कविता : तिमी

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

तिमीलाई पहिलो पटक देख्दा खासै केही भेटिएन
र त तिम्रो अस्तित्व नि झल्कीएन
जब तिम्रो अनुपस्थितिम तिम्रा पहिलाका डोबहरु देखिन थाल्यो
तब लाग्यो तिमी एक, एकदमै साँगुरो युगको
केबल एक शब्द को भरमा संसार चकित पार्ने सुचना अनि प्रविधि
आधुनिक समाज परिवर्तनका लागि परेको एक युग साधक
सालिनता र मिलनसारिताको प्रतिमा
हो ,यस्तै तरिकाले बुझे तिमीलाई मैले
आधुनिक युगको दास बनेका मानव समाजमा रुमलेर पनि
कति पनि आफ्नो गन्तव्य नभुलाई अघि बढेका तिमी
बास्तवमा तिम्रै महानता, तिम्रै उचाई भन्दा नि धेरै उच्चाईमा छ
तिम्रो बोलिको प्रभावले तिम्रो व्यहारमा मात्र होईन
तिम्रो सीपहरुमा नि उतिकै छछल्केका छन्
विज्ञान र प्रविधिमा प्रगतिको उच्चतममा पुगे पनि
तिमी भित्र अलिकति पनि अहम छैन ,घमण्ड छैन
बरु, छ त आत्माविश्वास अनि टुट साहस
प्रबिधिको क्षेत्रमा तिम्रो योगदान नियालि हेर्दा
लाग्छ, सैसवकाल देखि तिम्रो अर्मूत सीपहरु चलमलाएका हुन
तिमीभित्रको विश्वास साकारतामा परिवर्तित भएका छन
र त तिम्रो त्यो हसिलो अनुहारमा झल्केका मुस्कानका लहरहरु
शान्त छन् ,विश्वस्त छन् अनि निश्चल छन्
तिम्रो बोल्ने हरेक बोलीमा मिठास छ
अनि ,
अनि तिमीले हेर्ने दृष्टिमा सुनौलो सपना छ
लम्केका ती तिम्रा पदचापहरुले बस मात्र संस्कृतिका डोबहरु छोडेका छन
अनि तिमीले गर्ने हरेक यात्राले एउटा नौलो गोरेटो तय गरेको छ
डाडाकाडा ,मरुभुमी ,हराभरा,खेतका गह्रा, शहरका कुना कुनामा
अनि गाउँ गाउको पखेरीमा ,तिम्रो पाईलाहरु दोहोरिएका छन
प्रकृतिको सुन्दर छटामा आफुलाई पोख्याएर हिड्ने तिम्रो त्यो पौरख देखेर
अति स्वच्छन्दले यायावर गर्ने तिम्रो त्यो अत्ति मिलनसार स्वभाव देखेर
मलाई पनि तिमी जस्तै बन्ने जागर चलेको छ
तिम्रो ती सन्दर भावबाट प्रेरित भई
दरिलो साहस अनि जागरका रश्मीहरु झुल्केका छन् मनको तकता भित्र
अति तिमी जस्तै बनेर लम्कने जागर पलाएको छ
कलियुगमा पनि युग पुरुष बनेर हिड्ने तिमी
अनि तिम्रो पाईलाहरु कयौ्को मन जित्ने तिम्रो शालिनता
नुतन प्रविधिको दास बनेकाहरु
तिम्रो भक्त बनी रहेका छन्
शायद रोग ,भोक अनि अविकसित भएर रुमलेका बेला
हो, तिमी जस्तै युग पुरुषको आवश्यकता छ
अनि तिम्रो साहसिला पाइलाहरुको खाँचो छ
संसार भुलाई दिने एक मुस्कानको खाँचो छ।।

रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.