~कल्पना पौडेज “जिज्ञासु”~
जिन्दगी यस्तै हुँदो रहेछ । आफूले सोचे र चाहे जस्तो कहाँ हुन्थ्यो र ? आँशु, हाँसो, खुशी, दुःख, पीडा, वेदना, तनाव, अनि मिलन र विछोडको सँगालो भनौँ या भोगाइको दोस्रो नाम नै जिन्दगी रहेछ । यही जिन्दगीले रश्मीलाई कुनै पलमा अनगिन्ती खुशीका सौगात झोलीभरि हालिदिएको थियो । अतीतको त्यो पाटो पल्टाएर हेर्दा उनी कहिले खुशीले विभोर हुन्थिन् भने कहिले मुटुमा भक्कानो परेर आउथ्यो ।
“प्रेम” यो दुई वटा अक्षर जोडिएर बनेको एउटा शब्द । जति सानो र सरल देखिन्छ, वास्तवमा त्यस्तो नहँुदो रहेछ । यही एक शब्दले बनेको मायामा विश्व अडिएको छ । मायाको अर्काे नाम विश्वास पनि हो । मायाँ विनाको जीवन निरस र उदासिनताले घेरिएको हुन्छ । जीवन जिउनका लागि मायाको ठूलो भूमिका रहेको हुन्छ । जीवनलाई सञ्चालन गर्नका लागि भनौँ या जीवन चलाउन, धन–सम्पत्ति, पैसा प्रयोगमा आउँछ । तर यसबाट कुनै खुशी र सन्तुष्टि नमिल्दो रहेछ । खुशी त केवल माया–प्रेममा मात्र मिल्दो रहेछ । हो, केवल मायाँमा मात्र ।
रश्मीको जीवनमा पनि त्यही खुसीले दस्तक दिएको थियो, जब उनी १७ वर्षको उमेरमा भर्खर क्याम्पस पढ्न सुरु गरेकी थिइन् । पातली, गोरो वर्णकी, कालो लामो कपाल, ठूला आँखा, हिस्स परेको अनुहार, उनी साह«ै राम्री देखिन्थिन् । धेरै नबोल्ने, लजाउने स्वभाव सानैदेखि थियो । गीत, कविता, कथा लेख्न र पढ्न रुचाउने, जातपात, उँचनीच केही नमान्ने, आपूmभन्दा गरिब साथीहरूको सङ्गत गर्न रुचाउने रश्मीलाई धनिहरू कठोर हृदय भएका र घमन्डी हुन्छन् जस्तो लाग्थ्यो । गरिबको आत्माभित्र ईश्वरको वास हुन्छ भन्ने विश्वासले उनलाई गरिबसँगको साथमा आत्मियताको आभाष हुन्थ्यो । अरूभन्दा बेग्लै सोच भएकी साहसिली, तर कोमल हृदयकी ममतामयी र प्रगतिशील विचार राख्ने रश्मीको भेट अचानक राजसँग हुन पुग्यो । राज पनि गरिब परिवारबाट थिए । मिठो बोली, सहयोगिपन, धनि–गरिब, जातपातमा कुनै भेदभाव नराख्ने । विचार मिलेका कारण रश्मी राजप्रति आकर्षित हँुदै गइन् । राजका हरेक क्रियाकलापले रश्मीको मन जित्दै गयो । दिन, महिना बित्दै गए । उता उनीहरूको घनिष्ठता पनि बढ्दै गएको थियो । संसारमा यो प्रकृति वा भगवानकै देन हो सायद । विपरीत लिङ्गीसँग आकर्षण हुनु स्वभाविकै थियो । राज र रश्मीको घनिष्ठता शारीरिक आकर्षणका लागि नभएर हृदयदेखि जोडिएको आत्मिक माया र आफ्नोपनसम्म थियो । घर नजिक भएका कारण सधै भेट्ने र मिठामिठा पे्रमिल कुरा गर्दै गर्दा एक–अर्काको मायामा चुर्लुम्म डुबिसकेका थिए उनीहरू ।
रश्मी ब्राह्मणकी छोरी, राज क्षेत्री परिवारबाट थिए । समाज र परिवारको नजरबाट बचेर उनीहरू गोधुली साँझमा भेट्ने गर्थे, जहाँ राजले पहिलो पटक निकै प्रसंशीय शैलीमा रश्मीको सुन्दरताको वर्णन गर्दै अन्तिम वाक्य बोलेको थियो– “रश्मी, तिमी त आज स्वर्गकी अप्सराभन्दा कम देखिएकी छैनौँ नि ¤”
रश्मी लाजले भुतुक्क हँुदै तुरुन्तै जवाफ फर्काएकी थिइन्– “त्यो त सुन्दर मान्छेले सुन्दर मनबाट हेर्ने जुनसुकै वस्तु पनि सुन्दर देखिन्छ नि, होइन र ?”
