~श्रीओम रोदन~
जङ्गबहादुरका कान्छा भाइ धीरशमशेरका १७ मध्ये १५ औँ छोरा शेरशमशेरका नाति हुन् डायमनशमशेर ।
बाबु बुद्धशमशेर र आमा मोहनकुमारीका पाँचमध्ये कान्छो सन्तानका रूपमा पाल्पाको ठुटेपीपलमा वि.सं. १९७५ असारमा जन्मेका डायमनशमशेर राणाको परिचय नेपाली साहित्यमा ऐतिहासिक उपन्यासकारको रूपमा विशिष्ट रहेको छ । जङ्गबहादुरको शेषपछि उनका ११ छोराहरू रातारात देश छोडेर भाग्न बाध्य भए । उनीहरूको सम्पर्ूण्ा सम्पत्ति बहालवालाले बाँडे । उनीहरूलाई जहाँ भेटे पनि मारिदिनु भन्ने उर्दी टुँडिखेलबाट जारी गरे । उनीहरू भागे र १०४ वर्षम्म आफ्नो देशमा टेक्नै पाएनन् । यस्तो अन्याय देखेपछि डायमनशमशेरले राणा भएरै पनि राणाको विरुद्धमा ‘सेतोबाघ’ लेखे । त्यही ‘सेतोबाघ’ नामक ऐतिहासिक उपन्यास उनको पर्याय बनेको छ । उनी यही उपन्यासकै कारण युरोपका कतिपय मुलुक पुगेका छन् । नेपालीलगायत हिन्दी अङ्ग्रेजी, जापानिज, प|mेञ्च र जर्मनी भाषामा समेत अनूदित भएको कारण उनी बिना पेशा र परिश्रम आरामले जीविकोपार्जन गर्न सक्षम छन् ।
नेपाली साहित्यमा प्रतिबद्ध स्रष्टाहरू धेरै छन् तर सिर्जनाकै भरमा चारदशकदेखि लेखकस्व बाँच्ने सम्भवतः एक मात्र लेखक डायमनशमशेर मात्रै हुन् । राणा शासनको विरोध गरेर प्रजातन्त्र स्थापनाको वकालत गरेकै कारण डायमनशमशेरलाई पक्राउ गरियो । उनलाई फाँसीसम्मको सजाय हुने भएको थियो तर त्यही बेलामा कङ्ग्रेसले सशस्त्र आन्दोलन गरेकोले उनी छुटेका थिए । राणा शासनको अन्त्य भएपछि सिंहदरबारको शक्ति राजदरबारमा पुग्यो । त्यसको विरोध गरेर पनि उनी पटकपटक पक्राउ परेर पछिल्लो ६ वर्षो जेल सजाय -०१७-२३) नख्खु जेलमा बिताए । त्यतिबेला नै उनलाई प्रजातन्त्रको सुदृढीकरणको लागि नारा-जुलुस र जेलसँगै शिक्षा र जनचेतनाको अझ ठूलो भूमिका हुन्छ भन्ने लाग्यो र उनी साहित्यमा लागे । अर्थात् उनले प्रजातन्त्रका लागि राजनीति गरे । राजनीतिकै कारण जेल परे । जेल परेकै कारण ‘सेतोबाघ’ लेखे र त्यही ‘सेतोबाघ’ ले नै उनलाई खुवाउने र बचाउने काम गरेको छ । राणाकालमा लेख्ने स्वतन्त्रता थिएन । डायमनले वसन्ती -२००३) लेखेपछि मोहनशमशेरले ठट्टा गरेजस्तै गरेर भेनका थिए- “अहिले दर्ुइ/चार जनाले हात हल्लाएर सलाम गर्छन्, भोलि सबैजना पढ्ने जान्ने भएपछि भुत्रो तँलाई सलाम गर्छन् ।” डायमनलाई त्यो कुरा पटक्कै चित्त बुझेको थिएन तर पनि उनले प्रतिवाद गर्न सकेका थिएनन् । त्यसपछि उनले सबै उपन्यासमा देशको विकासको निम्ति जनचेतना र प्रजातन्त्र हुनर्ुपर्छ भन्ने विषयमा नै वकालत गर्दै आएका छन् । डायमनशमशेरका उपन्यासहरू ऐतिहासिक सत्यतामा आधारित छन् । इतिहासका तीता सत्यहरूलाई सहज बनाउनको लागि नमीठो