समीक्षा : ऐतिहासिक उपन्यास र डायमनशमशेर राणा

~ज्ञानेन्द्र विवश~

नेपाली साहित्यमा ऐतिहासिक उपन्यास लेखनको प्रारम्भ राणाकालीन समयमै भएको पाइन्छ ।

इतिहाससँग सम्बन्धित अथवा ऐतिहासिक कालखण्डका सेरोफेरोलाई समेटेर लेखिने उपन्यासको आगमन डायमनशमशेर राणाबाटै भएको हो । यसअघि टुकराज-पद्मराज मिश्रकृत रजबन्धकी -१९९६) र रामकृष्ण कुँवर राणा -१९९९) का दर्ुइवटा कृति प्रकाशित भएको भेटिन्छ । समालोचक कृष्णचन्द्रसिंह प्रधानले ‘नेपाली उपन्यास र उपन्यासकार’ मा उल्लेख गर्नुभएअनुसार यी दुवै ऐतिहासिक उपन्यासभन्दा पनि इतिहास प्रतीत हुन्छन् । त्यसैले त्यसमा तत्कालीन सामाजिक पर्रि्रेक्ष्यको नितान्त अभाव रहेको प्रधानको विश्लेषण छ । ऐतिहासिक विषय, सामाजिक सर्न्दर्भ, जनजीवन र प्रकृतिको चखिलो वर्ण्र्ाातथा औपन्यासिक रोचकता डायमनशमशेरको उपन्यास लेखनबाट पाउन सकिन्छ । उहाँको आगमन नेपाली साहित्यको लागि एउटा सुखद उपलब्धि हो । डायमनशमशेर राणा मूलतः लेखक भएर बाँच्नुभएका भाग्यमानी र्सजक हुनुहुन्छ । ऐतिहासिक उपन्यास लेखनको अध्याय, पृष्ठ र प्रविष्टिमा उहाँको पृथक् परिचय एवं पहिचान स्थापित छ । ऐतिहासिक उपन्यास लेखनका प्रबुद्ध शिल्पीका उपन्यासकृतिले राजा, राणा र र्सवसाधारणका जीवनशैलीका यथार्थ चित्रण गर्नुका अतिरिक्त उहाँका प्रत्येक लेखकीय ध्याउन्न प्रजातन्त्रको संस्थागत विकासमा अभ्रि्रेरित रहेको पाइन्छ । देशमा प्रजातन्त्र नभइकन अथवा निर्वाचन प्रक्रियाद्वारा आफ्ना जनप्रतिनिधिको छनोट भई जनता नै र्सवाधिकार नभएसम्म मानिसको जीवनस्तर नउठ्ने र विकास, निर्माणलगायत तमाम काम हुन नसक्ने ठहर उहाँले आफ्ना कृतिमार्फ् गर्नुभएको छ । लेखकीय सत्तालाई शक्तिशाली बनाउने उहाँको प्रयत्न पनि पहिलेदेखिकै हो । राणा परिवारमा जन्मेर पनि राजसत्ता वा भनौं निरङ्कुशताविरुद्धको उहाँको कलम क्रान्तिलाई सशक्त मान्नर्ुपर्दछ । नब्बे वषर्ीय उमेरमा पनि उहाँको चिन्ता, चिन्तन देशमा प्रजातान्त्रिक प्रणालीको स्थापनामा केन्द्रित छ । वि.सं. २००६ सालमा ‘वसन्ती’ शर्ीष्ाकीय ऐतिहासिक उपन्यास र्सवप्रथम प्रकाशित भएयता २०४९ सालमा ‘गृहप्रवेश’ शर्ीष्ाकको अर्को त्यस्तै ऐतिहासिक उपन्यास छापिएको छ । यसबीच सेतोबाघ, अनिता, प्रतिबद्ध, सत्प्रयास, धनको धब्बाजस्ता पाँचवटा ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास प्रकाशित भएका छन् । वसन्ती उपन्यासको चलचित्र निर्माण हुनुका साथै यस कृतिको हिन्दी भाषामा पनि अनुवाद भएको छ । त्यस्तै सेतोबाघको अङ्ग्रेजी