गजल : कष्टकर जीवन चल्छ

~कल्पना पौडेल ‘जिज्ञासु’~

प्रवासको गुलामीमा कष्टकर जीवन चल्छ ।
पचपन्न डिग्री घामले बालुवामा आगो बल्छ ।।

कौडीको भाउमा युवा श्रम त्यहाँ बेचिरा’छन् ।
सुन्दा पनि तिनका पीडा मुटु भतभत जल्छ ।।

कृषि प्रधान देश आफ्नो बाझै छन् खेतबारी ।
उनैको त्यो मिहिनेतले खाडीभरि सुन फल्छ ।।

हजारौं सपना बोकी पुगे पनि मुग्लान पारी ।
अभावको त्यो भोटो टाल्दा टाल्दै जुनी ढल्छ ।।

सिप बोकी फर्क युवा देश सुन्दर बनाउनु छ ।
बेरोजगारी समस्या टार्ने धेरै यहाँ हल्छ ।।

–नवलपरासी, गैडाकोट, हाल ः इजरायल

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.