~मिजास तेम्ब~
परदेश रहँदाको नियास्रोपन, आफन्त र परिवारजनसँगको विछोडमा उर्लिएको अतीतमोह आदिको लेखनबाट शुरु भएको डायस्पोरिक साहित्य लेखन हाल आएर साहित्यमा नविन चिन्तन र प्रयोगसम्म पुगेको देखिन्छ । देशभन्दा बाहिर बसेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य मान्यो भने बेलायत पनि नेपाली साहित्यको लागि उर्वरशील डायस्पोरिक साहित्य क्षेत्र हुन आउँछ । यद्यपि डायस्पोरिक साहित्य सिद्धान्तको स्पस्ट अवधारणा आइसकेको अवस्था भने छैन र नेपाली साहित्यमा यसको जति चर्चा परिचर्चा हुनु पर्ने हो त्यो पनि नभइरहेको प्रतीत हन्छ । प्रस्तुत लेखमा बेलायती ु डायस्पोरामा रहेका साहित्यिक संघ संस्था र यहाँका साहित्यकारहरुले अवलम्बन गरेका लेखनधर्मिताका बारेमा संक्षिप्त चर्चा गरिन्छ । बेलायतमै बसेर नेपाली साहित्यको लेखन गर्न थालिएको साह्रै पुरानो भएको छैन । बेलायत भ्रमण र यसको सन्दर्भमा लेखिएको साहित्यलाई यसभित्र नगाभ्ने हो भने बेलायती गोर्खाली सेनामा काम गरेका सेनाहरुको लेखन नै सबैभन्दा पुरानो डायस्पोरिक साहित्य हुन आउछ । हुन त बेलायतमा उच्च शिक्षा हासिल गर्न आउने एकाध नेपाली बिद्यार्थीहरु पहिल्यैदेखि भए पनि तिनले लेखेका कृतिहरु देख्न पाइएको छैन । बेलायती गोर्खाली सेना र तिनको परिवारका लागि भनेर सन १९४९ को जनवरी महिनादेखि नै पर्वते नामक मासिक पत्रिकाको प्रकाशनारम्भ भएको देखिन्छ । गोर्खाली सेनामा काम गर्ने स्रष्टाहरुले यही पत्रिकामा आÏना लेख रचनाहरु प्रकाशन गर्ने अवसर पाए । यस मासिक पत्रिकाले प्रत्यक्ष परोक्ष नेपाली भाषा र साहित्यको सेवा ग¥यो । अर्कोतिर लामो समयदेखि बेलायतमा बसोवास गर्दै आएका गैरगोर्खाहरुमा साहित्यकार स्वर्गीय ईश्वर मानन्धर नै पहिलो बेलायती डायस्पोराका स्रष्टा देखिन पुग्छन् । त्यसपछि बिस्तारै गोर्खा र गैरगोर्खाहरुको बेलायत आगमन बाक्लिँदै गएको पाइन्छ ।
बेलायतमा साहित्यिक संघसंस्थाहरुः
नेपाली साहित्य विकास परिषद, युकेनै बेलायतमा खोलिएको पहिलो साहित्यिक संस्था हो । साहित्यकार स्वर्गीय ईश्वर मानन्धर र हरिसिं थापा आदिले सन् १९९५ मा यस संस्थाको जन्म गराएका हुन् । त्यसपछि बेलायती सेनामै कार्यरत् गोर्खालीहरुले सन २००१ मा प्रवासी नेपाली साहित्य समाजको स्थापना गरे । सन् २००७ मा बेलायती सेनामै कार्यरत् युवा स्रष्टाहरुले नेपाली कला साहित्य तथा संगीत मञ्चको स्थापना गरे । त्यसपछि सन् २००८ मा बेलायतमा रहेका सेवारत्, सेवानिवृत्त तथा गैरगोर्खा सबैलाई समेट्ने गरी एउटा बृहत संगठनको परिकल्पना गरी नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको