कविता : मैले दियो जलाइन – १

~बिमल गुरुङ~bimal-gurung

किन जलाउनु?
किन मैले जलाउनु?
के घाम उदाइसक्यो?
के हामीले अन्तिम जीत प्राप्त गरिसक्यौं?
मैले दियो जलाइन ।

म बार्षिक परिक्षा ६ महिनामा दिंदिन
मैले दियो जलाइन
जबसम्म हामी अन्तिम जीत पाइसक्तैनौ
तबसम्म म
मुक्तिको दियो जलाउन सक्तिन
स्वतन्त्रताको दियो जलाउन सक्तिन
खुशीका बादलहरु
मेरो अनुहारको आकाशमा मडराउन सक्तिन ।

मैले दियो जलाइन
उनीहरुले भनेर हुन्छ?
जबसम्म मैलाहरुलाई महासवरमा लगेर
फाली सकिंदैन
जबसम्म सगरमाथाको सिरानमा पुगिसकिंदैन
तबसम्म म जीतको दियो जलाउन सक्तिन
तबसम्म
म घर अगाडिको सिंढिमा
लश्करै मैनबत्तीहरु उभ्याएर झल्मलाउन सक्तिन
काम अझै थुप्रै छन्
उनीहरुले भनेर हुन्छ ?

मैले दियो जलाइन
के वीर बहादुरले रोटी पाउने पक्का भइसक्यो?

(०४६/१२/१८)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.