गजल : बस्ती छ यहाँ

~नविन बस्याल~

महङ्गो महलभित्र सुत्नेहरुको बस्ती छ यहाँ
चिल्लो कारमा सडक कुद्नेको बस्ती छ यहाँ

त्रिपाल नपाउने गरिब दुःखी नै रहे देशमा
राष्ट्रलाई जुवा खेल्न जुट्नेको बस्ती छ यहाँ

हरेक समयभित्र ज्यान गुमाउने गरिब नै
उद्दारको नाम बेच्दै लुट्नेको बस्ती छ यहाँ

चाडवाड खुशीका दिन्छौ र कतै निमुखालाई ?
मसिनो खाई मुख चुट्नेको बस्ती छ यहाँ

सामान्य सिटामल छैन औषधि मजदुरलाई
ज्वरो आउँदा ढुकुटी भुट्नेको बस्ती छ यहाँ

– प्युठान हाल लखनऊ, भारत

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.