यात्रा संस्मरण : एस्तो पनि हुदो रहेछ

~खडानन्द तिमलसिना~

जीवन जीउने क्रममा धेरै यात्राहरु भएका हुन्छन कति यात्राहरु संझौं भनेर पनि संझन सकिन्न भने कति यात्रालाई र्विसौं भनेर पनि विर्सन सकिन्न त्यहि मध्यको यो एउटा यात्रा सिन्धुली देखि बुटवल सम्म भएको छ । यात्रा यसरी सुरु हुन्छ । मिती २०७४ माघ २७ गते शनिवारको दिन नमुना बहुउद्धेश्यीय सहकारी संस्था लिमीटेडको वित्तिय कामको सिलसिलामा सहकारीको प्रमुख ब्यवस्थापक तेजेन्द्र खड्का म र प्रेमनाथ मैनाली (बासु) बुटवल जानु पर्ने थियो । संयोग बस ब्यवस्थापक अन्जु वाईवाको पनि माईत जाने भनेर सगै भईन हेटौंडा सम्म भने सहकारीको अरु कार्यक्रम परेकाले मिलीझुली साकोसको अध्यक्ष बालकुमारी श्रेष्ठ (विमला) र ब्यवस्थापक दिपेन्द्रध्वज बस्नेत लगाएतको अर्को टिम पनि सगै जाने निधो भयो । अध्यारो रातलाई चिर्दै मिर्मरेको विहानीले आउने तर्खर गर्दै थियो । हामीले अध्यारोको पनि प्रवाहा नगरी यात्रा अघाडी बढायौं सिन्धुलीको बसपार्कमा जम्मा भएर एउटा स्कारपियोमा चढीयो । भर्खर थाइल्याण्ड पुगेर आउनु भएकाले विमला मेडमले त्याहाँ पुगेर आफुले गरेको अनुभवहरुलाई सुनाउदै गर्दा घरी धेरै रमाईलो हुन्थ्यो कहिले आङ्ग सिरीङ हुन्थ्यो विशेष गरी महिलाहरुले आफ्नो अस्मिता र जवानीलाई बेचेर देश र आफुलाई आत्मा निर्भर बनाएको कुरा सुन्दा अचम्म लाग्थ्यो भने कारुणीक र हृदय स्पर्सी कुरा चाहि एउटा बर्खरको बालापन जस्तै देखिने उमेर नै नपुगेकी जस्ती बच्चिलाई लिएर एउटा ज्यानदार बैशालु ठिटो उसको जवानीमा मोज मस्ति गरिएको कारुणीक कुरा सुन्दा मन कुडिन्थ्यो अनि त्याहाको कानुनि अबस्था के होला भनेर जिज्ञासा जाग्थ्यो अरु कुरा सबै मिली सके पछि कमसेकम उमेरले पनि सुहादो मिल्दो जोडीहरु सँग ब्यवहार गर्नु पर्ने तर पुरुषहरुले आफु भन्दा धेरै सानो उमेरका कलिला बच्चीहरु सँग योवनको प्यास मेटाउन खोजीएको कारुणीक र हृदयस्र्पसी कुराले मनमा तीतो छाएको थियो विकसित देशमा किन एतिकुरामा ध्यान नदिएका होलान भनेर ।

ब्यवस्थापक दिपेन्द्रध्वज बस्नेतले सहकारीले ऋण लगानि गर्ने बेला राम्रो सँग ध्यान दिनु पर्ने र धितो मुल्याङ्कन गर्ने बेलामा ऋण समितले चलन चल्तिको मुल्य र सरकारी मुल्याङ्कनलाई हेरी उचित तरीकाले लगानि गर्नु पर्ने अन्यथा मुल्याङ्कन गर्ने ब्यक्ति पछि फस्न सक्छ । जस्ता महत्वपुर्ण कुराहरु गर्दै सिन्धुलीको माईस्थान मन्दिर हुदै चुरेका रमिणय डाँडाँकाँडाहरु , बर्दिबासको तातो हावा लालवन्दिको रमणियफाँटहरु , बाग्मतिको पवित्र गंगाजलले हामीलाई स्वागत गर्दै हाम्रो यात्रा हेटौंढा पुगे पछि छिन्न