गजल : मान्छे हुँ म

~हिरारत्न श्रीषा~

युगौदेखि जोतिएर लुटिएको मान्छे हुँ म
शोषकको जोताईमा चुटिएको मान्छे हुँ म

प्रजातन्त्र, गणतन्त्र यस्तै तन्त्र आएपछि
दयनीय तरिकाले कुटिएको मान्छे हुँ म

जबराको पालादेखि प्रचन्डको शासनसम्म
गरिबीको कराईमा भुटिएको मान्छे हुँ म

मातृभूमि बचाउन सबले मलाई याद गर्छन्
कानुनको अक्षरमा छटिएको मान्छे हुँ म

क–कसलाई दोष लगाउनु पुर्खाको दासतामा
सबैबाट बराबर धुतिएको मान्छे हुँ म

(हाल कुवेत)

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २१ – April 10, 2013 – २०६९ चैत्र २८ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.