नियात्रा : सिन्डिकेटले कष्ठकर यात्रा

~खडानन्द तिमलसिना~

२०७५ सालको असार महिनाको १ गते नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगत इभेन परियोजना र बिश्व बैंकको सहयोगमा एल.वि मोर्डन इन्सीच्युटले तिनपाटन गाँउपालीकामा संचालन गरेको तिन महिने हाउस वाईरीङ तालिम र मोबाईल मर्मत तालिमको प्राविधिक शिक्षा तथा ब्यावसाहिक तालिम परिषद , राष्ट्रिय सिप परिक्षण समीती (सीटी इ भीटी ) ले लिने सिप परिक्षणका लागि केन्द्राअध्यक्ष भएर चकमके बजार जानु पर्ने थियो । उक्त कार्यक्रमको लागि अरु ६ जान साथीहरु पनि लिएर जानु पर्ने थियो । विहानै देखी मौसमले च्यालेन्ज गरि रहेको थियो । बाईक लिएर जाने साहास गर्न सकिएन आज नगए भोलि विहानको ७ बजेबाट परिक्षा थियो । असारको दिन पानी आयो भने गाह्रो हुने भएकाले १ गतेको दिन बेलुका बसमा जाने निधो हुन्छ । बस पार्क गएर ६ वटा सिट राखी दिनको लागी अनुरोध गर्दै म आफ्नो काममा लाग्छु । समय वितेको पत्तै हुदैन । गाढी वालाले फोन गर्नु हुन्छ । हिड्ने बेला भयो खैत आउनु भएनत ? म हतार हतार अरु साथीहरुलाई फोन गर्छु । नभन्दै छोटै समयको कसरत पछी सबै साथीहरु जाम्मा भएर यात्रा सुरु हुन्छ पहिलाको माझीटार अहिलेको बुद्धनगर चोकमा जम्मा भएर बसमा चढ्न खोजिन्छ तर कसै गरी पनि भित्र छिर्न सकिने अबस्था हुदैन सबै साथीहरु छतमाथी जानु हुन्छ सुरेश कुमार सिं सर र म बस भित्र जबर जस्ति पस्छौं ढोकाको छेउ भन्दा भित्र जान सक्ने अबस्था नै हुदैन गाढीको छत भरी र भित्र पनि उभिने मान्छेहरु प्याक देखे पछी राज्यले भर्खर मात्रै सिन्डिकेटको अन्त्य गरियो भनेर गरेको कुरा मिथ्या जस्तो लाग्छ । जे जे गरे पनि जानै छ नगए भोलिको परिक्षा रोकीनेछ । असिन पसिन भएर गाढीको डन्डी समाएर ढोकाको छेउमा उभिएर बस्छु हातमा झोला छ कतै राखौं भने परिक्षाको कोइसन र चार लाख रुपया पैसा छ राखी दिनुहोस भन्ने आट आई रहेको छैन । गाढीमा बस्ने यात्रुहरुको पसिना र जाड रक्सि चुरोटको धुवा मिसीएको गन्ध सारै नराम्रो लागि रहेकोछ तर पनि जानुनै छ । खचाखच यात्रु कीन ? अनि हाम्रो सिट कता हो ? एकैछीनमा भई हाल्छ पर्खिनुहोस भन्दा भन्दै यात्रा धेरै अघि बढ्छ । चढ्ने र झर्ने क्रममा घरी घरी बाहिर निस्किएर सफा हावा लिदै चढ्ने क्रममा एउटा परिचत अनुहार जस्तै लाग्ने अनुहारमा मेरो नजर ठोकिन पुग्छ ।