औषधिलाई खान सजिलो होस् भनेर सुगरकोट गरेजस्तै इतिहासका घटनाहरूलाई पनि सुगरकोट गरेको बताउँछन् उनी । उनी झण्डै तीन दशकसम्म नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति भए । राजनीतिकै कारण सेनाको मेजर पद त्याग गरेका थिए । २०११ तिर उनले सेना छोडेपछि दरबारमा बोलाएर राजा त्रिभुवनलेसमेत नछोड्न अनुरोध गरेका थिए । “शान्तिको लागि साहित्यलाई प्रोत्साहित गर्नुपर्छ, साहित्यलाई उपेक्षा गरेकै कारण देशमा अशान्ति र अराजकता फैलिएको हो ।
शिक्षा र साहित्य नपुगेको ठाउँमा मान्छेको बुद्धिको विकास हुनै सक्दैन” भन्ने धारणा राख्ने डायमनशमशेर अहिलेको प्रजातान्त्रिक अवस्थाबाट भने सन्तुष्ट छन् । उनी भन्छन्- मैले जुन उद्देश्यको निम्ति जेलनेल खाएर सङ्र्घष्ा गरेको थिएँ त्यो पूरा हुने स्थितिमा पुगेकोमा म अत्यन्त खुसी छु । साहित्यकै कारण स्वाभिमानपर्ूवक बाँचिरहेका वरिष्ठ उपन्यासकार डायमनशमशेर पहिले लेखेरै दिन बिताउँथे । अहिले दर्ुइ वर्षेखि आँखा कमजोर भएकोले न पढ्न सक्छन् न लेख्न सक्छन् । उपचारको लागि अमेरिका वा जापान जानर्ुपर्छ भनेका छन् डाक्टरहरूले तर खर्चको कारण विदेश जान आँट गर्न सकेका छैनन् । उनकै भाषामा उनी दिनभरि झोक्राएर बसिरहन्छन्, कोही साथीभाइ आएमा गफ गर्छन् । डायमनशमशेरले जनचेतना र प्रजातन्त्रका लागि राणा कुलकै भएर राणा विरोधी आन्दोलनमा लागे । प्रजातन्त्रकै लागि सेनाको जागिर छोडे । दसकौँको जेलनेलको सजाय भोगे । नेपाली साहित्यमा ऐतिहासिक उपन्यासलाई लोकप्रिय बनाए तापनि उनी अहिले उपचारको अभावमा घरमै बसिरहनुपरेको छ । त्यो भन्दा पनि बढी उनको आजसम्म खासै मूल्याङ्कन पनि हुनसकेको देखिँदैन । साहित्यजस्तो पवित्र क्षेत्रमा पनि सम्मान र स्वच्छ मूल्याङ्कन हुन नसकेकोमा भने ९० वर्षो बूढो लेखकको चित्त दुःखेको छ । उनी प्रस्ट भन्छन्- “मेरा उपन्यासहरू पाँचपाँच भाषामा अनुवाद भएका छन् । अनुवादकै लागि मलाई प|mान्ससम्म लगेर सम्मान गरे । भारतको बङ्गाल र बनारसमा मेरा उपन्यास पाठ्यक्रममा राखिएका छन् । म काठमाडौँमा नै बसिरहेको छु तर मेरो आजसम्म एउटै पुस्तक पनि नेपालको पाठ्यक्रममा परेको छैन । अन्य देशमा त्यही पुस्तकको मूल्याङ्कन हुने, सम्मान हुने तर आफ्नै देशमा भने कुनै अर्थ नराख्ने – पाठ्यक्रमजस्तो महìवपर्ूण्ा विषयमा पनि भ्रष्टाचार, नातावाद र कृपावाद लागेपछि कहाँ सही मूल्याङ्कन हुन्छ र -” च बिहानैदेखि झरी परेको त्यो दिन निकै जाडो थियो । माघ महिनाको झरीले चिस्याएको काठमाडौँका केही साहित्यानुरागीहरूलाई कविता सुनाएर तताउने प्रयत्न गरेका थिए ‘कविता र साँझ’ मार्फ कवि रमेश श्रेष्ठले । यो उनको दोस्रो एकल कविता वाचन कार्यक्रम भए पनि