~तेजेश्वरबाबु ग्वंग~
किनार किनारै । किनार माझ होइन । न त माझ नै किनार । किनार अनार पनि होइन । किनार जुनार पनि त होइन ।
परन्तु, जे होइन त्यो हुन पनि सक्छ । जे हुन सक्छ त्यो नहुन पनि सक्छ । परिवन्दको संसार । सांसारिक परिबन्द । तैपनि परिवन्दै परिवन्द संसार हुन्न । न त सांसारिकता मात्रै पनि संसार रहन सक्छ । एक दिन । नदी किनार किनारै । आफूलाई बहलाएथेँ । मनलाई किनारले छुन आयो । किनारले छोएछ । किनारद्वारा छोइएछु । किनारलाई छुने चेष्टा जगाएछु पनि । उफ ! किनारले छुनु – मन तरङ्गनिु ! किनार नदी होइन । नदी नहुनाले किनार बग्दैन । किनारको बेग हुन्न । नदी वेगवान । नदीको गति छ । जसको गति उसकै वेग । वेगवान बन्न गति लिनै पर्दोरहेछ । किनारैकिनार बहलाउँदा नदी बन्ने रहर जाग्छ । नदी बन्न तरलिनर्ुपर्छ । तरलिन पग्लनर्ुपर्छ । पग्लन पनि क्षमता हुनर्ुपर्छ । क्षमता भेद्य, अभ्यद्य र दर्ुर्भेद्य जे पनि हुनसक्छ । मनमनै गुन्नथालेँ तरङ्गएिर ! मानौ म एक तरङ्ग । फगत तरङ्ग म । मन भन्छ देखिने जति भेद्य । मनैले सम्झाउँछ । देख्न नपाइने अभेद्य । मनै त हो सम्झाइरहन्छ । साधनामा देख्न नपाइने सबै भेद्य बन्छ । कस्तो अनौठो – किनारैकिनारको मन । किनारै लाग्छ । लागि नै रहन्छ किनार । किनारैकिनारका यी प्रसङ्ग ! किनारैकिनार छुन्छ । छोइरहन्छ किनारै । किनारैकिनारका यी तरङ्ग । तरङ्गैतरङ्गका यी किनारहरू । कहिले किनारैकिनारका तरङ्ग भइदिन्छु । कहिले तरङ्गैतरङ्गका किनार भइदिन्छु म । न किनार न तरङ्ग – के छुँ के हुँ भइरहन्छु । आफूलाई थाम्न कठिन आफैं । अँ, भेद्य, अभेद्य र दर्ुर्भेद्यको प्रसङ्ग उठाएछु । जे भेद्य छ त्यही मात्र देखिने हुँदोरहेनछ । जे अभेद्य छ त्यहीँ पनि भेद्य हुँदोरहेछ । जे दर्ुर्भेद्य छ त्यही भेद्य पार्न पनि सकिँदो रहेछ । भेद्य, अभेद्य र दर्ुर्भेद्य नितान्त आत्मपरक बन्छ । आफैंसित भन्दैथिएँ । आफैंसित भन्दैगएँ । आँखै त हो भेद्य, अभेद्य बोध गर्छ । मनै त हो दर्ुर्भेद्य पनि भेद्य बनाउँछ । भन्दै गएँ- आँखा चर्म चक्षु । भन्दै रहे मन दिव्य चक्षु । आँखा र मन । मन र आँखा । आँखामा मन । अनि मनमा आँखा । जड्नु पर्दोरहेछ । दर्शन किनार लगाउँछ । विचारमा, मनमा, शब्दमा, विम्बमा प्रतिकैप्रतीकहरूमा । मै पनि प्रतिकैप्रतीक भइदिन्छु । भेद्यको प्रतीक म । अभेद्यको प्रतिक पनि म । मै त रहेछु दर्ुर्भेद्यको पनि प्रतीक । फलाम कति ठोस छ – पानी कति तरल – कति भेद्य छ यी । यतिन्जेल मन ठोसठोस भइदिन्छ । साह्रोसाह्रो ठोस फलामजस्तो ! फलाम मात्र ठोस हो । तरल होइन । तपाईं सबैसबै मान्नुहुन्छ । फलाम मात्र ठोस होइन । म भन्छु तरल पनि हो । म कञ्चट तताइदिन्छु तपाईंको । वादविवाद बन्छ । वादविवादले कञ्चट तताइदिन्छ मेरो पनि । वादेवादे जायते तìवबोध । भन्छन् दर्शनशास्त्र । क्रियात्मक प्रक्रियामा तìवमसि भइन्छ । विज्ञान उच्चारण गरिरहन्छ । कत्रो अन्यौल । कत्रो महिमा अपरम्पार । पारलाउनै नसकिने गरी अथाह ! माप विहीन गहिराइ ! म भने किनारै किनार । किनारको मान्छे । मान्छेको किनार । भन्दाभन्दै यसो कसो कसो – मन लाग्न थाल्छ किनारैकिनार ।
