यात्रा संस्मरण : एक फन्को कर्णालीको

~भक्तराज जोशी~

नेपालको सबभन्दा विकट मानिएको र विकासको दृष्टिकोणले सबैभन्दा पछाडि परेको कर्णाली अञ्चल हेर्न जाने इच्छा हुँदाहुँदै पनि जान पाइएको थिएन । 

सौभाग्यवश एउटा अति विशिष्ट भ्रमणमा सहभागी भई त्यहाँ घुम्न पाइने प्रस्ताव आउँदा सहर्षस्वीकार गरी भ्रमणमा जान तयार भएँ । एउटा स्विटर, एउटा हाफ जैकेटसमेत झोलामा राखी बिहान बुद्ध एयरमा नेपालगञ्ज जान एयरपोर्ट पुगियो । सरकारी गाडी र भि.आइ.पी टुरमा सामेल भए तापनि एक्लै एयरपोर्ट पुगेको हुँदा गाडी विमानस्थलको टैक्सी पार्किङसम्म मात्रै जान सक्यो । त्योभन्दा अघि जान मिलेन । सायद केही कचकच गरेको भए जान पनि दिन्थ्यो कि – तर आफूसित एउटा झोला मात्रै भएकोले बोक्नसक्ने नै भएकोले पैदलै हिँडी एयरपोर्टभित्र पसियो । त्यहाँ पुग्दा विशिष्ट व्यक्तिहरू पुग्नै लागेको प्रहरीको सञ्चार सेटबाट थाहा भयो र एकछिनपछि सबैजनाको टिकट र सामान एकजना प्रहरी इन्स्पेक्टरको जिम्मा लगाएर विशिष्ट व्यक्तिहरू बस्ने कक्षतर्फलागियो । विशिष्ट व्यक्तिहरू बस्ने कक्षमा आफू पहिलोपटक प्रवेश गरेको थिएँ । त्यहाँ जानेबित्तिकै चियाबाट स्वागत गरियो, चिया समाप्त हुने बेला बुद्ध एयरको कर्मचारीले जहाज तयार भएको खबर गर्‍यो । आफू सधैँभरि एयरलाइन्सको बसबाटै जहाजसम्म गएको हुँदा त्यतातर्फजान आँटेकै थिएँ भि.आइ.पी.हरूको गाडी जहाजसम्मै जाने याद भएपछि त्यही गाडीमा जहाजसम्म पुगियो । सुरक्षा जाँच गरी जहाजमा चढ्ने यात्रुको खल्तीमा सलाइ, लाइटरसम्म राख्न नपाइने हुँदा सुरक्षाको दृष्टिकोणबाट भि.आइ.पी. हरूले पनि त्यो बस चढ्न नमिल्ने चाहिँ थिएन तर उच्च पदमा रहेका व्यक्तिहरूलाई र्सवसाधारणबाट टाढै राख्ने संस्कृतिको प्रभावले होला भि.आइ.पी. हरूको गाडी जहाजको ढोकैसम्म जाने गर्दछ । यसै विषयमा केहीबेर सोची त्यो दिनको दैनिकी हेरिसक्दासम्म नेपालगञ्ज एयरपोर्ट पुग्न थालिसकिएको थियो ।

