~उषा शेरचन~
यता पर्यो मायाको घर उता पर्यो हीरा
दुबैैलाई टिप्न खोज्दा भाग्य पर्यो चिरा
कहिले जान्छ घरमा पहिरो
कहिले जान्छ मनमा मेरो
सधैं घाउ दुखिरहन्छ कलेजीको छेउमा
आँखा चिम्ली बस्न खोज्दा चल्छ मुटुमा छुरा
दुबैैलाई टिप्न खोज्दा भाग्य चिरा
कहिले आँउछ खेतमा बाढी
कहिले आउँछ तनमा मेरो
सधैं रुझिरहन्छु आफ्नै अभिशापकोे भेलमा
कहि सक्नु छैन राजै छाती भित्र कुरा
दुबैैलाई टिप्न खोज्दा भाग्य पर्यो चिरा !
रचना : उषा शेरचन
स्वर : पवित्र सुब्बा
सङ्गीत : रत्न बहादुर खडकी
एलबमः ‘अभीप्सा’