भाषामा दोस्रो संस्करण निस्किसकेको छ भने यसलाई जापानी र प|mेन्च भाषामा अनुवाद गरी ती भाषिकमाझ पनि लोकप्रिय कृतिका रूपमा परिचय स्थापित छ । उहाँको यो कृति २०३० सालमा मात्रै प्रकाशित हुन पायो । लामो समयको अन्तरपश्चात् प्रकाशित भए पनि अन्ततः यसले उहाँलाई अझ चर्चित बनायो । ऐतिहासिक उपन्यास प्रकाशन र पठनका दृष्टिकोणले समेत पहिलो भई प्रभाव पार्न सफल ‘वसन्ती’ ले वास्तवमा ऐतिहासिक यथार्थप्रति स्वाभाविक भूमिका निर्वाह गरेको पाइन्छ । वसन्तीले जङ्गबहादुरको प्रभावशाली व्यक्तित्व, साहस, चातर्ुय आदिलाई मुख्यरूपमा उठाएको छ ।

यसैमा समाविष्ट ऐतिहासिक घटना, पात्र, परिवेश र तिनको औपन्यासिक उठान प्रेम, सौर्न्दर्य अनि षड्यन्त्रमा विघटित हुन पुगेको छ । यो उपन्यास दुःखान्त बन्न तत्कालीन घटना र पृष्ठभूमिले बाध्य बनाएको छ । ग्रामीण जवानी जीवनकी ‘मिठु’ सहर पसेपछि बनेकी ‘वसन्ती’ र उनको सौर्न्दर्यमा आकषिर्त बन्न पुगेको गगनसिंहको उपस्थिति अथवा भनौं वसन्ती र गगनसिंहको प्रेमकथा पनि हो यो उपन्यास ! सहर पसेपछि गगनसिंहको प्रेममा फसेर घरपरिवार, गाउँठाउँ, साथीसङ्गी सबै छोडेर गगनसिंहको ‘वसन्तवाग’ मा बस्न पुगेकी वसन्तीको मान-सम्मान र इज्जत उच्च हुन्छ तर उनको जीवनमा यस्तो खुसियाली धेरै समय टिकिरहन सकेन । परिस्थितिले कोल्टे फेर्‍यो । वसन्तीले अब दुःख, कष्ट र विछोडका दिनहरू व्यहोर्नुपर्ने भयो । गगनसिंहकै विश्वासपात्र सिलाङ्गेको षडयन्त्रको शिकार वसन्ती बन्न पुगिन् । उसैले वसन्तीको मृत्युभएको खबर पठाएर गगनसिंहलाई प्रेम व्याकुलताले तड्पाउने कार्य गर्न थाल्यो । आखिर एक दिन पूजा गरिरहँदा गगनसिंहलाई कसैले गोलीको निशाना बनाएर मारिदियो । मरेको भनिएकी वसन्तीको छटपटी बेग्लै छ । जीवन र इतिहास, प्रकृति र प्रेमको विराट वर्ण्र्ाावसन्तीमा भएको छ । त्यो बेलाको समाज, बोलीचालीको जीवन्त प्रस्तुति उपन्यासको अर्को विशेषता मान्न सकिन्छ । हुन त, उपन्यासकार राणाका सबैजसो कृतिहरूमा यसको प्रवेश र प्रयोग भएको छ । यसले कृतिलाई समय र समाजको कालखण्ड बुझ्न वा भनौं इतिहासका पृष्ठभूमि र ऐतिहासिक सर्न्दर्भबारे अवगत गराउन सफल रहेको विश्वास गर्न सकिन्छ । त्यसो त अन्य सर्न्दर्भ अथवा प्रेम, प्रकृति र सामाजिक कुराहरूको उठान हुन त्यसमा कुशल शिल्पी हुनु पनि आवश्यक छ । यिनै कुरा हुँदा उपन्यासले इतिहासको दस्तावेजकै नामकरणको पङ्क्तिबाट मुक्त हुने मौका पाउँछ । उपन्यासकार डायमनशमशेर राणाले यी परिदृश्यका पात्र र पाटोहरूका साथ राजनीतिक एवं षडयन्त्रमूलक