यस्तै यस्तै कुरामा उनीहरू रमाउँथे । संसारमा सबथोक बाँड्न सकिन्छ, तर मन बाँडेर राख्न सकिँदैन । अब उनीहरू पनि एक–अर्का विना एक पल टाढा रहन नसक्ने भैसकेका थिए ।
त्यो बेला राजको नोकरी, व्यवसाय केही थिएन । सिन्दुर किन्ने पैसा समेत थिएन राजसँग । यता रश्मी सम्पन परिवारकी एक्ली छोरी थिइन् । घरबाट स्वीकृति मिल्ने सम्भावना नै थिएन । त्यसैले बाबाआमाको चाहना विपरीत उनीहरूले भागेर बिहे गरे । प्रेम अन्धो हुन्छ भनेको साँचो रहेछ । सुख–सयलमा हुर्केकी रश्मी, अब राजसँगको यात्रा धेरै कठिन लागिरहेको थियो । तर त्यो उनको रोजाइ थियो । उनी त्यो बेला निकै खुशी र सुखीको महसुस गरेकी थिइन्† किनकि उनले राजलाई पतिको रूपमा पाएकी थिइन् । संसार नै पाए जस्तो लागेको थियो उनलाई । धेरै दुखका दिन आए । न गास, न बास, न कपास । केही थिएन, तर माया थियो । एक–अर्काको साथ थियो । आपूmलाई संसारकै धनि नारी भएको आभाष थियो रश्मीलाई । दिनहरू धेरै सङ्घर्षमा बित्दै गए । उनीहरूको जिन्दगीमा निकै उतारचढावहरू आए, तर उनी कहिल्यै हतोत्साहित भइनन् ।
समयको चङ्गा घुमी नै रहेको थियो । बिस्तारै सबै कुरा सामान्य हुँदै गयो । माइतीले पनि स्वीकारे । उनीहरूको जीवनमा प्रेमको चिनोस्वरूप २ वटा फूलहरू आएका थिए ः एक छोरा र एक छोरी, प्रतिक अनि, प्रिया । परिवार पूर्ण भएको थियो । उनीहरूको मायामा कुनै कमी आएको थिएन । रश्मी आफ्ना सन्तानलाई भन्दा बढी माया राजलाई गर्थिन् । एक दिन त के, एक पल पनि राजदेखि टाढा रहनै नसक्ने हुदा रश्मी तीज होस् या सुत्केरी, कहिले माइत जाँदैनथिइन् । उनीहरूको माया र जोडी गाउँ–समाजमा उदाहरणीय थियो ।
जिविकाका लागि ऋण गरेर सानो किराना पसल चलाएका थिए उनीहरूले । पूरा समय सँगै बिताउँथे । अब जिम्मेवारी बढेको थियो । प्रतिक र प्रियाको सुन्दर भविष्यका बारेमा सोच्नु थियो । त्यसैले राजको सहमतिमा रश्मीले विदेश जाने निर्णय गरिन् । जे–जस्ता दुःख, सङ्घर्ष गर्नु परे पनि आफै गर्न अघि सर्ने रश्मी राजलाई दुःख होला भनेर कतै काममा जान दिदैनथिइन् । हदभन्दा बढी माया गर्ने राज एक पल टाढा हँुदा र उनलाई दुःख पर्दा रश्मीको प्राण नै निस्केला जस्तो हुन्थ्यो । यति माया गरेको जीवन साथी तथा मुटुका टुक्रा जस्तो सन्तानलाई छोडेर विदेश जान आँट्नु रश्मीका लागि सामान्य कुरो थिएन । तर के गर्नु ? बाध्यता र विवशताका अगाडि के नै लाग्दो रहेछ र ? माइती जति सम्पन्न भए पनि रश्मीले कहिल्यै सहयोग लिन मानिनन्, किनकि उनी स्वाभिमानी नारी थिइन् ।