स्थापना भयो । यस अघिका प्रवासी नेपाली साहित्य समाज र नेपाली कला साहित्य तथा संगीत मन्च दुई संस्थाहरु औपचरिक रुपमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतमा गाभिए । अन्य मुलुक मूल भई बेलायतमा शाखा प्रशाखा सञ्चालन गरिएका साहित्यिक संगठनहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युके च्याप्टर, विश्व साहित्य महासंघ बेलायत शाखा र नेपाली वाङ्मय प्रतिष्ठान युके रहेका छन् ।
यहा“का अधिकांश साहित्यिक संघसंस्थाहरुले वार्षिक रुपमा एकाध साहित्यकारहरुको जन्मजयन्ती मनाउने तथा कवि गोष्ठी गर्ने अथवा कृति विमोचन गर्ने भन्दा फरक प्रकृतिका पहलहरु गरेको देखिँदैन । बेलायत मूल भएको संस्था नेपाली प्रतिभा प्रतिष्ठानले भने आÏनो स्थापना कालको छोटो अवधिमै महत्वपूर्ण कार्यहरु गरेको देखिन्छ । विगत पाँच वर्षदेखि यस प्रतिष्ठानले डायस्पोराबाट प्रदान गरिने सबैभन्दा ठूलो धनराशीको पुरस्कार तथा सम्मान सञ्चालन गर्दै आएको छ । साथै यसले झण्डै दुई दर्जन साहित्यिक कृतिहरुको प्रकाशन पनि गरेको छ । सन् २००९ सालमा सर्वप्रथम यही संस्थाले बेलायतमा नेपाली भाषाको अध्यापन गरिनु पर्छ भनेर बृहत अन्तरक्रियाको आयोजना ग¥यो । हरेक वर्ष अभिब्यक्ति श्रृङ्खला नामक एक सृजनात्मक कार्यक्रम पनि प्रतिष्ठानले नै सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युके शाखाले गत वर्षमात्र बेलायतमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरेको थियो भने अन्य संघसंस्थाहरुले त्यस्तो उल्लेख्य काम गरिरहेको देखिँदैन ।
बेलायती नेपाली साहित्यको स्तरः
लेखन प्रयासका साहित्यकारदेखि साहित्यमै नया“ चिन्तन ल्याउने तह र तप्काका साहित्यकारसम्म बेलायती डायस्पोरामा भेटिन्छन् । हाल आएर नेपाली साहित्यमै सर्वथा नया“ चिन्तन नवचेतनाग्रह, डायस्पोरिक चेतना र युद्ध साहित्य सिद्धान्त गरी जम्मा तीनवटा सशक्त साहित्यिक चिन्तनहरु बेलायत भूमिबाटै भएको देखिन्छ । विक्रम सम्बत २०६३ सालमा मिजास तेम्बे र का¨मा¨ नरेशद्वारा सम्पादित संयुक्त कविता संग्रह सीमाहीन विम्बहरुको प्रकाशनसंगै बेलायती डायस्पोराको साहित्यले महत्वपूर्ण मोड लिएको देखिन्छ । त्यस लगत्तै का¨मा¨ नरेश, मिजास तेम्बे र अब्जसे कान्छाद्वारा सम्पादित संयुक्त कविता संग्रह ग्रीनविचका प्रतिध्वनीहरु त झनै बेलायती डायस्पोराको एउटा ऐतिहासिक कृति हुन आउ“छ । त्यसैगरी का¨मा¨ नरेश र अब्जसे कान्छाद्वारा सम्पादित युद्द कविता संग्रह युद्धमा हराएको प्रेम, नेपाली युद्ध साहित्यकै पहिलो युद्धकविता संग्रह हो । बेलायती डायस्पोराबाट लेखिएका केही राम्रा र ऐतिहासिक कृतिहरु नेपालका विश्व विद्यालयहरुमा सन्दर्भ सामग्रीको सूचीमा राखिएका छन् भने बेलायती डायस्पोरिक साहित्यको बारेमा त्रिभुवन विश्वविद्यालयमा अध्यनरत केही विद्यार्थीहरुले शोधकार्य सम्पन्न गरिसकेका पनि छन् । बेलायतका केही उत्कृष्ट स्रष्टाहरुको ब्यक्तित्व र कृतित्वमाथि शोधकार्यहरु पनि भइरहेका छन् ।
