लोक गीत : साउनको मेलम्ची खोला

~सुवास राई~

केटा :
सुसाउन थाल्यो साउनको मेलम्ची खोला
सुटुक्कै भन्देऊ तिमीले माया कसलाई लाउने होला

केटी :
ढुङ्गामा बसी जलारी दाईले जाल बुन्दै होला
नजिस्काऊ दाजुु ख्याल – ख्यालैमा झेल पर्ला

केटा :
पारी भीर पाखामा गाई बाख्रा चरेको
क्या राम्रो बैनीको कपालमा फूल फूलेको

केटी :
चटनी मिठो सिपाघाटको माछा मीठो मेलम्चीको
राम्रो मान्छे होला भनेको त दाज्यू के इत्रेको ?

केटा :
दुवाचौर डाडामा हावा चल्ने वरपीपल चौतारी
इत्रेको मात्र हैन बनाउछु साँच्चै यतै ससुराली

केटी :
खोलामा पसि जलारी दाई जालै पो हान्यौ कि ?
यौवनको बेला तिमीले मलाई आाखा पो लायौ कि ?

केटा :
मेलम्चीमा भेटेको राती तिम्रो सम्झनाले सतायो बेसरी
मलाई हेरि जान्छौ टाढा तिम्रो माया विसूा कसरी ?

– २०५३

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लोक गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.