एक दिन ऋणसापटी खोजेर स–साना लालाबाला निदाएकै अवस्थामा छोडेर निस्कँदाको पीडा कस्तो थियो होला ? एक दिन नछोडेको परिवारबाट विछोडिएर सात समुद्र तय गर्दा उनका मनमा यस्तै यस्तै कैयौँ भावना उब्जिएका थिए ः
स–साना छोराछोरी छोडेर घरमा
विदेश जान हिडे बरै दलालको भरमा
कहाँ जाने ? के गर्ने ? केही थाहा छैन
परिवारसँगै बस्न गरिबीले दिएन
अस्ताउँदो सूर्यले पारि क्षितिजबाट धर्र्ती छाडे झैँ रश्मीले पनि आफ्नो मातृभूमिलाई अनिश्चित कालका लागि छोडेर एक बिरानो मुलुक कोरियाका लागि प्रस्थान गरिन् । एक अञ्जान देशमा आफन्तसँगको वियोगमा छट्पटाउँदै रश्मीले रातदिन नभनेर सङ्घर्ष गर्न थालिन् । जति बेला पनि ती सन्तानका मासुम अनुहार आँखा वरिपरि घुम्थ्यो । दिन त जसोतसो काम गर्दा बित्थ्यो । रातभरि रोएर बिताउने गर्थिन् । रुँदा रुँदा कहिले मुर्छित हुन्थिन् । भर्खरै फर्केर जाउँ जस्तो नभएको कहाँ हो र रश्मीलाई ? घरको ऋण सम्झेर फेरि मनलाई सम्हाल्दै रगतलाई पसिना पार्दै काम गर्न थालिन् उनले । घर पैसा पठाउँदै गइन् ।
सुरुका दिनमा त राजले रश्मीले दुख गरेर कमाएको पैसा समाउँदा नरमाइलो लागेको र रश्मीलाई धेरै सम्झेको बताउथे । यो कुरा सुन्दा रश्मी भावुक हुन्थिन् । यस्तै मिठो मायाको अनुभूतिले काम गर्ने हिम्मत र साहस जुटेको थियो । उता राजले पनि केही जग्गा किनेर सानो घर बनाए । रश्मी भने सन्तान र राजदेखि टाढा रहनु पर्दा पानी विनाको माछा तड्पिएर दिन काटिरहेकी थिइन् । विदेशी युवायुवतीका जोडीहरू एक–आपसमा माया गरेको देख्दा रश्मीलाई पनि राजको निकै कमी खल्थ्यो । एक्लोपनको आभाष हुन्थ्यो । कल्पनामा डुब्थिन ः मलाई पनि भेटेपछि राजले यसरी नै माया गर्लान् भन्दै रमाइलो संसारमा हराउथिन् । बिहे गर्दाका दिनमा कति दिन बस्ने ठरठेगान नहँुदा पार्क र बसपार्कमा गुजारेका थियौँ । जब कोठाको व्यवस्था भयो, कार्टुनको ओछ्यान लगाएर कैयाँै महिना बित्यो । तर ती पल हामी सबैभन्दा खुशी थियौँ । मेरो प्यार म सँग थियो । आज मैले यति धेरै पैसा कमाएर ठूलो प्रगति गरेर नेपाल फर्कंदा कति माया पाउछु होला मेरो राजबाट ? यस्तै यस्तै मिठा कल्पनामा बहकिँदा कता कता काउकुती लाग्थ्यो ।
