लघुकथा : ईनार

~कात्यायन~dhanwantari-mishra-katyayan

– “के भएको होला यस्तो !”

– “खै: के भयो र हजुरबुवा ?”

– “चारैतिरबाट यस्तै समाचार पनि आइरहेछन् |”

– “कस्तो समाचार’र हजुरबुवा ?”

– “ईनारहरू खन्दा खै: कस्तो फोहोर मात्र निस्किरहेछन्’रे !.. राता-सेता-हरिया-पहेंला लेदाहरू !”

– “स्वभाविकै हो नि हजुरबुवा |”

– “के भन्छ यो ?”

– “मान्छेहरू र ईनार भनेको एकै हुन्’रे – आमाले भन्नु भएको |”

– “खै: के भन्छ यो ?”

– “मान्छेहरूको मन र पेटहरूमा यस्तै विकार हुन्छ र ईनारकोमा पनि |”

– “अब के गर्ने त बाबु ?”

– “क्लोरिन पाउडर हालेर शुध्द पार्ने |”

– “मान्छेहरू मर्दैनन् र ?”

– “चामल पिन्दा घुन पनि त पिनिन्छन् नि हजुरबुवा ! विकार हटाउँदा परे पर्छन् !”

*** *** ***

२०७३/८/१८
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.