~सङ्कलन : निराजन बतास~
सृष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता माङले महसशुस गरे । त्यसको लागि माङले सबैभन्दा पहिले ३ वटा पिपलको पातको उत्पत्ति गरे । माङले एउटा पातले जलाम्य धर्ती छोपे । एउटा पातले शिरमाथि पारे र आकाश बनाए एउटा पात घोप्टो पारेर धर्तीमा राखे । त्यै घोप्टिएको पातमाथि बोम्बोयोम्मा(धमिरा)ले पातले छोपिएर विस्तारै जमिन बन्दै गएको भगबाट माटो ओसार्दै थुपानै थाल्यो । माटो थुप्रिदै गएपछि धर्ती माटो र पानी -जलथल) बराबर भयो । माटो र पानी भएपछि विभिन्न जीवहरु बाँच्ने भए र मान्छेको उत्पति माङले गराउने परे र नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्मा मानव सृष्टि मानव सृष्टि गरे र उनीहरुको कोखबाट सुम्निमा(चेली) र पारुहाङ(माइती)को जन्म भयो ।
सृष्टिले निरन्तरता पाउन स्त्री र पुरुषको समागम हुनुपर्ने भयो । यस अर्थमा सुम्निमाले पारुहाङसँग विवाह गर्न खोजिन् । पारुहाङलाई आफ्नो चेलीसँग विवाह गर्नु अप्ठ्यारो मात्र होइन अपराध नै थियो । सुम्निमाले आफुसँग विवाह गर्न लागेको र पारुहाङ चेलीसँग विहे गर्न मञ्जुर नरहेकोले पारुहाङ सुम्निमाले नदेख्ने नभेट्ने ठाउँ साल्पा पोखरी लागे अलप भए । सुम्निमाले जसरी पनि पारुहाङलाईं पाउनु नै थियो । त्यासको लागि अब सुम्निमाले पारुहाङलाई खोज्नुपर्ने भयो । खोज्न्को लागि सुम्निमाले उडेर धेरै ठाउँ घुम्न सक्ने चराहरुको कल्पना गरिन् र सबैभन्दा पहिले ताङटुम्मी-चाँदे नामक चरा वान्तवा भाषामा एक प्रकारको चरा उत्पत्ति गराइन् र पारुहाङलाई खोज्न पठाइन् । टाङटुम्मीले संसार चहार्यो तर अन्तमा उसले पारुहाङ साल्पा साल्पा पोखरीमा लुकेर रहेको ठहर गर्यो । टाङटुम्मीले सिली नाच्दै यारी-अदुवालाई काटेर जोखाना गर्दै साल्पा पोखरीलाई फन्को लायो तर पारुहाङ्ग निस्केनन् । टाङटुम्मीले त्यतिबेला यारी गर्दा एकपाटो आफ्नो टाउको छिनायो- त्यै बखत एक पाटो आफ्नो टाउको छिनाएकोले नै टाङटुम्मी चराको टाउकोमा एक पाटो अस्वाभाविक सेतो पाटा रहेको हो भनिन्छ । टाङटुम्मीले पारुहाङ्गलाई पत्ता त लगायो तर सुम्निमा समक्ष ल्याउन भने सकेन । यो कुरा टाङटुम्मीले सुम्निमालाई सुनायो ।
त्यसपछि झेत्वा(धोबी) चराको उत्पत्ति सुम्निमाले गराइन् र पारुहाङटुम्मीले सुम्निमालाई सुनायो । त्यसपछि झेत्वा(धोबी) चराको उत्पत्ति सुम्निमाले गराइन् र पारुहाङ्गलाई खोज्न पठाइन् । सिली नाच्दै , यारी गर्दै र सोलोन्वा(चिन्डो) बोकेर मन्त्र उच्चारण गर्दै झेत्वा पारुहाङ्गको खोजीमा लाग्यो । पारुहाङ्गको खोजीमा झेत्वा संसार डुल्यो तर उसले पनि साल्पा पोखरी भित्रै पारुहाङ्गलाई त्यहाँभित्रबाट निकाल्न सकेन र ऊ फक्र्यो । सुम्निमाले अब पारुहाङ्गको खोजीका लागि तुइरा(र्सुइ..र्सुइ..कराउने एक प्रकारको चरा) को उत्पत्ति गराइन् । तुइराले पनि चारै दिशा घुम्यो र साल्पापोखरीमा पारुहाङ्गलाई लिएर आउन सकेन । त्यसपछि माक्वा (कल्चुडो कालो रङ्गको चरा) ,चेन्चेक्वा(पदुवाचरी) र तायामा खियामालाई सुम्निमाले क्रमशः उत्पत्ति गराइन् र पारुहाङ्गलाई खोजेर ल्याउन पालै पालो पठाइन् । उनीहरुले पालो-पालो सिली गाउँदै नाच्दै यारी गर्दै पारुहाङ्गको खाजी गरे र अघिल्लाकाहरु झैं साल्पालाई पारुहाङ्गको खोजी गरे र अघिल्लाकाहरु झैं साल्पालाई पारुहाङ्ग लुकेको ठाउँ ग्यारेन्टी गर्दै फर्के ।
उनीहरुले सुम्निमालाई विन्ति गरे-“हामीले पारुहाङ्ग साल्पापोखरीमा लुकेको थाहा पायौं तर ल्याउन सकेनौं ।कसैले पनि पारुहाङ्गलाई ल्याउन नसकेपछि सुम्निमाले निकै सोचविचार गरिन्-‘अब कसले पारुहाङ्गलाई ल्याउन सक्छ त ?’