भिन्न हुन्छ । अनि सकिन्छ स्कारपीयोको यात्रा हामी सार्वजनिक सवारी साधनको पर्खाईमा बाटोको छेउमा उभिन्छौं । हामीलाई देखे पछि गाढीका कन्ट्रेक्टर खलासीहरु हामीलाई फकाएर आफ्नो गाढीमा चढाउनलाई धेरै थरीका प्रलोभन देखाउदै आउछन । हामी जस्ले राम्रो बोली बचन र प्रलोभन दिन सक्यो उसैको गाडीमा चढ्छौं । किन सहज हुन्थ्यो र यात्रा अघि एसी वाला गाढीमा आएर अहिले मान्छे खचाखच भएको सार्वजनिक यातायातमा चढ्दा अलि असजिलो त हुने नै भयो । त्यसमा पनि सिटमा मात्रै यात्रुहरु राखि दिएको भए कति सहज हुने थियो मान्छेहरु कोचाकोच गरेर उभिन पनि गाह्रो पर्ने गरी मान्छे हाले पछि असहिय हुन्छ । राज्यको उपस्थिती सुन्य लाग्छ पैसा कमाउने सोचमा यात्रुहरुलाई कति अप्ठेरो सारोगाह्रो परि रहेको छ भन्ने कुरा विर्सिएको देखेर मनमा रिसको आघो दन्किएर आउछ । त्यहि रिसको आवेगमा मुर्मुरीदै गर्दा चितवन पुगेको पत्तो नै हुन्न झर्ने बेला भइ सकेको हुन्छ । बुटवलमा फेसबुकबाट परिचीत मित्र जयन्ति सरगमले साहित्यीक कार्यक्रम छ भन्नु भएको थियो अलि चाडै पुग्न पाए उक्त कार्यक्रममा धेरै साहित्यीक मित्रहरुसँग चिनाजनाी हुन्थ्यो भनेर मन हतारीएको थियो । खाना पनि नखाई जान पाए चाडै पुगिन्थ्यो भन्ने लागि रहेको थियो । असाध्य भोक लागेकोले खाना खाएर रोडमा आई फेरी स्कारपियोमा आखाँ लगाउन थालियो । नभन्दै त चिता म पुर्याउछु भने झै स्कारपीयो भेटियो भाडा अलि महगो भए पनि मतलब गरिएन । फेरी यात्रा सुरु भयो चितवनबाट बुटवल सम्मको मध्यान्नको १२ वज्न लागेको थियो माघको दिन भए पनि गर्मिको सुरुवात भई सकेको थियो नवलपरासीको सम्म र पारीलोफाट हेर्दै शोभनिय आखाँ नै लोभ्याउने गुप्तेश्वर माहादेबको मन्दिरमा कुदिएका सिकर्मीले बनाएको कलाकर्मिका सिपहरुको प्रशंसा गर्दैै बुटवल बजारको चौराहा चोक पुगिएछ । अरु धेरै ठाँउ थाहा नभएको र गाढीको लामो यात्राले थकित शरिर होटल पुगेर साहित्यीक कार्यक्रम जाने मेरो रहर अनि सामाजीक सञ्जालबाट जोडिएकी साथी जयन्ति सरगमले विचमा संझाउनु भएको याद आउछ । पुग्ने वित्तिकै फोन गरेर म तपाईको ठाँउमा आई पुगे ठाँउको नाम भन्दै कार्यक्र भई रहेको छ जानुन भने पछि अपरिचित ठाँउ कसरी जानु कसैलाई चिनेको पनि छैन हजुरलाई फुर्सद भए पछि आउनु होला अनि सगै जाउला भने हुन्छ भनेर फोन काटियो मेरो मन हतारीएको थियो । नभन्दै मेरो मनले हतारीएको कुरा बुझेर होला चाडै फोन आयो चोकतिर निस्कनुनत हामी आउदै छौं । हामी पनि तिनै जना साहित्य संगम बुटवलद्धरा आयोजीत प्रत्येक महिनाको अन्तिम शनिबार हुने साहित्य संगम कार्यक्रको लागि निस्कयौं । जीवराज आश्रित