नेपालगञ्जबाट पहिले हुम्ला जाने कार्यक्रम रहेकोमा त्यहाँको मौसम सफा नभएकोले पहिले कालिकोट जाने कार्यक्रम निश्चित गरी त्यहीअनुसार खबर पठाइयो । नेपालगञ्जबाट कालिकोट झण्डै पौने घण्टाको यात्रा आफ्नो त हेलिकोप्टरको पनि पहिलो यात्रा थियो । रुसमा बनेको ःक्ष् ज्ञठ हेलिकोप्टर सायद सामान ढुवानी अथवा सुरक्षा निकायको सामान ओसारपसार गर्न गरिएको थियो । विभिन्न जिल्लाका सेना र प्रहरीका विभिन्न सामानले भरिएको हुँदा भि.आइ.पी.हरू बाहेक अरूलाई कोचकाच गरेरै बस्नुपर्ने स्थिति थियो । निर्धारित समयमै डाँडाको टुप्पोमा रहेको कालिकोट जिल्लाको सदरमुकाममा पुगियो । प्रमुख जिल्ला अधिकारीलगायतका जिल्ला सभापति र अन्य नेताहरूसमेत त्यहाँ उपस्थित थिए । स्वागत गर्नेबाट फूलमाला स्वीकार गर्दै जिल्ला प्रहरी कार्यालयमा गार्ड अफ अनर लिई समीक्षालयतर्फलागियो । जिल्लामा खाद्यान्न अभाव रहेको, हेलिकोप्टरको उडान निश्चित नभएको आदि विभिन्न समस्याहरू त्यहाँ सुन्न पाइयो । भि.आइ.पी. हरूले आफूले गर्न सक्ने कुरामा पहल गर्ने आश्वासन दिए । त्यसपछि जिल्ला सुरक्षा समितिको बैठकमा भाग लिई त्यहाँबाट उड्न हेलिप्याडतिर लागियो बन्दुकधारी सुरक्षाकर्मीहरूको अति सुरक्षा घेरामा हिँडेको पनि मेरो यो पहिलो यात्रा थियो । कालिकोटको सदरमुकाम जहाँ थप केही पर्ूवाधार बनाउन पनि ठाउँ नभएको ठाउँमा कुन सोचले सदरमुकाम राखियो होला भनी सोच्दै पुनः हेलिकोप्टरमा पसियो । कालिकोट निर्माणाधीन बाटोमध्ये पिलीनजिक पुग्दा तर्कराजको अनुहार सामुन्ने पर्‍यो ।