त्यसपछि उनले पानीभित्र पस्न सक्ने बाजीकुहाङ्ग(गंगटा)को उत्पत्ति गराइन् र चराहरुलाई अह्राइन् -‘अब गंगटासहित साल्पापोखरी जाऊ,सिली गाऊ,नाच र चिण्डो सहित यारी गर त्यसपछि पनि पारुहाङ्ग पोखरीदेअि ननिस्किए बाजीकुहाङ्ग आफैले पोखरीभित्र पसेर पारुहाङ्गलाई निकाल्छ ।’ त्यसपछि चराहरु र बाजीकुहाङ्ग भएर साल्पा परिपरि सिली नाच्दै गाउँदै चिण्डो सहित यारी गरे तर पारुहाङ्ग निस्किएनन् , बाजीकुहाङ्गले पनि पारुहाङ्ग यै पोखरीभित्र छन् भन्ने किटान गरेपछि बाजीकुहाङ्ग आफै पोखरीमा पसेर पारुहाङ्गको जीऊमा कुतकुती लगायो र पारुहाङ्ग बिउँझिए र पोखरीबाट बाहिर निस्के । आफु कसैले नदेख्ने गरी गुप्तवास बसेको पारुहाङ्गले बताएपछि आफुलाई यसरी व्यूँझाउनुको कारण समेत चरा र बाजीकुहाङ्गलाई सोधे । बाजीकुहाङ्गको समूहले एकै स्वरमा भन्यो-‘सुम्निमाले हजुरको अत्यन्तै चाहना गर्नुभएकोले हजुरलाई लिन आएका हौं ।’ सुम्निमाले आफुलाई विहे गर्नको लागि सुम्निमाले चाहेको कुरा पारुहाङ्ग थाहा पाइहाले । चेली र माइती प्रत्यक्ष विहे गर्न नहुने ठानी पारुहाङ्गले आफ्नो वीय कर्कलाको पातमा पोको पारेर सुम्निमालाई बाजीकुहाङ्ग समूहको हातमा पठाइदिए र सुम्निमालाई अहिले भेट्न नसक्ने सन्देश पठाए ।
आफुले पारुहाङ्गलाई लिन पठाएको टोली पारुहाङ्ग विना आइपुगेको देखेर सुम्निमाले सोधिन्-‘पारुहाङ्गलाई ल्याएनौ त ?’ उनीहरुले पारुहाङ्ग अचेल आउन नसक्ने र सुम्निमाको नाममा ओखती पठाइदिएको जानकारी सुम्निमालाई दिए । पारुहाङ्गले पठाएको वीय ओखती ठानेर सुम्निमाले खाइन् । खाएपछि सुम्निमाको पेटमा गर्भ रहृयो । यसरी माइती(पारुहाङ्ग)को गर्भ चेली(सुम्निमा)को पेटमा बढ्दै गयो । त्यसबाट जेठा चाप्चा (बाघ),माइला तुमुन(भालु) र कान्छा हाङ्छा(मान्छे)को जन्म भयो ।
आमा सुम्निमाको रेखदेखमा ती तीनभाइ चाप्चा,तुमुन र हाङ्छा बढ्दै गए र तीनै भाइ शिकार खेल्न सक्ने उमेरका भए । अब सुम्निमाले तीने भाइ छोराहरुलाई शिकार खेल्न पठाउन थालिन् । चाप्चाले मृग,बँदेल जस्ता ठूला शिकार ल्याउन थाल्यो । तुमुन(भालु)ले तरुल,तुलफुल,गिठा,भ्याकुर ल्याउन थाल्यो । हाङ्छा धनुषबाण चलाउने हुनाले खरायो,जरायो इत्यादि ल्याउन थाल्यो ।
सुम्निमाले तीनै भाइ छोराको शिकारहरुलाई एउटै वादिनखोप(अण्डाको बाहिरी खोल)को भाँडोमा पकाइन् र छोराहरुलाई नै बाँडेर दिइन् । एउटै भाँडोमा धेरै थरी शिकारको स्वाद बेग्ला-बेग्लै भयो । यसरी तिनै भाइ शिकार खेल्न जानेर शिकार ल्याउने अनि बाँडेर खाने गर्न थाले शिकार खेल्न जाने बेला सुम्निमाले तीनै भाइलाई भनेर एकै ठाउँमा खाजा पठाउँथिन् ।