हरियो र सेतो बुटे कुर्था सुरुवाल, सेतो सलमा सझीएकी अनुहारमा श्रृङ्गार नगर्दै धपप्क बलेको चेहारा र तप्प चुही हाल्ला जस्तो लालि जोवानमा आँखा पुग्छ । त्यो भिडा भाड अनि असजिलो बसाई सबै कुरा विर्सएर सजिलोको आभास हुन्छ । गाढीवालाले मलाई तपाईको सिट त्यहि हो भनेर देखाएको थियो । जुन सिटमा उनि बसी रहेकी थिईन । के निउ र बाहाना बनाएर बोल्ने होला उनि सँग म योजना र बाहानाहरु बनाउन थाल्छु । मन डराई रहेको थियो डराउदा डराउदै पनि कापेको स्वर निकालेर हजुर का सम्म जाने हो नि भनेर सोधे जबाफ चकमके आउछ । म स्तब्ध हुन्छु उनि सँग अरु बोल्ने कुरा बनाउन सक्दिन अनि अर्को महिलालाई सोध्न् पुग्छु । उनि जिर्घाहा खोलामा झर्ने रहिछन मेरो बस्ने सिट पनि त्यहि रहेछ । महिला मान्छेलाई उठाएर आफुलाई बस्न अड लाग्छ । उनि झरे पछि बसौंला सिटमा भनेर नजिकै बसी रहे उभिएर । गरम झोला भएकाले बसाई सारै अप्ठेरो भई रहेको थियो उभिनलाई गाह्रो महसुस गरी रहेको थिएँ । महत्वपुर्ण मेरो झोलाले मलाई अप्ठेरो गरेको कुरा बुझे झै गरेर केहि भन्न खोजे झै लाग्थ्यो । उनले । म पनि उनि सँग त्यो सँगै बस्ने सिटमा बस्नु भन्दा अघि नै चिना जानि गर्न पाए सिट पनि पक्का हुने थियो उनले अरु कसैलाई राख्ने कुरा गरिन भने मेरो बेहाल होला मनमा एस्तै कुरा खेल्दै थियो । उनले मुख खोल्छीन हजुरलाई यो झोलले सारै अप्ठेरो गर्यो खै ल्याउनु म राखी दिन्छु भन्छिन । मेरो मनको कुरा बुझेर होला सायद म खुशी हुदै मेरो झोला महत्वपुण छ राम्रो जतन गरेर राखी दिनु है भनेर झोला उनको हातमा थमाउछु । उनले अफ्नो झ्याल पटीको साईडमा मेरो झोला राखी दिन्छीन । झोला नभए पछी उभिएर बस्न सजिलो भए पनि मनमा भने असजीलो आई नै रह्यो झोलामा पैसा धेरै छ कसैले लगि दिने होकी आफ्नो हातमा छैन अनि अर्को तिर उनले मलाई किन यसरी माया गरिन मेरो अप्ठ्यारोमा साथ दिने निधो गरिन अखिर गाढीमा म जस्तै पीडीतहरु धेरै थिय । यी र यस्तै खालका कुराहरु मनमा सल्बलाउन थाले । आँखाले उनिलाई धेरै निहाल्न थाल्यो का की को हुन के गर्छिन होला उनि सँग परिचय गर्न आतुर भयो । मनमा छटपटी हुटहुटी चल्यो । समाल्नै सकिन्न धेरै देखि रहेको जस्तो लाग्छ घर चाहि का निर हो भन्दै कुराको सुरुवात गरे । सायद उनलाई पनि मलाई जस्तै भएको हुनु पर्छ । मेरो शक्का हो उनले छोटो मिठो जबाफ दिन्छीन कुरा सकिन्छ । तर पनि उनको चेहरामा अझै कुरा गरी रहन पाए हुन्थ्यो जस्तो भाब झल्किन्थ्यो । मेरो शक्का पनि गलत हुन सक्छ के थियो उनको मनमा मैले बुझ्नै सकिन नत उनले भनिन । मेरो तन मन र आँखा उतै केन्द्रित हुन थाल्यो ।

