~दीपा राई पुन~
आकास उही छ धर्ती उही छ
म त्यहि छु तिमी छौ जहाँ
नभन मलाई टाढा भयौ
जीउने आधार तिमी नै हौ
याद खस्छ झरणा जस्तै
मुटुमा घाउ बल्झाई बल्झाई
तिमी खस्छौ आँखाबाट
छातीमा गाँठो अल्झाई अल्झाई
नभन मलाई …
मायाले बिझाउँछ काँडा जस्तै
प्यारो लाग्छ झन मलाई
सम्झनाको बाँध भत्किरहन्छ
आँखामा चुमेर अँगाल मलाई
नभन मलाई …
– हाल, बोस्टन, अमेरिका