कविता : झुटको खेती गर्नेहरु

~ललिता कार्की~

चोखो माया पिरतिमा झुटको खेती गर्नेहरु !
छाती चिरी घाइते बनाइ नुनचुक छर्नेहरु !!
अरुलाई रित्तो बनाइ आफ्नो जीबन भर्नेहरु !
खेल ठानी जुत्तासरी मनमुटु फेर्नेहरु !!

चोट दिंदै अरुको भावना सँग खेल्नेहरु !
बगलिमा छुरा राखी मिठो बचन् बोल्नेहरु !!
झुप्रो माथी आगो लगाइ महलको सपना देख्नेहरु !
सोझो पनको फाईदा उठाइ आस्तित्त्वलाई लुट्नेहरु !!

होस गर जीबन भरी पश्चातापमा जल्नुपर्ला !
आसुँ अनि सरापमा जुनिभरि रुनुपर्ला !!
चिन्नेगर्नु यथार्थलाई यादै यादमा डुब्नुपर्ला !
यौबनले नमात्तिनु रुँदा रुँदै मर्नुपर्ला !!

ललिता कार्की
धुर्कोट बस्तु- ४ गुल्मी
हाल, काठमाण्डौं

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.