यस्तै सपना बुन्दै आएको ४ वर्षपछि रश्मी ४५ दिनको छुट्टीमा नेपाल फर्किइन् रश्मी । फोनमा कुरा राम्रै हुन्थ्यो । एयरपोर्टमा राज र बच्चालाई भेट्ने उत्सुकता बोकेर जब प्लेनबाट उनी उत्रिइन्, उनका खुट्टा ठेगानमा थिएनन् । कति बेला भेटौँ भनेर उनका नजरले राज र बच्चालाई खोजिरहेका थिए । सबैका मान्छे लिन आएका थिए । खुसीले विभोर हुँदै अँगालोमा बाधिएका थिए । तर रश्मीलाई लिन कोही आएको थिएन । उनी निराश हँुदै ट्याक्सी चढेर आफन्तको घरमा गइन् । भोलिपल्ट केही सामान किनमेल गरेर घरतर्फ लागिन् । मनभरि तर्कवितर्क खेलाउँदै, कत्रा भएका होलान् बच्चाहरू ? कति बेला देख्छु होला ? घर आइपुगिन् ।
आफ्नो पसिनाको कमाइले बनेको घरको बेग्लै अनुभूति । ४ सालमा परिवारलाई भेट्ने उत्सुकता बोक्दै रश्मी घरभित्र पसिन् । प्रियाले ढोका खोलिन । एक छिन अकमक्क पर्दै प्रतीकसँग भनिन्– “दादा को हो ?”
प्रतिकले चिन्यो । “ममी” भन्दै नजिक आयो । ठूला भएका छोराछोरीलाई अँगालोमा कसेर धेरै बेर ममता लुटाइन् । राज अलि पर उभिएको देखिन् रश्मीले । उनी नजिक आएनन्, न त कस्तो छ रश्मी भनेर नै सोधे । रश्मीलाई भने कति बेला नजिक जाउँ र अँगालोमा टासिएर वर्षौंको माया पाउँ जस्तो लागेको थियो । उनी पागल प्रेमी, दिवानी भएकी थिइन् राजको मायामा । घरभरि छिमेकी आएका थिए उनलाई भेट्न । उनलाई भने कति बेला राजसँग एकान्तमा समय बिताउँ भएको थियो । मौका छोपेर रश्मी राजको नजिक गइन् र मायालु स्पर्सले “राजु” भन्दै हात समातिन् । राजले तुरुन्तै रश्मीको हात हटाउँदै “मलाई यस्तायस्ती गरेको मन पर्दैन । विदेशमा चल्छ होला सबै । यो नेपाल हो” भन्दै हात अलग गरे ।
त्यसका साथै रश्मीदेखि टाढा हँुदै गए राज । उनको यस्तो व्यवहारले रश्मीलाई उनको अस्मितामाथि नै औला उठाएको वा चरित्रमा शङ्का गरेको आभाषले धेरै पीडा दियो । सपनामा पनि सोचेकी थिइनन् होला उनले, यस्तो होला भनेर । बसुश्जेल उनीहरूका बीचमा कुनै सम्पर्क भएन । सुत्ने कोठा नै अलग भयो । रश्मीमा भने राजँसँग समय बिताउन, घुम्न, सँगै बसेर ४ साल बिछोडिदाका व्यथा, पीडा, प्रतिक र प्रियाका बाल्यकालका एक–एक हर्कतहरू सुन्न र आ–आफ्ना भोगाइहरू साटासाट गर्ने रहर थियो ।
आफन्तसँग भेटघाट, बाबुनानीसँग यताउता गर्दागर्दै त्यो बिदा सकिन थाल्यो । अब आफ्नो कर्मथलोमा फर्कने समय नजिकिँदै थियो ।