किनारैकिनार उभिँदै किनारै भइदिन्छु । किनार बनेर सोच्छु । किनार ज्यूनार होइन । न ज्यूनारै किनार हो । ज्यूनार नपाइने किनार । किनार नछुने ज्यूनार । ज्यूनारले छुँदैन किनार । किनार र ज्यूनार ! कति पर कति वर – बखानै छैन । तैपनि किनार ज्यूनार ताक्छ । ज्यूनारले किनारलाई छुँदैन । मानो आपसमा अन्तरविरोधाभास पर्ूण्ा छन् किनार र ज्यूनार । मलाई भने एकतमास लागिरहन्छ । किनारले ज्यूनार पाउन् ! ज्यूनारले किनार छोउन् ! तब न किनार र ज्यूनारको तादात्म्य । सोच्दासोच्दै तरङ्गरि अकाशिन्छु । लाग्छ जीउभरि नै प्वाँखैप्वाँख उम्रिदिन्छ । उचालिन्छु आकाशैआकाश ! पातालपुरीको मान्छे । आकाशपुरीसम्मको उडान भर्छ । मानौँ किनारैकिनारको आकाशबाट क्षितिजैक्षितिजको किनार चहारिरहेछु । नदीको छेउ किनारैकिनार । पृथ्वीको किनार क्षितिजैक्षितिज । क्षितिजैक्षितिजको किनार आकाश ! आकाश जसको न व्यास, न लम्वाई । न आकार न प्रकारका आकास । आयामविनाका आकाश । उसैले आयाम जन्माउँछ । आयाम दिन्छ अरूलाई । आयाम भर्छ अरूमा यी सोचाइका तरङ्ग र तरङ्गका सोचाइहरू । सोचाइका तरङ्गहरूमा आकाश र पृथ्वीको सङ्गमनिर म किनारैकिनार छुन पुग्छु । न म पृथ्वी हुँ ! न त आकाशै ! पनि क्षितिजतिर लम्किरहेको हुन्छु । आकाश र पृथ्वीको दोभानमा पनि एउटा किनारैकिनार छ भन्ठानेर । भन्ठान्नु एक तरङ्ग भइदिन्छ । तरङ्गन्िछु म । तरङ्गनिु पनि मै भइदिन्छु । तरङ्गभित्रको म । मभित्रको तरङ्ग । मेरो व्यासको रङ । लम्बाइको पनि रङ म । तरङ्गैतरङ्गको रङ्गीन किनार बनिरहेको हुन्छु । तरङ्गका रङ भर्ने भए आऊ । तरङ्गका रङहरू पाउने छौ । किनारैकिनारका शब्दहरूका कापकापमा । वाक्यांशहरूको विभाजनहरूमा । वाक्यहरूका विन्याशहरूमा । छन्दहरूका छनकछनकमा ! सङ्गीतभरिका लयदार लस्करहरूमा । क्षितिजैक्षितिजका आयामहरूमा । जिउँदाका हरएक मोडहरूमा । समाजभित्रका सामञ्जस्यहरूमा । सामजस्यहरूका असामञ्जस्यहरूमा । शृङ्खलाभित्रका शृङ्खलाहरूमा । शृङ्खलाहरूकै विशृङ्खलाहरूमा । देखिरहेछु किनारैकिनारका ढिस्कोहरू ! किनारैकिनारका ढिस्काहरू ! अनाकृतिसितका आकृतिहरू । आकृतिभित्रका अनाकृतिहरू ! अनाकृतिभित्रका कृतिहरू । आकारवान कृतिहरू अनाकृति हुन् । अनाकृत रचनाहरू साकृत हुन् । भन्दाभन्दै भन्न मन लाग्छ । सबैसबै अनाकृतहरू साकृत हुन्छन् । सबैसबै साकृतहरू पनि अनाकृत