~अमृत सिङ थिङ~
हजार चोट स्विकारे थें तिम्रो हाँसोको लागी
आफ्नो भारी घटाएँ थोरै तिम्रो नासोको लागी
अँध्यारोमा साथ खोज्दै भुतारिएँ चारै तिर
हरेक अंग पल्टाई दिए तिम्रो चासोको लागी
पुग्नु थियो धेरै टाढा एक रात बास बस्न
एकान्तमा तड्पी रहे तिम्रो पासो को लागी
न कुनै दुखेसो गरे न कुनै प्रतिकार थियो
बिक्षिप्तीएर रोएँ आफै मनको ब्वाँसोको लागी
अँध्यारो थियो रात पक्कै जुनले साथ छोड्दा
धेरै गाँठो कसिरहे तिम्रो गाँसोको लागी ।।
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )