~रेवतीप्रसाद शर्मा~
नेपाल आमाको त्यो मुहारमा, आज मुस्कान छैन
आमाको आँखाबाट बलिन्द्र धारा आँशु बगिरहेको छ
किनकि
नेपाली दाजुभाई दिदीबहिनीहरूलाई आज
विदेशीको इसारामा फुटाउने कोसिस हुँदैछ
संघीयता, जातीयता, क्षेत्रीयताको नाममा
आमाको शरीरमा खुनी नंग्रा गाडिदैछ
हिमालको काखमा हामी
हाँसी खुशी खेलेको देख्न नचाहने शक्तिहरुले
यहाँका लेण्डुपहरुलाई उचालिरहेका छन्
उनैले बजाएको तालमा
नेपाली लेण्डुपहरु नाचिरहेका छन्
त्यसैले होसियार ¤ नेपाली दाजुभाई दिदीबहिनीहरू हो
नयाँ अवतार लिएर नेपालमा जन्मेका उनै पुराना
लेन्डोप दोर्जेहरूलाई राम्ररी चिनौं
हामीलाई फुटाउने मुख्य शत्रुहरूलाई
देशैबाट भगाऔं र नेपाल आमालाई बचाउँऔं
–काठमाडौं
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १२ – Jan. 29, 2013 – २०६९ माघ १७ गते, बुधबार)