चलचित्र गीत : मन यो मेरो हजुर

~कालीप्रसाद बास्कोट \ सविन “एक्तारे”~

मन यो मेरो हजुर
गर्दैछ कि कसुर
लाग्छ अनौठो केहि
धड्कनको तालमा
चल्छ समय पनि
गर्दै इशारा केहि
खै कसको दोश हो
कस्तो मदहोसी हो
चल्दै छ जादु केहि
आज मनको कुरा सुन
मनैको कुरा बोल
मनमा नराख भाव
मन फुर्न देउ
मनै त हो नि बैरी
मनै त हो नि साथी
मनकै कुरामा आज मनलाई भुल्न देउ
@ sahityasangraha.com

जल्दै छ रुपको आगो
छुँ मै बेकाबु
पग्लिदैं छु मैना सरी
कस्तो चल्यो कस्तो हावा
उमंग छ आहा
मन फुल्यो कि बहार सरी
यो धर्ती छोडे जस्तो
पंक्षी भै पंक्षी भै उडे जस्तो

आतिन्छ मन मेरो
काँप्दै छ तन मेरो
लाग्छ अनौठो केहि
धड्कनको तालमा
चल्छ समय पनि
गर्दै इशारा केहि
खै कसको दोश हो
कस्तो मदहोसी हो
चल्दै छ जादु केहि
आज मनको कुरा सुन
मनैको कुरा बोल
मनमा नराख भाव
मन फुर्न देउ
मनै त हो नि बैरी
मनै त हो नि साथी
मनकै कुरामा आज मनलाई भुल्न देउ

तिमी लुक आज ममा
अनि म तिमीमा
हराउ हामी यसरी
केहि तिम्रो केहि मेरो
पैचों न उधारो
समर्पण गरौं यसरी
नाचौंला हामी जिन्दगीको गाना
भरौंला खाली जिन्दगीका पाना

आतिन्छ मन मेरो
काँप्दै छ तन मेरो
लाग्छ अनौठो केहि
धड्कनको तालमा
चल्छ समय पनि
गर्दै इशारा केहि
खै कसको दोश हो
कस्तो मदहोसी हो
चल्दै छ जादु केहि
आज मनको कुरा सुन
मनैको कुरा बोल
मनमा नराख भाव
मन फुर्न देउ
मनै त हो नि बैरी
मनै त हो नि साथी
मनकै कुरामा आज मनलाई भुल्न देउ

शब्द : कालीप्रसाद बास्कोट \ सविन “एक्तारे”
स्वर : सनुप पौडेल, पुष्पा गुरुङ
सङ्गीत : कालीप्रसाद बास्कोट
चलचित्र : मञ्जरी

This entry was posted in नेपाली गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.