गजल : कतै चुक्ने छैनौँ

~नविन बस्याल~

राष्ट्र बचाउन कतै चुक्ने छैनौँ
दुश्मन सामु कहिलै झुक्ने छैनौँ ।१।

सही बोल्ने छौँ साथ दिनु होला
दलाली गर्न कहीँ भुक्ने छैनौँ ।२।

साहसी हुनु छ अबका युवा सबै
प्रगति पथमा अब लुक्ने छैनौँ ।३।

हजारौँ आउला नेतृत्व गर्दा घुस दिन
स्वार्थी भुडी भर्न जीवन ढुक्ने छैनौँ ।४।

महान छ विश्वमा देश हाम्रो नेपाल
नहुने भाषण हामी फुक्ने छैनौँ ।५।

(स्वर्गद्वारी खाल २, प्युठान हाल लखनऊ, भारत)

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ३२ – July 7, 2016 – २०७३ असार २२ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.