कविता : छोरी

~उपेन्द्र सुब्बा~Upendra Subba_1

छोरीले मिठाइ माग्न छाडी
विरक्तिएको छ मन हिजोआज
उहिले जस्तो रोईकराई, चिच्याई
छोरीले मिठाइ मागे हुन्थ्यो –
“पापा एउटा मिठाइ किनिदिनु न !”
कसम! आज म रिसाउने थिइन
छोरीलाई आँखा सन्काएर तर्साउने थिइन
आज मसँग कविता बेचेको केही पैसा छ
छोरीलाई मिठाइ किनिदिने मन पनि छ
तर, छोरीले मिठाई माग्न छाडी
विरक्तिएको छ मन हिजोआज !
आज-
छोरीलाई काखमा राखेर
रुँदै-रुँदै सोधूँ कि आफै-
“छोरी मिठाई खाने ?”
सायद, अब मेरो छोरी ठूली भइन् !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.