नेपालको एउटा ऐतिहासिक यथार्थलाई उठाउनुभएको छ । सत्ता र प्रेमको प्रकारान्तर परिवेशमा डोरिएर हिँडेको उपन्यासले आज पनि उत्तिकै चासो र आकर्षा पाइरहनुमा निश्चय नै उपन्यासभित्रको राजनीति, प्रेम र त्यसमा आबद्ध सबै स्वाभाविक तथा जीवन्त घटनाहरूकै उपस्थितिबाट सम्भव भएको हो । यसको विभिन्न भाषामा अनुवाद हुनु, चलचित्र बन्नु पनि यही कारण हुनसक्छ । ऐतिहासिक विषयवस्तुलाई साहित्यिक भाव र भाषामा रूपान्तरण गरी पाठकीय आकर्षा बटुल्नु निश्चय नै चुनौतीपर्ूण्ा कार्य हो तर यही चुनौतीलाई स्वीकार्दै छ दशकदेखि लेखनमा समर्पित र्सजक डायमनशमशेर प्रजातान्त्रिक योद्धासमेत हुनुुहुन्छ । प्रजातन्त्र प्राप्तिकै लडाइँमा लड्दा जेल परी त्यहीँ उहाँले ‘सेतोबाघ’ जस्तो गहनतम कृति सिर्जना गर्नुभएको पनि स्मरणीय हुन्छ । रत्नपुस्तक भण्डारबाट यो कृति यसै वर्ष२०६३ सालमा १२ औँ संस्करण छापिएको छ । यसमा जङ्गबहादुर राणाका जेठा छोरा जगतजङ्गको कथावृत्तान्त समाविष्ट छ । करुणा, माया, प्रेम, शङ्का, षडयन्त्र, राजनीतिक घटनाविवरण आदि प्रसङ्ग यसमा मार्मिकरूपमा उल्लेख छ । जङ्गबहादुरलाई दृष्टिभ्रम भएको र त्यसले नेपाली राजनीतिमा पनि असर पारेका सर्न्दर्भहरू छन् । जङ्गबहादुरको आँखामा जालो परी कालोलाई पनि सेतो देख्ने दृष्टिभ्रमले ‘सेतोबाघ’ को जन्मभएको लेखकको दाबी छ । प्रशंसित र चर्चित सेतोबाघले राणाशासनको एकप्रकारले पोल खोलिदिएको छ ।

जङ्गबहादुरले आफ्नो शेषपछि रोलक्रममा आफ्ना भाइहरू देशको प्रधानमन्त्रीजस्तो शक्तिशाली पदमा रहन पाउने परम्परा बसालेका थिए । यिनै कालखण्डमा हत्या, षडयन्त्रको वीजारोपण भयो । त्यो बेलाको सुन्दर, शान्त र रमणीय नेपालको चित्रण पनि यहाँ गरिएको छ । हजारौं देवालय, चैत्यहरू रहेको, उपत्यकामा सहरवासीलाई आफ्नो स्वास्थ्य र शिक्षाको उचित ज्ञान दिन नसक्दा यहाँ ढल र नालको दर्ुगन्धले भरिएको वर्ण्र्ाार विवरण छ । त्यस्तै सती र कमारा प्रथाको नेपाल, भूत, प्रेत, बोक्सीको डर र त्यसप्रति विश्वस्त नेपाली संस्कारको चर्चा पनि यस कृतिमा गरिएको छ । यसका साथै मुखको नाङ्गो, आँखाको लाटो, कानको बहिरो अनि भोकैनाङ्गै, अशिक्षित र अविकसित नेपालको चित्रण लेखकले गर्नुभएको छ । सेतोबाघले ऐतिहासिक पृष्ठभूमिमा औपन्यासिक कल्पनाशीलता र सत्यतथ्यको संयोजित सामञ्जस्य त्यत्तिकै र्सार्थकरूपमा उद्घाटन गरेको पाउन सकिन्छ । जेल जीवनकै एक महìवपर्ूण्ा सिर्जना भएकाले पनि यसमा लेखकको चिन्तन-मनन निकै गम्भीर किसिमले अभिव्यक्त भएको छ । त्यसैले यसले पाठकीय आकर्षा बटुल्न जति सफल बनेको छ त्यत्तिकै यसका कथावस्तु, प्रस्तुति र शृङ्खलाबद्ध सिलसिलाको क्रम पनि चखिलो रहेको पाइन्छ । उपन्यासले समेटेका विषयक्षेत्र, गति र गन्तव्य रोचक, रोमाञ्चक हुनुका साथसाथै षडयन्त्र र बीभत्सका सजीव वर्ण्र्ाााट समेत उपन्यासको उत्कृष्टता मापन गर्न सकिन्छ । यसरी उपन्यासकार डायमनशमशेर राणाको वसन्ती र सेतोबाघ यी दर्ुइ महìवपर्ूण्ा र चर्चित कृतिसँगै २०४३ सालमा पहिलो संस्करण छापिएको ‘अनीता’ उपन्यास पनि ऐतिहासिक घटनाक्रमकै अर्को दस्तावेज हो । नेपाली साहित्य सञ्चायिका, दार्जीलिङद्वारा प्रकाशित भएको अनीतामा सामाजिक रुढिवादी परम्पराविरुद्धका सशक्त आवाजहरू अनुगुञ्जित छन् । राजनीतिक चेपुवामा पर्न विवश भएकी अनीताको पीडादायी पक्षहरू तथा समाजका अनेक विकृतिसँग सामना गर्नुपर्दाका क्षणहरू पनि यहाँ समेटिएको छ । रमेश र हरिबहादुरका इच्छाविरुद्ध विवाह बन्धनमा बाँधिएकी अनीताको इच्छाअनुरूप नयाँ जीवन र नयाँ संसारको परिकल्पना पनि छ । यसबाटै या यस्तो परिवर्तनबाटै समाज बदलिन सक्छ, परम्परादेखि चलिआएको अन्धपरम्परा र संस्कारको अन्त्य भई नयाँ परिस्थितिको सिर्जना हुनसक्छ भन्ने अनीताको प्रयत्न यस कृतिमा रहेको छ । एउटी नारीले समाजसँग सङ्र्घष्ाका अनेकौं चरणहरू व्यहोर्नुपर्दाका घटना यहाँ लेखकले सबलरूपमा गर्नुभएको छ । आजका नारी समाजले अनीताबाट सिक्नुपर्ने कुराहरू धेरै छन् । त्यस्तै समाजका आदर्श नारीहरूलाई समाजमा बदनाम गराउन खोज्नेहरूले पनि अब सचेत हुनुपर्ने पाठ उपन्यासमा पढ्न पाइन्छ । उपन्यासले अप्रत्यक्षरूपमा सामाजिक चेतना वा परिवर्तनको आवाज बोलेको छ । डायमनशमशेरको अर्को कृति ‘सत्प्रयास’ मा देवशमशेरको विशद् विवरण रहेको छ । राणा प्रधानमन्त्रीहरूमा केही उदार प्रवृत्तिका मानिने देवशमशेरले शिक्षाको विकासमा विशेष चासो दिएको प्रसङ्ग उल्लेख छ । उपन्यासले अँगालेको मुख्य विषय नै जनतामा चेतनास्तरको विकास नभएसम्म केही हुन नसक्ने भन्ने हो । उपन्यासमा उल्लेख भएअनुसार शिक्षा विकास र दासत्व उन्मूलन गर्ने देवशमशेरको प्रमुख लक्ष्य थियो । नभन्दै उनले एकै दिनमा ४५ वटा विद्यालय खोल्ने स्वीकृति प्रदान गरे, गोरखापत्र प्रकाशनको प्रारम्भ गरी जनतामा थप चेतना वृद्धिको कार्य गरे । उपन्यास लेखनमा उहाँले भाषिक कुशलता र वातावरणलाई सजीव रूपमा उतार्ने सफलता अन्य कृतिमा झैं यसमा पनि गर्नुभएको छ ।