स्रष्टाहरुको विधागत उपस्थितिः
साहित्यका पनि अनेक विधाहरु छन् । बेलायती डायस्पोरामा बसेर कलम चलाइरहेका स्रष्टाहरुमा क–कस्ले कुन कुन विधामा हात हालेका छन् भनेर केही प्रतिनिधि स्रष्टाहरुको नामावली यस प्रकारले देखिन्छ । उपन्यास लेख्ने स्रष्टाहरुमा गणेश राई, हरिसिं थापा, मुलीबीर राई, का¨मा¨ नरेश र रमेश यतिम । कथा लेख्ने स्रष्टामा ईश्वर मानन्धर, रक्ष राई, टंक वनेम, जया राई र लारा राई । संस्मरण लेख्नेहरुमा ईश्वर मानन्धर, दयाकृष्ण राई, टंक वनेम, विश्वासदीप तिगेला र केदार सङ्केत । कविता लेख्नेहरु रक्ष राई, हरिसिं थापा, मुकुल दाहाल, दयाकृष्ण राई, देवेन्द्र खेरेस, मिजास तेम्बे, का¨मा¨ नरेश, अब्जसे कान्छा, लारा राई, डा. रुपक श्रेष्ठ, गोपीकृष्ण प्रसाई, रामकृष्ण सुनुवार, दधिबन्धु घर्तिमगर, कोमल मल्ल, मनिष श्रेष्ठ, मनिका राना, भोजराज बराल बिमला सुच्चा राई, नवराज राई र प्रतिभा बोहरा आदि । गीत लेख्नेहरु हरिसिं थापा, सरिता नाना चाम्लि¨, दुत बहादुर पुन, ईश्वर चाम्लि¨, निलम आ¨बुहा¨ राई, नरेश नाति, हेमकुमार राई, चोक गुरु¨, दीपा लिम्बू राई, र निर्मला राई आदि । गजल लेख्नेहरुमा मिजास तेम्बे, अन्जु अन्जली, मुकेश राई, बिपु वाईबा, लारा र निलम आ¨बुहा¨ राई । मुक्तक लेख्नेहरुमा नरेश नाति, भोजराज बराल, जगत नवोदित र आनन्द रानोंहोछा आदि । नाटक लेख्नेहरुमा गोपि सापकोटा, भावना सुनुवार र जरजर हा¨बा¨ र अन्त्यमा हाईकू लेख्नेहरुमा केदार सङकेत र अब्जसे कान्छा रहेका छन् । यसरी हेर्दा बेलायत भूमिमा लेखिने साहित्यका विविध विधाहरु मध्ये कविता विधा नै सबैभन्दा बढी लेखिने र छापिने विधा पर्न आउछ भने नाटक र हाईकू कम “ लेखिने विधामा पर्दछन् । बेलायत भूमिमा लेखिएको नेपाली साहित्यको एकमुस्ठ मूल्याङकन गर्ने हो भने सामान्य रुपमा आत्मरतिको वृत्तमा लेखिने साहित्यदेखि नेपाली साहित्यमै नविन साहित्य चिन्तनहरुसम्म भइरहेको देखिन्छ । अहिले बेलायतमा रहेर बौद्धिक अभ्यास र चिन्तन गरिरहने स्रष्टाहरुमा नवचेतना ग्रहका प्रवर्तकद्वय रक्ष राई र मिजास तेम्बे तथा युद्ध साहित्य सिद्धान्तका अभियन्तात्रय गणेश राई, का¨मा¨ नरेश र अब्जसे कान्छा पर्दछन् ।
(स्रोत : प्रवासी पत्रकारिता, वर्ष १, अंक १)