राजधानीमा चाहिँ पहिलो थियो । नेपाली साहित्यमा सबैभन्दा बढी प्रयोग कवितामा नै भएको छ । त्यसैमध्येको एउटा प्रयोगको सुरुवात पोखराबाटै भएको थियो सःशुल्क मुक्तक गोष्ठी मार्फ हाल प्रचलनमा रहेको टिकटमा एकल कविता वाचनको सुरुवात पनि पोखराबाटै कवि रमेश श्रेष्ठले नै गरेका थिए । पोखराको चिप्लेढुङ्गाको एक रेष्टुरेन्टमा पाँचसय रुपियाँको टिकट शुल्क लिएर रमेशले २०६२ जेठ २७ गते एकल कविता वाचन गर्ने आँट गरेका थिए । कार्यक्रम सफल भए तापनि प्रचारप्रसार भने पाउन सकेका थिएनन् उनले यही अभियानको रूपमा उनले काठमाडौँको पर्यटन सेवा केन्द्रको प्रेक्षालयमा दोस्रो ‘कविता र साँझ’ सम्पन्न गरेका छन् । एसओएसको आयोजनामा भएको सो कार्यक्रमलाई सारांश नेपाल र अटोजात्रा डटकमले प्रस्तुत गरेका थिए । शब्दमा चित्र र कवितामा रङको पृथक् राजमार्गमा थकाइ नमारी निरन्तर अगाडि बढिरहेका एक प्रयोगधर्मी कविका रूपमा परिचित छन्- रमेश श्रेष्ठ ।
उनका कवितामा कथात्मक विशदता, परिवेशात्मक विस्तृतता, भावनात्मक व्यापकता र संरचनात्मक विविधता हुन्छन् । विम्बकविका रूपमा सुपरिचित रमेश विम्बमा खेल्न जति सिपालु छन् त्यति नै समकालीन युगजीवनलाई परादर्शीरूपमा प्रस्तुत गर्न सक्षम छन् । कवि, गीतकार र कलाकार रमेशका रचनालाई जसरी आत्मसात् गर्न चाहृयो त्यसरी नै अनुभूति गर्न सकिन्छ । वि.सं. २०५२ देखि २०६२ सम्मको एक दशकको साहित्यिक यात्रामा सातवटा कृति प्रकाशित गरिसकेका कवि रमेशलाई वरिष्ठ कवि तुलसी दिवसले विम्बमा खेल्ने, लेख्ने, काव्यिक चेतनामा डुब्ने, वस्तुस्थितिलाई डोर्याउने आफ्नो कला कौशल खुवीलाई कवितामा उतार्न सफल कवि मानेका छन् । वि.सं. २०६३ माघ २२ गतेको कविता र साँझको टिकटको मूल्य ३५०।- राखिएको थियो । रात्रिभोजसहितको एकल सङ्गीतमय कविता वाचनमा रमेशले गीत, कविता गरी १९ वटा रचना वाचन गरेका थिए । पहाड, दमैचरो, घाँस उखेलिरहेकी केटी, आमा, काली दमिनी, आकाश क्रान्ति, नदी र माटोजस्ता शर्ीष्ाकका कविताका पृथक् शैली र स्वादले दर्शकको मन जित्न सफल भएको थियो । राजनीतिक परिवेशभन्दा स्थानीय जनजीवन, संस्कृति, मानवीयता, प्रेम र प्रणयका सर्न्दर्भहरू उनका कवितामा रहेका छन् । जीवन सङ्र्घष्ा, अभाव, सामाजिक पीडालाई आत्मसात् गर्नसक्ने विम्ब कवि रमेश श्रेष्ठले ‘कविता र साँझ-२’ बाट उठेको पैसाबाट खर्च कटाएर बाँचेको रकम अशक्त साहित्यकारको स्वास्थ्य उपचारको लागि सहयोग गर्ने घोषणा गरेर आफ्नो उदार हृदयलाई पर््रदर्शन गरेका छन् । एकजना स्रष्टाले आफ्नो सिर्जनाको माध्यमबाट अर्को स्रष्टाको उपचारमा सहयोग पुर्याउनु भनेको समग्रमा सिङ्गो साहित्यकै सम्मान हुनु हो ।
(स्रोत : मधुपर्क, चैत्र २०६३)