सारै गाह्रो हुन्छ उभिएर बस्न । सिटमा बस्ने दिदीको झर्ने ठाँउ नजिकै आई पुगेको हुन्छ । दिदी हजुरको झर्ने ठाँउ आई पुग्यो तपाई झर्ने तयारी गर्नु अब म सीटमा बस्छु भने पछी दिदी उठ्नु हुन्छ । म सिटमा बस्छु । पहिलो बसाईमा नै उनि सँग स्पर्श हुन्छ । जस्ले एउट करेन्ट लागेको जस्तो महसुस हुन्छ । कतै उनका शरिरका अङ्गहरुले मलाई तानि रहेको आभास हुन्छ म सम्मालिदै बस्छु । मेरो झोला मागेर काखमा राख्छु । र उनि सँगको बार्तालापलाई अघि बढाउछु । घर काहाँ बसाई कता पढाई का पुग्यो अहिले के गरिन्छ उनि जबाफ दिदै जान्छि म सुन्दै जान्छु । हामी विचको अत्मियता बढ्दै जान्छ बसाईका दुरीहरु झन नजिकीदै जान्छन । उनको नाम लक्ष्मी रहेछ । यसो अनुहारमा हेरे साच्चिकै लक्ष्मीको जस्तै सुन्दर चेहरा गाजलु आँखा मोतिका जस्तै मिलेका दन्त लहर सिरल्लक परेको पातलो ज्यान र ओठको मन्द मुस्कानमा मन तानिन थाल्यो । बाटोमा खाल्टा खुल्टि धेरै भएकाले गाढीमा हल्लिएर कैले उनको काख तिर पुग्थे त कहिले उनि मेरो काख सम्म आई पुग्थिन एक आपसमा हामीले कुनै अप्ठेरो नमानी सहज तारीकाले पचाउदै यात्रा अघि बढी बढाउछौं । बढ्दै जाने क्रममा समय वितेको पत्तो नै हुदैन । साझमा झ्याउकीराले रात परेको संकेत गरेको आवाज आउछ तर गाढीमा बत्ति नभएकाले अध्यारो हुन्छ विड्मना गाढीको बत्ति नै विग्रीएको रहेछ अध्यारो मा नै यात्रा गर्नु पर्ने रहेछ । झमक्क साझ पर्न थालि सकेको हुन्छ । गाढीमा यात्रुहरु झरेर खुल्ला भई सकेको हुन्छ । गाढी झन उफ्रिन्छ त्यहि उफ्रिने क्रममा मेरो हात उनको संवेदनशिल अंङ्गमा स्पर्स गर्न पुग्छ । मलाई त्यो स्पर्सले उत्तेजित बनाउछ मलाई काम वासना रति राग र मृगतृष्णाले ग्रसित बनाएर उनको शरिरमा स्पर्स बढाउन शक्केत गर्छ । मेरा क्रीयाकलापहरुमा योन कुष्ठा उब्जिएको कुरा बुझ्न गाह्रो हुदैन उनले नबुझे झै गरी विस्तारै मेरा आक्रमक भएका हातहरुलाई पन्साउने गर्छिन म फेरी लाने गर्छु उनि फेरी पन्साउने गर्छिन म फेरी लाने गर्छु यो क्रम निरन्तर चलि रहन्छ । त्यो अध्यारो रातमा । उनले कडा प्रतिकार नगरेकाले मौन स्वीकृति संझीदै मेरो स्पर्सको बेग अझ बढेर जान्छ ।