यसैबीच रश्मी बिरामी परिन् । उता परिवारसँग फेरि बिछोड्नुको पीडा थियो । त्यसैमा बिरामी । नजाउँ भने ऋण थियो । घर परिवारको सबै जिम्मेवारी उनकै टाउकोमाथि । व्यावहारिक बोझ राजलाइ दिन चाहकी थिइनन् या राजले निभाउन सकेनन ? रश्मीले अझै बुझ्न सकेकी थिइनन् । यतिका दिन बिते । तर कुनै पल राजले विदेस रहँदाको दुःख, पीडा के कसरी बितायौ ? भनेर सोधेनन् । उनको यस्तो बदलिँदो व्यवहारले धेरै तनावमा थिइन रश्मी । यो धन–सम्पत्ति के काम त ? जब माया र आफ्नोपन नै छैन भने । तर पनि उनलाई फर्कनु थियो कोरिया । स्वास्थ ठीक नहुँदा नहुँदै पनि फेरि पनि मुटुका टुक्राहरूलाई आमाको न्यानो आँचलबाट छुटाएर फर्कन बाध्य भइन रश्मी ।
अन्तिम रात थियो । दुबै बच्चालाई दुई हातको सिरानीमा सुताएर उनका अबोध मुहार नियालेर रात काटिन् रश्मीले । निद्रा पनि कसरी आओस र ? एका बिहानै बच्चा नब्युँझँदै मुटुमाथि ढुङ्गा राखेर घरबाट एक्लै निस्किइन् उनी । नियतिले फेरि उनलाई आफन्त र जन्मभूमिबाट टाढा पु¥यायो ।
कम्पनीमा पुग्दा नोकरी छुटेको थियो । अब बस्ने ठाउँ थिएन, न स्वास्थ ठीक । धेरै मुश्किलका साथ रश्मीले दिन बिताउँदै गइन् । राजसँग फोनमा कुरा हुन्थ्यो । अझै पनि रश्मीको मायामा केही कमी आएको थिएन । उनी भन्थिन्– पहिलो प्रेम भुलाउन नसकिने रहेछ । फोनमा भन्थिन्– हाम्रा सारा सम्पत्ति तथा मुटुका टुक्रा हाम्रा बच्चा एकातर्फ र अर्कोतर्फ, हजुर—म हजुरलाई नै रोज्छु । धेरै माया गर्छु । म हजुर विना बाच्ने कल्पना पनि गर्न सक्दिनँ । मलाई केही चाहिँदैन । अरू कोही चाहिँदैन, मात्र हजुरको माया र न्यानो साथ भए पुग्छ । तर राजलाई यी शब्दले कुनै असर पार्दैनथ्यो ।
समय आफ्नै गतिमा चली नै रहेको थियो । सबै ऋण तिरिसकेर अरू पैसा कमाएकी थिइन् रश्मीले । तर पनि उनी एकदम गरिब थिइन् ः न कसैको साथ थियो, न माया । यति खल्लो र निरस रङहीन जीवन थियो उनको । आखिर के ग¥यो त त्यो धनले ? उनी यस्तै वेदनाका बीच पनि राज र बच्चालाई सुखी जीवन दिएकी थिइन् । यसैमा उनले आत्मसन्तुष्टि लिएकी थिइन् । छोराछोरी पनि ठूला हुँदै गएका थिए । हृदयभरिको वात्सल्य लुटाउन नपाउँदा भित्रभित्रै पिल्सिएकी थिइन् । अमूल्य धन गुमाएकी थिइन् । उनका सन्तानका वचपनका ती मिठा क्षणहरू महशुस मात्र गर्न सक्थिन् । पतिका माया र सन्तानको वचपन गुमाउँदाको पीडाले गर्दा डिप्रेसनको शिकार हुन पुगेकी थिइन् । एक्लै रुने, आफैले चित्त बुझाउने, उनको दिनचर्या बनेको थियो । काम पनि सारै गाह«ो थियो । अरूले गर्न नसकेर छोडेको काम समातेकी थिइन् उनले । तनावैतनावमा दिन बित्दै थिए ।