राणा सरकारको उद्देश्यविपरीत थालनी गरेको देवशमशेरको योजना सफल हुने मात्र होइन आफ्नै स्थान नै असुरक्षित हुन पुगेको तथ्य वृत्तान्त पनि यसमा गरिएको छ । यहीक्रममा देशभक्त, निर्दोष भारदारहरूको एकपछि अर्को गर्दै राजद्रोह र देशघातक भई सखाप हुनुपरेका कहालीलाग्दा इतिहासका पृष्ठलाई पनि डायमनले रोचक शैलीमा व्यक्त गर्नुभएको छ । इतिहासका साँचो घटनालाई कल्पना मनोविम्बका अनेक साजशृङ्गारले कलात्मकता प्रदान गर्दै औपन्यासिक रोमाञ्जकता दिनु पनि कुशल शब्दाशिल्पीकै क्षमता हो । उहाँको अर्को उपन्यास ‘प्रतिबद्ध’ मा नेपाली जीवनको स्पन्दन छ । इमानदार, सत्य र सधैँ आफ्नो सर्त्कर्ममा समर्पित भइरहने व्यक्तिको उपेक्षा अनि भ्रष्ट, अयोग्य र बेइमान व्यक्तिको मात्रै मान-सम्मान हुने परम्पराप्रतिको लेखकीय आक्रोश यसमा सशक्त छ । भ्रष्टाचार र चाकडी प्रवृत्तिको विरुद्ध उपन्यासले धावा बोलेको छ । शान्ति, समानता, सद्भाव निर्माणका निम्ति तथा राष्ट्रिय स्वार्थमा मात्रै समर्पित हुने सन्देश पनि यस कृतिले गराएको छ । एकप्रकारले भन्ने हो भने यो कृति लेखक स्वयम्कै जीवनयात्राको एउटा पाटो हो । प्रजातन्त्र र प्रजातान्त्रिक पद्धत्रि्रति प्रतिबद्ध मान्छेको जीवन र उसले व्यहोर्नुपरेका घटना र सहनुपरेका घाउचोटका कहालीलाग्दा तथ्य तथ्याङ्क पनि यस उपन्यासको विशेषताकै रूपमा लिनुपर्ने हुन्छ । उपन्यासले अँगालेको विषय, अपनाएको उद्देश्यले समाजमा यसबाट पार्न खोजिएको सकारात्मक सन्देश भन्नु नै देश, जनता र प्रजातन्त्रप्रतिको हार्दिक प्रतिबद्धता हो । यसको अभावमा देशले प्रगति गर्न नसक्ने लेखकीय ठहर छ । वि.सं. २०५१ सालमा प्रकाशित ‘धनको धब्बा’ डायमनशमशेर राणाको अर्को कृति हो । तलेजु प्रकाशनले प्रकाशित गरेको यस उपन्यासमा सहर र गाउँको तुलनात्मक विवेचना छ तर यसले राणाको ऐतिहासिक लेखनपरम्परा भन्दा केही पृथक् धारा र धरातल हिँडेको छ । धनप्रति सबैको गिद्धदृष्टिले उब्जाएका आशङ्का, अविश्वास र अराजक स्थितिले र्सवत्र चौपट पारेको तथ्य उल्लेख छ । धनप्रतिको अतिशय सम्मोह र त्यसका परिणतिले निर्माण गरेका अव्यवस्था यस उपन्यासको उल्लेख्य पक्ष हो । यही कथ्यमा औपन्यासिक यात्रावृत्त उठेको छ । यसले नारी स्वतन्त्रताका सवाल, विपन्नप्रति सहानुभूति दर्शाउँदै लेखकीय संवेदनशीलतालाई पनि प्रस्ट्याउने चेष्टा गरेको छ । धनपिचासप्रति घृणाभाव, राजनीतिक अदूरदर्शी र निकृष्ट स्वार्थी मनोवृत्तिमा ‘धनको धब्बा’ ले तीव्र आक्रोश ओकलेको छ । अर्थात् यस उपन्यासमा समग्र सामाजिक, राजनीतिक, आर्थिक आदिलगायत विसङ्गत परिदृश्यसँगको विप्लव इङ्गित छ । यसमा आधुनिक विचार प्रबल र वेथितिपर्ूण्ा संस्कारप्रति असन्तुष्ट भनाइ यत्रतत्र पढ्न पाइन्छ । धनको धब्बापछि उहाँको अन्तिम कृति ‘गृहप्रवेश’ हो ।