हुन् । पोख्दापोख्दै तरङ्गका किनारहरू किनारैकिनारका तरङ्ग भइदिन्छन् । तरङ्गैतरङ्गका किनारहरू मेरै मथिङ्गलका माप भइदिन्छन् । भविष्यमा आश्वस्त भएर किनारैकिनारमा आख्यान भरिरहन्छु । मानौं म भन्नु पनि किनारैकिनारका एक किनार हुँ । मानौं किनारैकिनारका एक म पनि भूमध्येरेखाको सूक्ष्मरेखा नै हँु । किनारैकिनार नास्ती कुन रेखा छ – ताजुव लाग्छ । मान्छेका किनारहरू किनारै चालपाउँदैनन् ! किनार चाल नपाउने चाल के चाल – मनको चाल कि – पाइलाको चाल – अथवा मथिङ्गल शून्य चाल – उफ् ! उराठ लाग्छ मलाई । देखिरहेको हुन्छु म भने मान्छे मान्छेको किनार । किनारसितका सन्निकट मानिस अरूका किनार देख्छन् । आफ्नै किनारका किनारहरू देखोइनन् र देख्दैनन् पनि । लाग्छ कतै देख्नु पनि मान्छेभित्रको किनारको एक किनार हो । देख्न नसक्नु पनि मान्छेभित्रको एउटा किनारको अर्को किनार हो । सोच्दासोच्दै म आफैँ किनारैकिनारभित्रका एक किनार बनिदिन्छु । किनारैकिनारको जीवन सुकिलो लाग्छ मलाई । म मोहित छु पनि किनारै किनारको जीवनसित ।
किनारैकिनार मेरो जीवन । जिइरहेछु पनि किनारैकिनारका जिन्दगीहरू । म एक जीवन । अनेक जिन्दगी बाँचेको छु । भन्ठान्नुस् एक जीवनभित्रका अनेक जिन्दगी म । मैसित तपाईं लहसिनुस् । तपाईं पनि आफ्नै जीवनभित्र अनेक जिन्दगी पाउनुहुनेछ । एक वस्तु अनेक आयाम । यसको प्रत्यक्ष प्रमाण । भ्रुण थिएँ । एक अवस्था । एक शाश्वत सत्य । परिवेशबाट सिर्जित अवश्यम्भावी अवस्था । भू्रण एक अवस्था पनि एक लीला पनि । त्यसैले भ्रूण लीला । लीला एक शाश्वत परिवर्तनमुखी । भू्रणबाट गर्भेबालक हर्ुर्किएँ । गर्भेबालकबाट मातृकोषका दूधेबालक जन्मिएँ । क्रमिकरूपमा हर्ुकंदै बढ्दै विकसिँदै ! अनेक भुमरी र छाल मुक्त मेरो किनारैकिनारका जीवन । भुमरी छाल पानीहरूका बीच उठ्छन् क्यार ! म किनारमा अवतरण पाइरहेछु । किनारैकिनारको जीवन शान्त ! इच्छामुक्त जीवन महìवाकांक्षा मुक्तजीवन । महìवाकांक्षा मुक्तजीवन किनारैकिनारको जीवन । किनारैकिनारको जीवन बुद्धको जीवन । बुद्धको जीवन मेरो पनि जीवन । किनारैकिनारको जीवन । जीवन किनारहरू ! सेवा नै सेवा ! किनारैकिनारमा फुल्छ । किनारैकिनारमा हरियाली लाग्छ । हरियाली किनारैकिनारको उद्यान । किनारैकिनार हो जहाँ जुनार फल्छ । किनारैकिनार हो जहाँ जुनार पाक्छन् । किनारैकिनार हो जहाँ प्रचारवाजी दूर्रदर्शन यन्त्रका स्रव्यदृश्य चित्रहरू अवतरण हुन्छन् । किनारैकिनार न हो जहाँ स्निग्ध, शान्त र शालीन जीवनका भोगाई भोगिन्छ । किनारैकिनारको पर्याय इन्द्रासन बन्नसकोइन । मात्र बन्न सकोइन होइन बन्दैबन्दैन । किनार त भगीरथ प्रयासस्थल बन्नसक्छ । जहाँबाट कसिने संकल्पयुक्त तपस्यामा स्वरगङ्गा अवतरण पाउँछ । जसको