एक दिन उनको जीवनले कोल्टे फे¥यो । मस्त निदाएको बेला नेपालबाट रश्मीकी छिमेकी सीताको फोन आयो । निद्रामा आँखा मिच्दै हेल्लो भन्न नपाउँदै उताबाट आवाज आयो– “रश्मी एउटा नराम्रो खबर छ । राजको अर्कै केटीसँग सम्बन्ध रै”छ । विगत ३ वर्षदेखि साह«ै नराम्रो लतमा फसेको छ । तिमीले पठाएको पैसा त्यही केटीमाथि लुटाएको छ । अब छिट्टै घरमै ल्याएर राख्ने कुरा सुन्दैछु ।”
यति मात्र के सुनेकी थिइन्, उनी छाँगाबाट खसे झैँ भइन् । शरीर पूरै काँप्न थाल्यो । मुटुको धड्कन बढ्न थाल्यो । कानमा टाँसिएको फोन कता खस्यो ? पत्तै भएन । उनी सही÷गलत छुट्याउने अवस्थामा थिइनन् । ती अवोध बच्चा पनि नजरमा आएनन् उनलाई । बाच्नै मन लागेन । यति ठूलो धोका होला भनेर सपनामा पनि सोचेकी थिइनन् । आँखा वरिपरी अन्धकार छाएर आयो । यत्तिकैमा फेरि फोनको घण्टी बज्यो । उनको ध्यान भङ्ग भयो । झस्किँदै फोन रिसिभ गर्दा नेपालबाट रहेछ । गाउँभरि हल्लाखल्ला भएपछि राज घर छोडेर हिडेछन् । दुबै जना भागेछन् । बच्चा सम्हाल्नका लागि माइतबाट रश्मीकी आमा आउनु भएछ । रश्मी वेहोश भएर भुइँमा पल्टिइन् । धेरै बेरमा होशमा आएपछि उनलाई बच्चाको सम्झनाले सतायो । आमालाई फोन गरिन् । आमाले अरू केही नभएर पनि आफ्ना सन्तानका लागि बाच्नु पर्छ, यस्तै यस्तै शब्दले सान्त्वना दिनु भयो । तर यो आलो घाउमा यस्ता शब्दले केको मल्हमको काम गर्न सक्थ्यो र ?
उनी संसारमा एक्लिएकी थिइन् । यत्रो मेहनत गरेर जोडेको सम्पति रह्यो, न राज नै । उनी फेरि सडकमा आएकी थिइन् । उनीसँग थियो त धोका, विश्वासघात, पीडाका व्यथा र दुई सन्तान मात्र । मान्छेलाई नपरुञ्जेल मात्र रहेछ, परेपछि जस्तो पनि सहनु पर्दो रहेछ । के राजले पहिला रश्मीसँग गरेको प्रेम नै थियो त ? उनी घोत्लिइन् ः
कस्ता हँुदा रहेछन् मायाका भाषा ?
पाइलैपिच्छे थपिँदै छन् पाशाहरू ।
क्षणिक खुशी दिएनि मुटु पोल्ने राप रहेछ
अझै व्याकुल छन् माया लाउने आशाहरू ।
रश्मीका सुन्दर सपनाहरू भताभुङ्ग भए । सुस्केरा हाल्दै पवनसँग त्यो निलो आकासमा उडिरहेका थिए । उनी भने समुद्रको छाल झैँ उर्लेका मनका भावनाहरूलाई सम्हाल्दै किनारा लाउने कोसिशमा थिइन् उनी । अतीतका दृष्य चलचित्रका रिल जस्तै आँखा वरिपरि घुमिरहेका थिए । उनी सोचिरहेकी थिइन– आखिर म कहाँनिर चुके त ?
