतालिनु भयो। हतार हतार मलाइ हस्पिटल लैजानु भयो। हस्पिटल पुगेपछी ज्वोरो झन बढ्न थाल्यो। खुट्टा को घाउको पीँडा झन ज्यादा थियो। रातभरी को बाढिले मान्छेहरु याकुल्ब्याकुल थिए। भोलिपल्ट बिहान थाहा भयो बाढिले चोकका मान्छेहरुको उठिवास लागेछ। हाम्रो पनि लाग्यो। तिम्रो वास्तविकता सबै दाइलाइ पनि सुनाए तर तिमी प्रती पलाएको मेरो प्रेम भनीन र कालान्तरमा कसैलाइ भन्ने पनि छैन।
सयौ जुनि तिमी सँगै जिउन मन थियो। मैले गर्ने प्रेम को पनि तिमिलाइ अनुभूति गराउन मन थियो। म नचाहेर पनि कत्ती छुच्ची भैदिएँ है? मेरो नाम सम्म पनि दिइन न नत घर ठेगाना नै दिएँ। नोटबुक मा मेरा बारेमा लेखिएका दैनिकी पढ्दा महसुस गरेँ कि तिमी पहिला त मेरो परिचय जान्न आतुर थियौ। तर मेरो बाध्यता थिए सबै। म कमजोर भएँ। मेरो समाज सँग डराए। त्यसैले नाम सम्म पनि तिमिलाइ दिने साहस गर्न सकिन। तिमी मलाइ खोज्दै आउँछौ कि डर लाग्यो। मायाँले केही कुराको मतलब त राख्दैन तर समाजको डर ले म स्वार्थी भैदिएँ। मैले तिमिलाइ बुझेपनी मेरो समाजले कहिल्यै बुझ्दैन। निदाएको बाहाना गरेको समाजलाई ब्युँझाउने तागत म सँग छैन। तिमी सँग को सम्बन्ध ले मेरो समाज ले भन्ने छ मलाइ आफ्नै श्रीमान को हत्यारा, एउटा मुसलमान कि रखौटी। यो सबै सहन पचाउन सक्दिन म। साँच्चै म कायर हुँ।
तिमिले यो पत्र पाउने बेला सम्म म यो शहर बाट हराइसकेकी हुनेछु। मेरो बाध्यता लाई बुझेर आफ्नो मनलाइ सम्हाल। मलाइ लाग्छ तिमी म जस्तो कायर छैनौ। पुरातनवादी समाज सँग लड्ने तागत छ तिमिमा। लड्छौ होला पनि। तर समाज ले काँचुली फेर्ने बेला सम्म हामी रहन्छौ या रँहदैनौ? भगवान सँग प्रार्थना गर्छु अर्को जुनिमा तिम्रै बनेर जन्मन पाउँ।
अमिर मेरो समाज, आफन्तले तिमिलाइ कुन रुपले हेर्छन मलाइ थाहा छैन तर मेरो नजर मा तिमी अपराधी होइन निर्दोष छौ। हो अमिर तिमी निर्दोष भयौ मेरो नजरबाट।
उहीँ तिमिले मलाइ दिएको प्रिय नाम
चियावाली ।।।।।
जुन दिन देखि उ म बाट अपत्यारिलो पारामा हराइ त्यसपछी जनकपुर बस्नै मन लागेन। सुनसान लाग्यो जनकपुर। घर गएँ। हुँदा हुँदा मलाइ घर पनि सुनसान लाग्न थाल्यो। समाज , साथिभाइ आफन्त कसैसँग निजिक हुन मन लागेन। मलाइ आफ्नै देश विरानो लाग्न थाल्यो। एकाएक नजर बाट हाराएकी उ शहर बाट पनि हराइ। त्यही वियोगमा म देशबाटै हराइदिएँ। र आएँ सबथोक बिर्सेर सपनाविहिन देश अमेरिकाको मिनेसोटा।
जिवन कै पहिलो लेखन यात्रा उसकै कथा बाट सुरु गरेँ मैले औपचारिक रुपमा। उसको पत्र पाएकै दिनदेखी दैनिकी लेख्न भने छोडेँ। कथा लेख्न सुरु गरेको एक हप्ता मा पूरा गरेँ। बिहानको नौ बजेको छ अहिले। मोबाइलको घन्टी बज्छ। अनिल ले फोन गरेको रहेछ। ह्याप्पी बर्थडे पार्टनर। यसपाली पनि मलाइ होस थिएन मेरो जन्मदिन। थ्यान्क यु पार्टनर मैले जवाफ दिन्छु। कहिले आउने? अँझ एक महिना पछि आउँछु उसले जवाफ दिन्छ। राजु र कृष्ण पनि सँगै आउँछन? म भन्दा दुइचार दिन पछि आउछन् सायद उसले जवाफ दिन्छ। सकियो फोनमा कुरा। के काम मा हो अलिक ब्यस्त छ रे उ। मलाइ बर्थडे विस गर्न मात्रै फोन गरेको रहेछ। फेसबुक मा विस गरेका रहेछन सबैले। दिपक, दिनेश, कृष्ण, राजु, हिरा दाइ अरु थुप्रै साथी हरुले पनि। केही दिन अगाडि मात्रै फेसबुक मा साथी बनेको घरबेटी काकिको छोरा भुमिश्वोर ले पनि विस गरेको रहेछ हेप्पी बर्थडे दाइ लेखेर। घरबाट बा आमा ले पनि उतैबाट फोन गरेर शुभकामना दिनुभयो आज जन्मदिनको।
साँझको छ बजेको छ अहिले। दिमाग मा खास कुरा हरु भने केही छैनन। उसको कथा लेखेर सकेपछी भने मन हल्का भएको छ। लेख्दा मन हल्का हुन्छ भन्ने कुरा सुनेको थिएँ आज आफैले महसुस गरेँ। आज भने दैनिकी लेख्न मन लाग्यो। त्यही पुरानो नोटबुक जहाँ मेरो जिन्दगी का तिता मिठा घटना शब्द बनेर बसेका छन।जम्मा अन्तिम दुई पाना मात्रै बाँकी रैछन्। बर्थडे विस गर्ने सबैको नाम लेखिहालेँ। कसैलाइ नभनेको अघिल्लो बर्थडे को रातिको सपना पनि नोटबुकमै लेखेँ मैले। अन्तिम पाना को अन्तिम पेज मा पोहोर कै बर्थडे मा लेखिएको रहेछ। “हेप्पी बर्थडे अमिर – उहीँ तिमिले मलाइ दिएको प्रिय नाम चियावाली। उसले बर्थडे विस गर्न नपाएको सपना अधुरो भए पनि अब बर्षौ सम्म नोटबुकमा लेखिएका उसका शब्द हरुले भन्ने छन “हेप्पि बर्थडे अमिर- उहीँ तिमिले मलाइ दिएको प्रिय नाम चियवाली ।।।
नोट: यस कथाका पात्र तथा घटना काल्पनिक हुन।यदि कसैको वास्तविक जीवन मा मेल खान गएमा केवल संयोग मात्र हुनेछ।
लक्ष्मण घमाल
बा.न.पा-७,गहिरागाउ, बागलुङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)