गजल : भन्न पनि पाइँदैन

~मनु ब्राजाकी~Manu Brajaki

बिर्सिएछु भन्न पनि पाइँदैन ।
यस्तो जाबो माया अब लाइँदैन ।

भोकसित साटिएको जुठोपुरा,
अबदेखि मीठो मानी खाइँदैन ।

बिदाइमा रमाउन थालेको छु,
भेट हुँदा स्वागतगान गाइँदैन।

यौटा कुरा भनुँभन्दा जीवन बित्यो,
त्यही बित्या जीवन फेरि चाहिँदैन।

एकचोटि जन्मेपछि पुगिहाल्यो,
बाराम्बार मर्न अब आइँदैन।

-सैँबु, भैँसेपाटी, ललितपुर

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.