मनले उनको काखमा लुकामारी गर्दै उनको मन भित्र पसेर परेड खेल्छ । उनले गाढीको कन्टेक्टरको मोबाइल मागेर आफ्नो सिम हाल्छिन । त्यो कुराले मलाई नमिठो लाग्छ म सिटमा सगै बसेको छु म सँग केहि कुरा नगरी किन गाढीवाला सँग संगत बढाई रहेकी छीन लक्ष्मीले मनमा कौतुहलत छाउछ तर म केहि भन्न सक्दिन उनिलाई यहि कौंतुहलताको विचमा कतै फोन गरे जस्तै गरि मोबाईलका फोटा र भिडीयोहरु हेर्न थाल्छिन । र घरी घरी मलाई पनि देखाउछीन कति राम्रो सिन भनेर । म भने अर्कै संसारमा हराई सकेको हुन्छु । त्यहि भिडीयो फोटो हेर्ने बाहानामा उनको छातीमा टाउको राख्ने प्रयास गर्छु । जस्ले मेरो मनलाई आनन्द दिन्थ्यो । उनले केहि प्रतिकार नगर्दा मलाई सारै सन्चो हुन्थ्यो र म त्यहि निदाउने प्रयास गर्थे । यी र यस्तै खालका क्रियाकलाप हुदै गर्दा हाम्रो यात्रा टुङ्गीएर गाढीबाट झर्ने ठाँउ नजिकै आई पुग्न लाग्छौं । अझै यात्रा लामो बनाउ भनेर पनि नहुने रहेछ । हामी गाढीबाट झरेर आफ्नोबाटो लाग्ने हो भनेत हाम्रो मित्रता र गाढी सगै गरेको सहयात्रा यहि सकीने छ भनेर मनले सुझाब दिन्छ उनि सँग फोन नम्बर माग फेसबुकमा एड गर अनि तिमीहरुको सम्बन्ध सधै भरी जिबन्त रहन्छ । अनि सधै भरीको लागि नजिक हुने छौं मनको सुझाबलाई सिरो धार्य गर्दै म फेरी उनि सँग नजिकिन्छु । त्यहि कुरा माग्नलाई पनि मलाई धेरै गाह्रो लाग्छ । साहित्य सृजना गर्नु हुन्छ हुन्न ? जबाफमा बातबरण मीलेर मुड चलेको बेला लेख्छु भनिन । सायद आज पनि मुड चल्छ होला बातबरण पनि मिलेको नै छ । त्यसो भए आजको यात्राको एउटा संस्मरण लेख है तिमीले पनि म पनि लेख्ने छु । भन्दै मलार्ई पनि साहित्य मन पर्छ मेरो ११११ गजल सग्रह प्रकाशित गरेको छु लाम्पनटार क्यापसमा छ पढेर एउटा पाठक प्रतिक्रीया लेखी दीनु होला । भन्दै उनको फोन नम्बर मागे किन भनेर सोधीन गजल पढे पछी कस्तो लाग्यो प्रतिक्रिया लिनको लागि भने पछी । पढे पछी म आफै फोन गरौंला भन्ने जबाफ आयो । म स्तब्ध भए फेसबुकमा एड गर्न खोजे त्याहाँ पनि खासै चासो देखाईनन् । म सँग भन्दा गाढी वाला सँग अलि नजिक भएर कुरा गर्न खोजेको हो की भन्ने आभास भयो । मनमा रिसको आवेग आयो अनि कुरा गर्न पनि छाडे । झर्ने बेलामा सगै जाने हैन ? भनेर सोधे नजाने तपाईहरु जानु भनिन । त्यति खेर रिस उठेको थियो रिसको आवेगमा त्यतिकै छाडेर हिडी हालियो कोठामा पुगे पछी उनको झझल्को र यादले सताउन थाल्यो । फोन नम्बर दिएको भा का थिन उनि त्यहि फोन गरेर भेट गर्न जानु हुन्थ्यो जस्तो लाग्यो । खाना खाएर जब सुत्न भनेर कोठामा गए अरु सबै साथीहरु निदाए आफुलाई निन्द्रा लागेन एक पछि अर्को उनको तस्विर झल्झली आँखामा जुम गरेर ल्याउछु मन भित्र पुर्याउछु शरिरका अङ्ग अङ्ग स्पर्स गराउछु लुकामरी खेल्छु र रात भरी अनीदो हुन्छु । किनकी तिम्रो मनले मेरो मनमा सिन्डीकेट जमाए पछी मलाई एति पिडा भयो जसरी सिन्डिकेटको कराणले यात्रुहरुको यात्रा जति कष्टकर हुन्छ त्यसरी नै कष्ठकर हुदो रहेछ । सिन्डिकेट लाउनेहरुलाई ति यात्रुको पिडा थाहा नभए पछी ……………………।

खडानन्द तिमलसिना
स्थायी ठेगाना लाम्पनटार २ सिन्धुली
हाल कमलामाई नगरपालीका ६ सिन्धुली

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.