गजल : ठाउँहरूमा खोज

~रीता ताम्राकार~

मेरो कथा शून्यशून्य ठाउँहरूमा खोज ।
मेरो व्यथा चह-याउने घाउहरूमा खोज ।

चुँडिएको चङ्गाझैँ म बेठेगान उडिरहेँ ,
मेरो ठेगाना निर्जननिर्जन गाउँहरूमा खोज ।

भत्किएको मन्दिरजस्तो आस्थाभन्दा पर,
मलाई खोज्दा बिर्सिएका पाउहरूमा खोज ।

बाँसुरीझैँ चोट बोकी धेरै गीत गाएथेँ,
अब मौन सागरमाथि नाउहरूमा खोज ।

फूल छोडेँ जून छोडेँ उज्यालो सब छोडेँ,
अब मलाई नियतिका दाउहरूमा खोज ।

(स्रोत  : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.