अवतरणमा पर्ुखाका त्राशाअर्थी अस्थिहरू चोखिन्छन् । किनारैकिनार चोख्यान बन्छ मेरो लागि । मैसित विचरण गर्ने सबैसबैका लागि पनि उस्तै । सोच्दासोच्दै लाग्न थाल्छ । कि स्निग्ध मुस्कान अवतरण पाउँछ किनारैकिनार । भन्न मन लाग्छः मुस्कानका किनारहरू ओठहरू हुन् । ओठ मुस्कानका किनार बनेझैं ओ)ठका किनारहरू मुसुमुसु हाँसोका सङ्गम अनि । हँसिला सङ्गम ओठहरूका दोभानमा चुस्किन्छन्, चुम्बिन्छन् । ओठहरूका किनारैकिनार नहुन् र मैले आनन्दका लहरहरू लहराएथँे । किनारैकिनार त हो जहाँ म आनन्द विभोर बनिरहेछु । किनारैकिनार बनेका ओठहरू दैहिक उद्गारका ढकन बिनाका स्निग्धताका लालित अवयव हुन् । मृदु मुस्कान बाँच्नुको कोलाहल होइन । त्यो त ललित लीलाका स्निग्ध चुम्बन उपहार । किनारैकिनारका क्षितिज सीमाहीन बन्छ । किनारैकिनारका किनारहरू अगम्य छन् । किनारैकिनारका किनारहरू थाहाहरूका थाहाबीचका अथाह विश्लेषण बन्छन् । भनेर भन्नै नसकिने हुन्छ किनारैकिनारका सर्न्दर्भहरू ।
लाग्छ जीवन किनारैकिनारका कामसूत्रहरू हुन् । कामसूत्रभन्दा कान्छो प|mायडियन विश्लेषण पनि हुन् । हुन् नहुन् प्रवाह छैन । किन्तु, जीवन र्सार्थक, किनारैकिनार मध्येका चर्ुर्लुम्म चोब्ल्याइका सार्रगर्भ बन्छ । किनारैकिनार जीवधार मान्नुपर्ने शाश्वतपन छँदैछ । आफैंसित भन्न करलाग्छ र भन्छु शाश्वतपनलाई किन खोल चाहिन्छ – आऊ, किनारैकिनारमा आख्यान भरौँ । किनारैकिनारका गाथा गाऔं । किनारैकिनारबीच विजन छरौं । किनारैकिनारमा विचरण गरौं । किनारैकिनारका यात्री म । किनारैकिनारका यात्री तपाईं हामी । यात्रा किनारैकिनारभरि छ । किनारैकिनारको यात्रा ! जीवनको यात्रा मेरो ! तपाईं हाम्रो । किनारैकिनारको यात्रा सुगन्धयुक्त वासना । किनारैकिनारको जीवन यात्रा मङ्गलमय कामना । किनारैकिनारको जिन्दगी सुखद अनुभूति ! किनारैकिनारको जिन्दगानी मेरा आफ्नै हुन् आनिबानी । आनीबानी आचरण हुन् मेरा । किनारैकिनारको जीवन सदाचार किनारैकिनारको जीवन शिष्टाचार । किनारैकिनारको जीवन भिष्टाचार । नेपाल आचारले अँगाल्ने बेला छ । आचारको अँगालोभरि नेपाललाई संरक्षण नगरी हुन्न । आमा ! मलाई आचारसंहिताका अँगालो देऊ ! आमा ! मलाई चित्तशुद्धी देऊ ! मनभित्र सजाउँछु ! आमा ! मलाई मजस्तै महरू देऊ ! म नेपालभित्र नेपाल उतार्नेछु ! आमा ! म किनारैकिनार जिइरहेछु मलाई किनारैकिनारको सङ्कल्प देऊ । आमा ! मलाई किनारैकिनारको सुरिलो स्वरदेऊ ! म किनारैकिनार नेपाल- आमा ! मेरी आमा !! पुकार्नेछु ! किनारैकिनारको पुकार ! नेपाल आमा !!! चित्कार होइन ! आमा ! नेपाल आमाकै पुकार !!! मेरो म भन्नु नै किनारैकिनारको पुकार !
-निष्ठाछें, सूर्यविनायकमार्ग
सिपाडोल-१, भक्तपुर
(स्रोत : मधुपर्क, चैत्र २०६३)