अस्ति मात्रैको पिली घटनामा वीरगति प्राप्त गरेको नेपाली सेनाको त्यो बहादुर सिपाही जसले सायद आफ्ना अन्य अफिसर तथा सहकर्मीजस्तै भागेको भए भाग्न सक्थ्यो तर युद्धमा खटिएका सैनिकले पीठ फर्काउँदा आफ्ना सैनिक धर्म निर्वाह नहुने शिक्षा पाएको तर्कराजको आवाज मेरो कानमा आइपर्‍यो । “भिनाजु भाग्न त म पनि सक्दथेँ तर रणभूमिमा परिसकेपछि कायरतापर्ूवक भाग्न आफ्नो धर्मले मानेन, जीवन र मृत्यु एउटै सिक्काका दुइटा पाटा हुन्, यदि रणभूमिमा युद्ध गर्नुपर्ने अवस्थामा भाग्नैपर्ने भएपछि सेनाको जागिर । स्वीकार गर्नु नै नपर्ने हो । मैले त्यस्तो कायरता देखाइँन । अन्तिम समयमा यहाँ रहेको फौजको कमाण्ड मैले नै गरेँ र हाँसीहाँसी गोली खाएँ । भिनाजु ! भन्नुस् मैले के गल्ती गरेँ – मैले त युद्धको धर्ममात्रै निर्वाह गरेको हुँ । मेरी बूढी आमा छन्, सोझो दाजु, सानो भाइ छन् । तिनीप्रतिको दायित्व पनि थियो तर युद्ध धर्म निर्वाह गर्नुपर्ने सैनिकले अरू के गर्न सक्दछ र – अब मेरो आमा, दाजु, सानोभाइ तपाईंको जिम्मा छोडँे राज्यकै निमित्त लडी मृत्युवरण गरेको हुँदा सायद राज्यले पनि उनीहरूलाई हर्ेर्नै पर्ने हो -” सुरक्षाकर्मीले बस्न उपयुक्त किसिमको पर्ूवाधारै तयार नगरी त्यहाँ खटाउने माथिल्लो निकायको कारणले वीरगति प्राप्त गरेका सेनाका सैनिकहरूलाई सम्झदै थिएँ । हाम्रो हेलिकोप्टर त मुगुमा अवतरण गर्न आँटिसकेको रहेछ, सँगै बसेका डि.आई.जी. थापा साहेबले “जोशी सर, पूरै उपन्यास सोची तयार भयो कि क्या हो – टोलाएरै यतिबेर – हामी मुगु पुग्न थाल्यौँ” भन्दा तर्कराजको अनुहार त्यहाँबाट बिलायो । बाँकी रहृयो हेलिकोप्टरबाट देखिएका स-साना छाप्राहरू, जहाँ आधुनिक संसारका आधारभूत सुविधाहरूको नामोनिसान पनि थिएन । मुगुको सदरमुकाम पनि कालिकोटजस्तै औपचारिक कार्यक्रममा सहभागी भई एकैछिन पछि उडियो राराको लागि, चारैतर्फहरियो पर्वतले घेरिएको पर्ूव-पश्चिम लाम्चो चम्चाजस्तो राराको पश्चिमपट्टकिो हेलिप्याडमा झर्दा झण्डै ३ बजिसकेको थियो । सुरक्षा समितिको बैठक त्यहीँ रहेको सैनिक ब्यारेकमा राखिएको थियो र त्यहीँ लन्चको पनि व्यवस्था थियो । साह्रै भोक लागेकोले टन्न खाइसकेपछि मात्र राराको दृष्यावलोकन गर्न बाहिर निस्कियो । सफा नीलो पानीले भरिएको शान्त राराको चारैतर्फा हरियाली पर्वतहरू पनि शान्त थिए । म सोच्दै थिएँ, यस्तो प्राकृतिक दृश्यावली अन्यत्र कुनै देशमा भएको भए सायद पर्वत मालाको डिलमा रङ्गीविरङ्गी रिसोर्टहरू हुन्थे होलान् । तलाउको चारैतिर सफा चौडा सडक हुन्थ्यो होला । तलाउमा रङ्गीविरङ्गी मोटरबोटहरू हुन्थे होलान् तर यहाँ चारैतिर शान्ति छ । हो सायद रारा क्षेत्रको अलि पर पुगेपछि सकेट बम, थ्रिनट थ्री आदिको आवाज मात्रै सुनिन्छ, जहाँका बासिन्दाहरू स्वतन्त्रता भनेको हतियारधारीहरूको कमाण्डरले सोचेअनुसार मात्रै हुने गर्दछ र जहाँका बासिन्दाहरूले एक मात्र माग मागेका हुन्छन् शान्ति ।

मुगुका समस्याहरू पनि कालिकोटका जस्तै थिए । खाद्यान्नको अभाव, वायुसेवाको अनियमितता, एयरपोर्टदेखि सदरमुकाम पुग्न सुरक्षाको अभाव आदि तर त्यहाँको एउटा सानो समस्यादेखि म स्तम्भित भएँ । व्रि्रोहीहरूले मुगु कर्ण्ाालीमा रहेको पुल ध्वस्त गरेपछि सदरमुकाम पारिपट्ट िसुरक्षा गस्ती पठाउने रहेनछन् । आफ्नो वाषिर्क बजेटमा अथिति सत्कार, चियापानमा मात्र करोडौं खर्च गर्ने बजेटले २-४ वटा रबर बोटको व्यवस्था गर्न सकेको रहेनछ । चार बजिसकेको हुँदा हामी हुम्लाको लागि प्रस्थान गर्न करै लाग्यो समुद्र सतहबाट धेरै उचाइमा रहेको सिमिकोट, कालिकोट र मुगुको सदरमुकाम भन्दा फराकिलो र रमाइलो लाग्यो । हुम्लाका समस्याहरू पनि अन्य जिल्लाका जस्तै छन् । खाद्यान्न अभाव, हवाई सेवाको अनियमितता आदि तर त्यहाँ एउटा अर्को समस्या पनि देखियो । विमानहरूको कारटेलिङ अत्यधिक हवाई/भाडा । यो समस्या राष्ट्रिय समस्या नै हो । केही समय पहिलेसम्म अन्तर्रर्ााट्रय उडानहरूमा पनि यही हाल थियो । बस, ट्रक आदि साधनहरूमा पनि यही स्थिति छ । उत्तरतिरको बाटो मात्रै पनि यहाँ जोड्न पाइएमा यो ठाउँको धेरै विकास हुनसक्ने देखिए पनि यतातिर कहीँबाट त्यति चासो देखाइएको छैन । यहाँको भ्रमणमा एउटा अपत्यारिलो दृश्य मालपोत कार्यालयको देखियो । सरकारको स्वामित्वमा रहेको त्यो घर मरमत सम्भारको अभावमा भत्किन थालिसकेको थियो तर त्यो मर्मत गर्न पर्याप्त बजेटको व्यवस्था गरिएको थिएन । सरकारी स्वामित्वमा निर्मित विभिन्न संरचनाहरूको मर्मत सम्भारको स्थिति यस्तै रहे पनि यति दर्ुदशा कतै देखिएको थिएन । अन्यत्र पाँच बज्न थालिसकेको र साँझ बास बस्न नेपालगञ्ज पुग्नुपर्ने बाध्यताले नेपालगञ्जको निमित्त उडियो, झण्डै १ घण्टाको उडानपछि नेपालगञ्ज पुगी होटल स्नेहमा बस्न पुगियो । रातिको डिनर प्रहरी तालिम केन्द्रमा खाई सुत्न होटेलमै फिरियो । कर्ण्ााली अञ्चलको हवाई उडानमा प्रतिकूल मौसमले पनि धेरै दुःख दिने रहेछ । बिहानै उड्ने भनिए पनि मौसमका कारण झण्डै २ घण्टा ढिलो उडी जुम्ला सदरमुकाम पुगियो ।

