कविता : महा-भूकम्प जानै पर्छ

~कात्यायन~dhanwantari-mishra-katyayan

भूइंचालो ! हो फेरि एकपल्ट तिमी आउनै पर्छ !

फूलहरू नझर्ने गरी
फलफूलका चिचिंडाहरू नझार्ने गरी
हो यहि ऋतुमा, जति सक्यो चांडो तिमी आउनै पर्छ !

पैरोले वस्ती नखस्ने गरी
बाढीले बालीहरू नबिगार्ने गरी
कलिला मनहरू नकठाँग्रिने गरी
चरम उष्णता नहुने गरी …
हो अनिवार्य छ, आउनै पर्छ
तिम्रो आगमनको प्रतिक्षारत छन् सबै !

किसानहरु भनिरहेछन् – मल नपाईयोस्
पिडितहरू भनिरहेछन् – राहत नबाँडियोस्
भनिरहेछन् सबै – बरू उर्जा संकट लम्बिरहोस्
क्षमताले भ्याएसम्म अन्याय पनि सहिरहनेछौँ
हो तिमी आउनै पर्छ फेरि एकपल्ट,
भूइंचालो शिघ्र आऊ !

पृथ्वीको धड्कन हौ तिमी
तिमी निदायौ भने पृथ्वी नै सुस्ताउंछ
र, सारा सृष्टि नै मर्छ !
गतिविहिन हैन
चलायमान बन भूकम्प तिमी …

तिम्रो स्तुति मात्रले पनि मुटु काँपिरहेछ …
कायरहरुको
भ्रष्टहरुको
कालाबजारियाहरुको
सर्बहाराको नाममा बनेका नव-धनाढ्यहरुको
कू-शासकहरुको !!! …

हो यी सवैलाई बढार्ने गरी
जराम्स पनि नरहने गरी
हाम्रा सन्ततीले इतिहासमा मात्र पढ्न पाउने गरी
महा-भूकम्प ! यहि वसन्तमा आऊ !
वैसाख-१२ नकुर, शिघ्र आऊ !
अनि कहिलै फर्कन नपर्ने गरी
हाम्रा कू-संस्कार निफनेर जाऊ …!!!

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.