कविता : मेरी पियारी

~दिल थापा~

मेरी पियारीलाई सम्झाउनु छ म परदेश छु भनेर
मेरी पियारीलाई फोन गर्नु छ छोराछोरीलाई राम्रोसँग पढाऊ है भनेर

मैले त मगरातभुमिमा पसिना बगाउन पाइन
तिमीले भएनी बगाऊ है
मेरी पियारीलाई सम्झाउनु छ मेरो पसिना विदेशी भूमिमा बगेको छ भनेर
मेरी छोरीलाई सम्झाउनु छ तिमीले पढ्ने किताबमा मगरातको इतिहास लेखेको छ भनेर
मेरो छोरालाई सम्झाउनु छ तिमी म जस्तै परदेशमा पसिना बगाउन आउँदैनौ भनेर

पियारी तिमीले त मनादी धाराको पानी मिठो मानी मानी खाएकी होली
बेसीबाट काम गरी थाकेर आएको बेलामा
मलाई आखाँभरी राखेर
म आँगनमा आएको जस्तै नठान
फुल्न लागेको गुलाफी फुलजस्तै गरी
त्यो ओठमा मुस्कान नछोड
तिमीसामु मेरो विम्वमात्रा छ ।
मेरी पियारीलाई सम्झाउनु छ म विदेशी भूमिमा दासीको भेषमा छु भनेर
मेरी पियारीलाई सम्झाउनु छ म परदेश छु भनेर
मेरी पियारीलाई फोन गर्नु छ छोराछोरीलाई राम्रोसँग पढाऊ है भनेर

दिल थापा मगर
दमौली तनहुँ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

1 Response to कविता : मेरी पियारी

  1. Anusha Magarnii says:

    Woww😍 kabita ramro xa sadhai asari nai agadi badnu la😍😘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.