~मिनराज क्षेत्री~
मैले तिम्रो लास बोकिरहेको सपना देखेँथे
मै हौसिरहेँथे तर मेरो सास रोकिरहेको सपना देखेँथे
काटिँदै थिए मान्छेहरू त्यो व्यस्त शहरको वधशालामा
कोही मान्छेको मासु जोखिरहेको सपना देखेँथे
देशमा जातीय, क्षेत्रीय युद्धको कोलाहल थियो
म रक्ताम्य, चारैतिर गोली ठोकिरहेको सपना देखेँथे
घना जङ्गलको बीचमा लखतरान भई म पल्टिँदा
तिम्रो आँशु मात्रै पोखिरहेको सपना देखेँथे
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक १ – Nov. 13, 2013 – २०७० कार्तिक २७ गते, बुधबार)