~राजेन्द्र ज्ञवाली~
उ अझै सुक्क सुक्क रुदै थिइ । म भने के गर्ने के नगर्ने भन्ने दुविधामा थिए । वाटो हिड्नेहरू मध्ये उसलाई देख्नेले आश्चार्य मान्दै थिए । अझ कोही कोही त केही वेर अडिएर वुझ्न खोजे जस्तो गर्दै थिए । मलाई उ प्रति सहानभूती त थियो तर साथै नजानिदो डर पनि लागि रहेको थियो । दायाँ वायाँ बाट हिडिरहेकाहरूले के सोँची रहेका होलान भन्ने आशंका मनमा झाङ्गिदै गइ रहेको थियो । आखिरमा आफ्नो व्यागबाट रुमाल झिकेर उसले आँशु पुछी र रुन्चे मुस्कानकासाथ भनी ‘सरी’ मैले आफूलाई सम्हाल्नु पथ्र्यों ।
आफ्नो उमेर उसले ५५ वर्ष वताएकी थिइ । तर खै किन हो उ लगभग ६०–६२ वर्षकी देखिन्थी । शरिर हेर्दा हाड र छाला विच अरु केही नभए जस्तो देखिन्थ्यो । आँखामा मोटो चस्मा, अनी केही सेकेण्डको अन्तरालमा खोके जस्तै गर्दै घाटी सफा गर्थी उ । समग्रमा हेर्दे विरामी जस्ती देखिने उ चुरोटको अम्मली थिइ ।
नयाँ नयाँ मानिस तथा ठाउका वारेमा जान्ने उसको रहरले मसँग परिचय गराएको थियो । हुनत कार्य स्थलको आधारमा भन्दा उ र म छिमेकी थियौँ । मेरो छेँउको स्टोरमा काम गर्थी उ ।
हामीवीचको कुराकानी धेरै जसो एक अर्कोका संस्कृती एवं परम्पराका वारेमा हुन्थ्यो । त्यसमध्ये पनि पारिवरिक संरचनाका बारेमा उसले निकै उत्सुकता पूर्वक जिज्ञासा राख्ने गर्थी । नेपालमा मागी विहे हुन्छ भन्दा निकै अचम्म पर्थी अनी अझ पहिले पहिले त वेहुला वेहुलीले एक अर्कालाई विहेका वेलामा मात्र खेख्ने भन्दा विश्वासै गर्दीनथी ।
‘यस्तो पनि कसरी हुन सक्छ ?’ मागी विहेका बारेमा उसले धेरै पटक गरेको प्रश्न थियो यो । तर संयुक्त परिवारको कुरा आउदा भने उसले पनि त्यसमा सहमती जनाउथी । आफ्नो परिवारमा पहिले यस्तै चलन भएको सुनेको वताएकी थिइ ।
लगभग १९ वर्षको छोरा र १६ वर्षे छोरीसँगै वस्दै आएकी उसलाई जहिले पनि घर फर्कन हतारमा देखेको थिए मैले । कुनै दिन कामबाट फर्कदा ५–७ मिनट पनि अवेर हुन थाल्यो भने निकै असहज भएको देखेको थिए मैले । एक पटक सोधेको पनि थिए जवाफमा उसले भनेकी थिइ– के गर्ने घरमा गर्नु पर्ने धेरै काम हुन्छ । त्यसमाथि मलाई वसमा घर पुग्न लगभग ४५ मिनट लाग्छ, त्यसैले ।
यहाँको ठेट वासिन्दा (अमेरिकी मूल)की उ अन्य केही कुरामा वाकी अमेरिकीभन्दा अली फरक थिइ । उ भित्र संयुक्त परिवार प्रति केही न केही विश्वास कायम थियो । विशेषगरी युवाहरूको स्वतन्त्रता स्वच्छन्दता तर्फ उन्मुख भएको र आत्मअनुशासनको कमी भएको वेला वेलामा वताउने गर्थी । अझ पश्चिमी र पूर्वीय दर्शनको कुरा हुदा एक पटक हलुका पारामा हास्दै भनेकी पनि थिइ–त्यहाँको अनुशासनमा यहाँको स्वतन्त्रता मिसाउनु पर्छ अनी यहाँको स्वतन्त्रतामा त्यहाँको अलीकती अनुशासन थप्नु पर्छ, त्यसो गरे कस्तो हुन्थ्यो होला हगी ! !