गृहप्रवेश उपन्यास ऐतिहासिक पृष्ठभूमिकै पाटो संरचित डायमनको अर्को उपलब्धिपर्ूण्ा सिर्जना हो । यस उपन्यासमा उहाँले इतिहासका घटनालाई रोमाञ्चकता र कल्पनाको जलपले सजाएर एउटा स्वादिलो र सुन्दर स्वरूप दिनुभएको छ । डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानद्वारा प्रकाशित भएको यस उपन्यास भीमसेन थापाको अन्त्य गराउने कुचाल र जङ्गबहादुर राणाको उदयको घटनाहरूलाई सेरोफेरोमा राखेर रचिएको छ । गृहप्रवेशको पात्र सर्ेर्बुलाई अघि सारेर त्यहाँ प्रेम, विरह, आक्रोश, धर्ैय सहनशीलता, पाखण्ड, साहसजस्ता मानव चरित्रलाई चित्रित गरिएको छ । यी विकृति, विसङ्गति, विरोधाभाष र षडयन्त्रका अनेक तनावबीच प्रकृतिको सुन्दर वर्ण्र्ाा यौवनका कुत्कुतीहरू आदि प्रसङ्गले उपन्यासलाई पठनीय बनाएको छ । सामाजिक विकासको दर्शन बनेर आएको मानिने यस उपन्यासले जनताको अधिकार जनतालाई दिएर जनतालाई शक्तिसम्पन्न बनाउने, शिक्षित, सचेत र सजग बनाउने आफ्नो अभ्रि्रायलाई उद्घाटित गरेको छ । शक्ति र सत्ताले उन्मुक्त जङ्गबहादुर र दानवीय गुण या मानवीय दर्ुर्गुणप्रति विरक्त पुतली महारानी र सर्ेर्बुबीचको मानसिक द्वन्द्वले भविष्यलाई घच्घच्याउँदै उपन्यासको सिलसिला बढेको छ । यसैगरी उपन्यासले भ्रष्टाचार, व्यभिचारका अनेक रूप, अनेक स्वरूप, मानवीय दर्ुबलता, नैतिक अधोपतन अनि ती कुकृत्यप्रति नैतिकता र स्वधर्मको मनोवैज्ञानिक युद्धलाई लेखकले निकै चातर्ुयतापर्ूवक अभिव्यक्त गर्नुभएको छ । हत्याहिंसाबाट प्रताडित तत्कालीन राजनीतिले त्यतिबेलै सन्देश प्रेषित गरेको हो । एक नेपालीले अर्को नेपालीलाई हत्या गर्नु महापाप हो तर आजसम्म पनि परिस्थिति सुध्रिएको छैन । बरु झन् विकृति थपिएको छ । उपन्यासमा भीमसेन थापाको ३२ वर्षो शक्तिशाली शासनको पनि किन र कसरी अन्त्य भयो भन्ने औपन्यासिक स्वरूप दिँदै यहाँ लेखकले जनताको शासन सत्ता नभएकाले त्यस्तो दर्ुगति बेहोर्नु परेको उल्लेख गर्नुभएको छ । थापाकै कार्यकालमा जङ्गबहादुरको बहादुरीको वर्ण्र्ाार विवरण पनि रोचक लाग्दछ । उपन्यासले उबेलाको खानपान, बोली, भेषभूषा, परिवेश, प्रकृति आदि अनेक सर्न्दर्भलाई पनि स्वाभाविक रूपले भित्र्याएर समय र इतिहासको सग्लो प्रमाण बन्ने दाबी गरेको छ । यसरी ऐतिहासिक उपन्यास लेखनबाट लेखकले प्रजातान्त्रिक हक अधिकारको वकालत गर्नुभएको छ ।

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.