‘शिकार खेल्दा थाकिन्छ । थाकेको बेला तीनैजना एकै ठाउँ भेला हुनु र खाजा बाँडेर खानु,त्यसपछि फेरि शिकार खेल्नु ।’ आमाले भने बमोजिम नै तीन भाइ शिकारीहरुले गर्न थाले । तर पछि-पछि चाप्चाले आफ्ना भाइहरुलाई पाप चिताउन थाल्यो र यताउति शिकार गरेजस्तो गरेर राखिएको साझा खाजा आफैले आफैले मात्र खाएर सिध्याउन थाल्यो । तुमुन(भालु) हाङ्छा(मान्छे) खाजा खान आउँदा खाजा सिद्धिएको मात्र भेट्टाउँथे ।
‘खाजा के ले खाइदिदैछ – काम गर्नेलाई चैं खाजा छैन ।’ हाङ्छा रिसले मुर्मुरियो र खाजा राख्ने ठाउँमा हाङ्छा जस्तो देखिने केराको थम्बा बनाएर आफु रुखमा चढ्यो र जे ले खाजा खान्छ त्यसैलाई हानि मार्ने निधो गर्यो । एक छिनपछि चाप्चा आएर खाजा खान थाल्यो । हाङ्छाले पनि केही पनि विचार नगरी आफ्नो खाजा खाइदिने जन्तुलाई धनुवाणले हानेर ढाल्यो ।
चाप्चा मर्यो अब तुमुन डरायो -‘हाङ्छाले त मार्ने पो रहेछ ।’
तुमुनले हाङ्छालाई भन्यो-‘चाप्चा त मर्यो अब आमालाई अब के भन्ने ?’
‘कता गयो कता – थाहा पाइएन भन्ने नि’ हाङ्छाले भन्यो ।
सँधै तीनभाइ छोराहरु सँगै शिकार लिएर र्फकने आज दुइ भाक्ष् मात्र फर्केको देखेर सुम्निमाको मन अमिलो भएर आयो । सुम्निमाले चुमुन र हाङ्छालाई चाप्चाको बारेमा सोधिन् । दुवैले कता गयो भनेर थाहा नपाएको कुरा बताए । सुम्निमाले भाइहरुले दाजुभाइको कुरा बुझिन् र उनीहरुको शिकार खेल्ने ठाउँतिर खोज्न हिडिन् । छोराहरुको खाजा खाने ठाउँमा चाप्चा ढलिराखेको भेटिन् । सुम्निमाले अदुवा,चिण्डो लगेर धुप धुवारो गर्दै सिली गाउँदै र नाच्दै यारी गर्दै चाप्चाको शिर उठाइन् । पेरुङ्गोमा आगो हालेर मरेको चाप्चाको शिर उठाइन उसको जीऊभरि आगो डुलाइन् । त्यै पेरुङ्गोको आगो झरेर चाप्चाको जीऊ डढेर खालको खालको टाटा बस्यो ।
(चाप्चाको शरीरमा धर्का-धर्का भएको टाटा पांग्राहरु हुन्छन् । सुम्निमाले उसको जीऊमा आगो डुलाउँदा डढेर बाघको जीऊमा टाटापांग्राहरु भएको हो भनिन्छ ।) त्यसपछि चाप्चा जिउँदो भयो । अब सुम्निमा पनि खुबै डराइन् । खाजुभाइलाई मिलाप गराए फेरि मारामार हुन्छ भन्ने सुम्निमालाई डर थियो । उनले पाप चिताउने कुवुद्धि र फेरि पनि जन्माउनु(मृत्युबाट ब्यूझाउँनु) परेकालेले जेठो चाप्चालाई कान्छो बनाइदिइन् र चतुरबुद्धिले गर्दा हाङ्छालाई जेठो बनाइदिइन् र शिकार खेल्न अब उनले तीन जनालाई तीनै पट्ट िपठाइन् र भेट्दा मारामार नगर्नु भन्दै सम्झाइन् ।
‘हाङ्छालाई बाटोमा भेट्दा चाप्चाले बाटोमुनि लुक्नु,भाउजु(हाङ्छाको श्रीमती) भेट्दा बाटो माथि लुक्नु ।’ यति भनेर सुम्निमाले अब देखि आफुले गर्ने शिकार आफैले खाने र नबाँड्न अह्राइन् ।-अझै पनि चाप्चा-बाघले पुरुष भेट्दा बाटोमुनि र महिला भेट्दा बाटोमाथि लाग्ने लुक्ने विश्वास गरिन्छ । समय बित्दै जाँदा सुम्निमाको पनि मृत्यू भयो । आमाको मृत शरीरलाई जंगल पुर्याएर आउन हाङ्छाले तुमुन(भालु)लाई अह्रायो ।