मैले जस्तै उनले पनि सम्झिदिएको भए
बिछोडमा उनी पनि तड्पिदिएको भए
सुखी संसार हाम्रो भताभुङ्ग हुने थिएन
केही समय मलाइ पर्खिदिएको भए ।
विदेशिनु रश्मीको रहर थिएन, बाध्यता थियो । यौवनको क्षणिक प्यास मेटाउनका लागि जनम जनमको आत्मिक साथ रश्मीको विश्वास कुल्चेर राजले रश्मीमाथि मात्र अन्याय गरेका थिएनन्, ती अवोध सन्तानलाई टुहुरा बनाएका थिए । यतिका वर्ष आमाको न्यानो मायाबाट वञ्चित हुनु परेको थियो भने अब पिताको काख पनि छुटेको थियो । ती नादान बच्चाको के नै दोष थियो र ? आखिर के ग¥यो त पैसाले ? न खुशी किन्न सके, न मनको शान्ति । मनभरि यस्तै तर्कवितर्क खेलिरहेको थियो ।
तुरुन्तै काम छोड्न नमिल्ने हुँदा छट्पटीमै दिन बिताउँदै थिइन् रश्मीले । उता नेपालमा राजको सबै पैसा र अन्य सम्पश् िहात पारेपछि त्यो केटीले झुटो आरोपमा राजलाई फसाएर भागेकी थिई । शायद पाप धुरीबाट कराउँछ भनेको यही हो । जस्तो ग¥यो, त्यस्तै भोग्नु पर्छ । राजलाई पुलिसले समातेर जेलमा हाल्यो । जमानतमा निकाल्ने कसले त ? राजले जति ठूलो घात गरे पनि रश्मीले उनलाई कहिल्यै दुखी देख्न सक्दिनथिइन् । मनभित्र गडेको राजको छवि सजिलै कहाँ मेटिन्थ्यो र ? चोखो निश्चल पवित्र माया गर्थिन् रश्मीले । यस्तो खवरले रश्मीलाई झन् दुखित तुल्यायो । आखिर नारीको मनै त हो नि ¤ तुरुन्तै नेपाल फोन गरिन् सीतालाई । पैसा पठाएर राजलाई जेलबाट जमानतमा निकाल्न लगाइन् । जेलबाट निस्केपछि अब राज कहाँ जाने त ? घरमा कुन मुख लिएर फर्कनु ? बाहिर कतै नोकरी गर्न पनि कि त हातमा सिप हुनु प¥यो, या अनुभव नै । जीवनको यो अवस्थासम्म रश्मीले सबै व्ययभार चलाएर राजलाई सुखी जिन्दगी दिएकी थिइन् । कुनै खाडी मुलुक जाओस् भने पनि ४० वर्ष काटेकालाइ नमिल्ने हँुदा राजको अलपत्र परेको अवस्था थियो ।
आकासभरि कालो बादल मडारिँदै थियो । मानौँ, अहिले नै वर्षात होला जस्तो । गोधुली साँझमा वरन्डामा बसेर रश्मी आफ्नो अतीत केलाउँदै थिइन् । यत्तिकैमा फोनको घण्टी बज्यो । कसको होला भन्दै हेल्लो मात्र के भनेकी थिइन्, फोन राजको थियो ।