लामो समयदेखि सदरमुकाम रहेकोले हुँदा जुम्ला सदरमुकाममा अन्यत्रभन्दा ठूलो बजार छ । सदरमुकाम झरेपछि र्सवप्रथम चन्दननाथको दर्शन गरी जिल्ला समीक्षालय पुगियो । आफ्ना आफ्ना समस्या र कार्यक्रम बताउने क्रममा सोलार पावरदेखि स्नटर हाउससम्मका कुरा आए, त्यहाँपछि अञ्चल प्रशासन कार्यालयमा चिया खाई सुरक्षा समितिको बैठकमा भाग लिन र खाना खान सानो उकालो चढी नेपाली सेनाको ब्यारेकमा पुगियो । दिउँसोको सायद १ बजे थियो होला त्यो उकालो चढ्दा पसिनाले भिजियो नै । धेरैजसो ठाउँको जस्तै त्यहाँ पनि खाद्यान्न, वजेट, नियमित हवाई सेवाका कुरा आए । एयरपोर्टको दक्षिणपट्टकिो लाइनमा कुहिएर फालिएका धेरै स्याउहरू देख्दा बजारको अभावमा उत्पादन भएर पनि उत्पादकले पर्याप्त लाभ नपाउने कुरा सम्झँदै अलिअलि स्याउ किन्न पठाइयो र डोल्पाको लागि प्रस्थान गरियो तर मौसमले साथ नदिँदा डोल्पा अवतरण गर्न नसकेपछि नेपालगञ्ज नै फर्कियो । मौसमको खराबीले हिजो पुग्न नसकिएको डोल्पाको कार्यक्रम पूरा गरी काठमाडौँ फर्किहाल्नुपर्ने हुँदा बिहानै डोल्पा जाने भनिए पनि मौसमको कारणले ९ बजे मात्र डोल्पा उडियो । दर्ुइ डाँडाको बीचमा रहेको सदरमुकाम नदीको खोँचमा रहेछ । दक्षिणपट्टकिो नेपाली सेनाको हेलिप्याड झरियो । वर्तमान परिस्थिति डोल्पाको सदरमुकाम सुरक्षाको दृष्टिकोणले साह्रै अनुपयुक्त ठाउँमा रहेछ । अन्यत्रजस्तै औपचारिक कार्यक्रम पूरा गरी नेपालगञ्ज फर्किने कार्य भयो ।

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.