कविता : सत्यको लडाइँ

~मिथुन “विवश”~

आमा ! हाम्रो लडाइँ सकिएको छैन
किनकि अहिलेसम्म पनि
सामन्तवादको अवशेषहरू
अझै खतम भएको छैन
यो देशको नेताहरूले
जति भाषण गरे पनि
घुस, भ्रष्टाचार, अन्याय, अत्याचार
कमिसनतन्त्र, बेइमानी, जाली, फट्याइँ
घमण्ड, चोरी लुटका शिकार
भएका छन् जनता यहाँ
आमा ¤ जनताले पाउनु पर्ने
हक, अधिकार, अनि कर्तव्य
विकास निर्माणमा सुविधा
कृषि, उद्योग र कारखाना
अहिलेसम्म पाएनन् र त
यसका लागि गाउँ गाउँबस्ती बस्तीबाट
हाम्रा मागहरू पूरा गराउन
हाम्रा आवाजहरू बुलन्द पार्नु पर्छ
हाम्रो लडाइँ जो सत्य छ
लागिपरिहनु पर्छ आमा ¤
हामी सत्य, न्याय अनि मुक्तिको
लडाइँको एक कदम बढिरहेछौँ
अर्को नयाँ कदम बढ्दा
सत्य, न्याय र मुक्तिको लडाइँ
झन् एक कदम अगाडिभन्दा
झन् झन् राम्ररी अगाडि
बढिरहनेछ बढिरहनेछ आमा ¤
हो हाम्रो आमाको आर्शिवाद
हाम्रो लडाइँ जित्न काम लाग्छ
देश, अनि जनता बचाउन
यो देशको राष्ट्रियता बचाउन
सबैको रक्षाका खातिर आमा ¤
सुर्वतोमुखी विकासका लागि आमा ¤
सत्य हो आमा ¤ यो देशमा
शोषकहरू ठालुहरूले
शोषण गरे, गरिरहेछन्
अझ के के हुने हो आमा ?
त्यसैले आमा ¤ यसका विरुद्ध
फेरि एक कदम अगाडि बढ्नु पर्छ
हाम्रो लडाइँ अघि बढाउनै पर्छ
यसका लागि सबै एकजुट हुनै पर्छ
हाम्रो एकता अन्तिम समयसम्म
नबिराई नडराई सत्य सत्य हुनै पर्छ
आज यो देशमा आमा ¤
सङ्घीयता खारेज गराउनै पर्छ
यसका लागि हामीले सङ्घर्ष गर्नै पर्छ
सम्पूर्ण शोषित उत्पीडित जनताको
मुक्तिको खातिर तथा देशको खातिर
हाम्रो सत्यको लडाइँ लड्नै पर्छ आमा ¤

(प्यूठान नगरपालिका १०, दाखाक्वाडी)

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३५ – July 23, 2014 – २०७१ श्रावण ७ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.