“रश्मी, मबाट ठूलो गल्ती भयो । तिम्रो निस्वार्थ, निच्छल पवित्र मायाको मूल्याङ्कन कहिल्यै गर्न सकिनँ । तिम्रा भावनाको कदर नगरेर ठेस पु¥याएँ । समुद्र जस्तै मायाको गहिराइमा डुबाएकी थियौँ । बुझ्न नसकेर क्षणिक वासना मेटाउन खहरे खोला रोज्न पुगेछु । मलाई माफ गरिदेऊ, बिन्ती । बल्ल तिम्रो परिवारप्रतिको योगदानलाई बुझेँ । म पनि मान्छे नै हुँ । गल्ती भयो । मेरो यति ठूलो गल्तीको बावजुद पनि जेलबाट निकाल्यौ । त्यसपछि म इन्डिया गएको थिएँ नोकरी गर्न । अचानक बिरामी परेर फर्कनु प¥यो । मेरो गल्तीको सजाय मैले पाइसकेँ । अब तिमी छिट्टै घर फर्केर आऊ । मलाई पनि जिम्मेवारीको बोध भयो । जीवनभरि कहिल्यै तिमीलाई सुख दिन सकिनँ । तिमीले नै मलाई यति माया दियौँ । पुल्पुलाएर राख्यौ । त्यो गरिब राजलाई जीवनसाथी बनाएर यति सुखी जीवन दिएकी थियौ । एक्लै सङ्घर्ष गरेर सडकबाट महलमा सारेकी थियौ । मेरो कुबुद्धिले गर्दा तिम्रा मिहिनेत र पसिनाको कमाइ आज पानीमा बगाएँ । मेरी प्रिया मलाई माफ गरिदेउ है । अबको बाँकी जीवनमा जे–जति दुःख–कष्ट परे पनि मैले गर्छु । तिम्रो आँखामा आँशु आउन दिने छैन ।”
राजका यस्ता कुरा सुनेपछि रश्मी धेरै भावुक हुन पुगिन् । कोमल हृदय र झट्टै अरूलाई विस्वास गर्ने उनको बानी आजसम्म गएको थिएन । राजका तिनै शब्दहरूले मन झनै पग्लियो । आफ्नो आँखाले देखेको भए सायद यति छिट्टै माफ गर्न सक्दिनथिइन् होला ¤ यी सबै घटनालाई एउटा नराम्रो सपनाको रूपमा लिन पुगिन् उनले । बच्चाको भविष्यका लागि पनि राजका सबै गल्तीहरूलाई माफ गरिन् । गलत बाटोमा लागेको व्यक्ति आफ्नो गल्ती मानेर सही मार्गमा आउन चाहन्छ भने उसलाई एक पटक सुध्रिने मौका दिनु पर्छ भन्ने मान्यता राखिन् रश्मीले ।
यताउताको व्यवहार मिलाएर, कम्पनीबाट आउने पैसा लिएर कर्मभूमि कोरियालाई सदाका लागि विदा गर्दै आफ्नो बिखरिएको परिवारलाई पुनः प्रेम र विश्वासको डोरीले कसेर राख्ने अठोट गर्दै नेपाल फकिइन् रश्मी । जब काठमाडौँको विमान स्थल उत्रिइन्, उनको मनमा एक प्रकारको अनौठो अनुभूति भएको थियो । डुब्दै गरेको डुङ्गा किनारा लागेको थियो । मूल गेटबाट सुटकेस लतार्दै बाहिर निस्किइन् । अलि टाढाबाट आवाज आयो– “ममी ।”
रश्मीको मन फुरुङ भयो । आँखाबाट खुसीका आसु वर्षिए । ३ जना हातमा पूmलको गुच्छा लिएर उभिएका थिए । उनी नजिक मात्र के पुगेकी थिइन्, राजले अँगालोमा कसे रश्मीलाई । प्रतिक लाजले भुतुक्क हुँदै उता फर्कियो । प्रियाले भने राजलाई जिस्क्याउँदै भनी– “अब ममी पाएपछी त हामीलाई नै बिर्सनु भयो है ड््याडी ?”
“मेरो परिबार अब मसँग छ । यिनै त हुन् नि मेरा सम्पत्ति” रश्मीले तिनै जनालाई अँगालोमा कसिरहिन् ।
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक १ – Nov. 13, 2013 – २०७० कार्तिक २७ गते, बुधबार)