उसको मूल घर लाइमा नभई अन्यत्र भएको उसले बताएकी थिइ । आफ्नो छोरा छोरी वाहेक उसको नातेदार यहाँ कोही थिएन । वस्न पनि आफ्नो एक परिचितको स्यानो घर भाडामा लिएकी थिइ । आर्थिक अवस्था त्यति राम्रो नभएको उसले पटक पटक बताएकी थिइ ।
कुराकानीका क्रममा उसले आफू निकै लामो समय देखि नै एकल महिलाका रुपमा रहदै आएको वताएकी थिइ । उसको श्रीमानको मृत्यु धेरै वर्ष अघि भएको थियो ।
नयाँ घरजम गर्न मन लाग्दैन भन्ने मेरो प्रश्नको जवाफमा उसले एक पटक भनेकी थिइ–त्यतिवेला छोराछोरीको भविश्य तर्फ नै ख्याल गयो, अनी यीनीहरूलाई हुर्काउदैमा समय वितेको थाहा भएन । अव त कुनै चाहना पनि छैन । म आफ्नो एक्लोपनमा रमाएकी छु । छोरा छोरीको आफ्नो भविश्य राम्रो बनाए भने त्यसैमा रमाउने थिए
त्यस वाहेक उ आफ्ना सन्तानका बारेमा कुरा गर्दा निकै उत्साहित हुने गर्थी । छोरा पढाइमा निकै राम्रो भएको र छोरीलाई गायनमा रुची भएको उसले निकै गर्वका साथ बताउथी । उसको छोरासँग त मेरो भेट भएको थिएन । तर एक पटक छोरीसँग परिचय गराएकी थिइ ।
त्यस दिन उ काममा विहानै आएकी थिइ । सधै हास्दै कुरा गर्न आउने त्यस दिन भने चुप चाप थिइ । उसको त्यस किसिमको व्यवहारले मलाई निकै असहज भएर आएको थियो । कुराकानीका क्रममा मैले भनेका केही कुराले उसलाई दुखी तुल्याएर हो की नवोलेको जस्तो पनि लाग्यो । तर मैले उसलाई त्यस किसिमको केही भने जस्तो पनि लागेन । केही वेरपछि म तिर पुर्लुक्क हेरेको वेलामा मैले अभिवादनमा हात हल्लाए जवाफमा उसले पनि हात हल्लाइ । उसको अभिवादनको जवाफ निकै चिसो लाग्यो मलाई म केही वोलिन र आफ्नो काम तिर व्यस्त भए । तर वेलुकासम्म उसलाई स्टोरमै देख्दा भने अचम्म लागेर आयो । त्यसरी घर फर्कन हतार गर्ने मानिस त्यतिवेलासम्म पनि काममै देख्दा मलाई अचम्म लागेर आयो ।
केही वेरपछि मनले मानेन र म नै उ निर गएर उभिए । उसले हल्लो भनेपछि चुपचाप लागेर वसिरही । त्यसपछि मैले आफूलाई रोक्न सकिन र सोधे–तिमीलाई सञ्चै त छ नी ? आज अली अर्कै देख्दै छु त !
‘हेरन, आज मलाई घर नै जान मन लागेको छैन ।’ उसको जवाफले मलाई थप आश्चार्यचकित वनायो ।
‘किन ? के भो र ? !’ जवाफमा उ केही वेर घोरिइ । अनी विस्तारै भनी–आज मेरो छोरा वेग्लै वस्न जादै छ ।
यो त पश्चिमा संस्कार नै हो । यहाँ छोरा छोरी १८ वर्ष पुरा गरेपछि प्राय वेग्लै वस्ने गर्छन् । कोही कोही एक्लै आर्थिक कारणले एक्लै वस्न नसक्नेहरू मात्र अभिभावकसँग वस्ने हुन् त्यो पनि आफ्नो वेग्लै व्यवस्था नहुदासम्म ।
‘उसले अर्कै सहरमा काम पनि पायो । अनी त्यसमाथि उसको गर्लफ्रेन्डले पनि धेरै अघि देखि दबाव दिइ रहेकी थिइ । उनीहरूले यहाँ प्राइवेसी पनि पाएका थिएनन् ।’ यति भन्दासम्म उसको आँखा रसाइ सकेका थिए ।
‘म मेरो छोराको लागि खुसी छु ।’ आखिरमा उसले आफ्नो जीवन आफ्नै अनुसार व्यतित् गर्दैछ ।’ त्यतिवेलासम्म उसका आँखाबाट आशुका धारा वग्न थाली सकेका थिए ।
‘हेरन, यो स्वाभाविक मात्र होइन मेरो लागि त खुसीको कुरा पनि हो छोराले जागिर पायो, भावी जीवनसाथी पनि पायो आत्म निर्भर भयो । तर किन हो मलाई सारै सुनोपन लागि रहेको छ ।’
त्यही विहान छोरा विदा भएर गएको रहेछ ।
‘अव म घर जाँदा मेरो छोराको कोठा रित्तो देख्नु पर्ने छ ।’ उसले रुदै भन्न थाली–मैले आफ्ना केही कपडा छाडेर जान भनेकी छु । त्यही हेरेर उसको अस्याट मेटाउला भनेर ।
म चुप चाप उसको कुरा सुनिरहेको थिए, प्रतिकृया विहिन भएर ।
केही वेरपछि उसले फेरी भनी– मलाई अझ पिर त दुई तिन वर्ष पछिको छ । मेरो छोरीले पनि घर छाडेपछि म के गरुँला । त्यसपछि त मेरो जीवन कस्तो खल्लो होला ।
आज उसको छोरीसँग अचानक भेट हुँदा त्यस दिनको सबै घटनाको सम्झना आएको थियो । मैले छोरीसँग उसको वारेमा सोधे ।
उसले दाइ नियमित रुपमा आफूहरूलाई भेट्न आउने गरेको वताइ । अझ भाउजुले छोरी पाएको र हजुरआमा भनेपछि उसले निकै भेट्न मन गर्ने समेत वताइ ।
‘पहिला केही दिनसम्म त ममलाई अली अप्ठेरो नै भएको थियो । तर दाइले नियमित रुपमा भेट्न आउने हुनाले सजिलो भएको छ । अनी दाइबाट वेला वेलामा आर्थिक सहयोग पनि हुने गर्छ ।’ उ लगातार भन्दै थिइ–तर ममलाई अली सञ्चो भएन र अस्पतालमा आइसियुमा राख्नु प¥यो । अहिले त धेरै निको भइ सकेको छ । अव दुई चार दिनमै डिस्चार्ज हुनुहुन्छ होला ।
(स्रोत : सदृश्य डट कम)