तुमुनले आमाको शरीर गाडेर आउनुको सट्टा उल्टै आमाको मासु खाएर फिर्यो । घरमा हाङ्छाले तुमुनलाई ‘आमालाई खाइस् कि क्या हो ?’ भनेर शंका गर्यो तर तुमुनलाई \’होइन\’ भनेर ङच्च हाँस्यो ।
त्यसैबेला हाङ्छाले तुमुनको दाँतमा आमाको केश अल्भिmएको देखेर तुमुनले आमालाई खाएको पक्का ठहर्यायो । त्यसपछि \’आमाको मासु खाने तँ –भनेर हाङ्छाले तुमुनलाई साफी गोद्यो । हाङ्छाको गतिलो गोदाइ भेटाएको तुमुन(भालु)ले हाङ्छा-मान्छेले मलाई गोद्यो अबदेखि हाङ्छा-मान्छेको अनुहार हेन नपरोस् भने जंगलतिर लाग्यो । त्यतिबेला मान्छेको गोदाइ भेटाएको भालुले अबदेखि मान्छेको अनुहार हेन नपरोस् भन्ने भालुले अझै पनि मान्छेलाई आक्रमण गर्दा मान्छेको अनुहारलाई प्रमुख निशाना बनाउने बताइन्छ । भालुले मान्छेलाई आक्रमण गर्दा मान्छेको अनुहार चिथोरेर धुजाधुजा बनाइ दिने गर्दछ । उत्पत्तिताका मान्छेको अनुहार प्रतिको रिसले गर्दा त्यसो गरेको हो भन्ने भनाइ छ । पछि हाङ्छाको धेरै सन्तानहरु भए । तिनै सन्तानहरुको नामबाट पाछाको नाम छुट्टएिको कथन छ । एक दिन हाङ्छाको सन्तानहरु पनि शिकार खेल्न गए रे ।
दिनभरि शिकारमा डुल्दा पनि एउटै शिकार हात नलागे पछि घरमा आएर उनीहरुले घरमा नै रहेको बाख्रा काटे । बाख्राको मासु उनीहरुले सबै भाइलाई भाग लगाए तर आन्द्रा सफा गर्न पँधेरा गएको पुमा नामका एक भाइलाई भने भाग लाउनेहरुले बिर्सिएर भाग लगाएनन् । एकछिन पछि आन्द्रा बनाएर पुमा आइपुग्यो । पुमाको भाग नराखिदिएकोमा अरु भाइले गल्ती महशुस गरे र पुमालाई त्यही आन्द्रा आफ्नो भागको रुपमा खान भने । पुमा रिसले \’मासु त खान पाइएन,यो आन्द्रा -\’भनेर आन्द्रा फालिदियो र अब देखि म बाख्राको मासु नै खान्न भनेर कसम खायो ।
त्यै पुमा अचेलका पुमा र्राईहरुको पितृ हुन् भनिन्छ । पुमा र्राई जातिको एक पाछा हो । उहिले बाख्राको मासु नखाने कसम खाएकोले नै अचेल पुमाहरु बाख्रा छुदैनन् र मासु खादैनन् भन्छन् बुढापाकाहरु । अनि अर्को कुरा उहिले त्यसरी पारुहाङ्ग-माइतीको वीयबाट चेली-सुम्निमामा गर्भ रहेकोले सारी (अशुभ) भयो । अचेल पनि माइती चेली हाडनाता बिहेवारी गर्न चलन छैन । त्यसलाई अशुभ मानिन्छ । अशुभ मेटाउन सारी ताङ्लान गर्नुपर्छ । यसो गर्दा एउटै माउका दुइ चल्ला : एक भाले र अर्को पोथी चल्ला चाहिन्छ । एउटै माउका चल्ला किन त – उहिले माइती चेलीको अशुभ सम्बन्ध भएकोले गर्दा यो चलन बसेर आएको हो भन्छन् बुढापाकाहरु ।