कविता : म त जिउँदो मानिस

~माया पाण्डे~

आँखाले ठम्याउने संसार मेरो
मुटुले भ्याउने भावना मेरो
सिमाहिन आशाका किरण मेरो
म त जिउँदो मानिस सम्पूर्ण मेरो

यो बाटो मेरो, त्यो बाटो मेरो
यो गोरेटो मेरो, त्यो गोरेटो मेरो
हाँसेर बोलाइरहेको त्यो लक्ष मेरो
म त जिउँदो मानिस सम्पूर्ण मेरो।

Maya Pandey
Baluwatar, Kathmandu, Nepal

(स्रोत: तन्नेरी डट कम – Issue 13 – Paush, 2062 )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.