स्मृति प्रतिष्ठानको सभाहलमा जानलाई हिडेउ तर ठाँउ थाहा नभएकाले जयन्ति सरगम जीलाई फेरी फोन गरियो । नजीकै हुनु हुदो रहेछ भेटको प्रतिक्षाको घडि सागुरीदै गएको आभास भयो । कहिले नदेखेको अपरिचित अनुहार कस्तो होला मन कौतुहल थियो । नभन्दै चौराहा चोकको पुर्वपटिको बस स्टेसनमा हाम्रो भेट हुन्छ । शिर झुकाएर मनै देखी दुबैले साहित्यक नमन गर्छौं । कति खेर भेट होला भनेर तछाडमछाड गरिरहेको मेरो मनलाई हल्का सन्तोना मिल्छ कवियत्रि जयन्ती सरगमलाई देख्ने वितिकै मनले असल साथी पाएकोमा गर्ब गर्छ । सादा जीवन र उच्च विचार दर्शाउने भेष भुषा र भोलीचालीबाटै उनको परिचय पाउन कठिन हुदैन ।

सिम्पल खालको लुवाई , नरम खालको बोलीबचन , विना श्रृङ्गारको अनुहार , ओठमा रहेको लजालु मन्द मुस्कानले २१ सताब्दीको नाममा आएको विकृति विसंगति जस्तै च्यातिएको पाइट लगाउने अनुहार भरी लाली किरीम पाउडर घस्नेहरुलाई गिज्याई रहेको आभस हुन्थ्यो । समय आफ्नै गतिमा हिडी रहेको थियो समयले हामीलाई हतार भएको कुरा बुझ्दैन थियो । कार्यक्रम स्थलमा मलाई पुर्याउनको लागि जयन्ति सरगम हतारी रहनु भएको थियो भने म पनि हतारीरहेको थिए । अलि टाढा भएकाले ट्याम्पो चढेर हिडीयो । साहित्य संगम बुटवलद्धरा आयोजीत प्रत्येक महिनाको अन्तिम शनिबार हुने साहित्य संगम कार्यक्रम स्थलमा पुगेउ । जीवराज आश्रित स्मृति प्रतिष्ठानको सभाहलको माथिको तलामा रहेछ हामी पाँचै जना कार्यक्रम स्थल प्रबेश गरेउ एकान्त सुनसान रमणिय ठाँउ सभाहलको भित्तामा २६९ साहित्य संगम कार्यक्रम लेखिएको थियो । समयले नेटो काटी सकेको र अर्को पनि साहित्यीक कार्यक्रम नजीकै भएकाले कार्यक्रममा उपस्थितीको संख्या न्युन थियो । तर पनि प्रतिनिधी मुलक उपस्थित महसुस गरे मुक्तक विधामा पीएचडी गर्नु भएका आदरणीय गुरु देखि भर्खर साहित्यको क्षेत्रमा लाग्नु भएका कलिला हातहरु समेत कार्यक्रम स्थलमा हुनु हुन्थ्यो । समान्य परिचयात्मक कार्यक्रम सगै रचना बाचन तिर लागियो । सबैले आ आफ्ना रचनाहरु बाचन गर्नु भयो । बाचन गरिएका मध्य उत्कृष्ठ जयन्ति सरगम जीको रचना थियो जस्ले हृदयमा छुन सफल भएको थियो । अलि बेसी कुरा कानी र चिनाजनिले होला सायद जयन्ति सरगम जीको सबै क्रियाकलापहरुले मनमा गहिरो छाप पारि रहेको थियो । कार्यक्रम समापन तिर पुगेउ मैले एउटा फोटो खिच्ने प्रस्ताब गरे हुनत मनले खिची सकेको थियो कार्यक्र र उपस्थितीहरुको फोटो तर पनि यो मनले खिचेको फोटो मरे पछि जलाएर सकिएला तर क्यामरामा कैद गरिएका फोटाहरु सधै भरी जिवन्त र अमर रहने हुनाले फोटो सेसन तिर लागियो । मेरो ११११ गजल सग्रह पुस्तक साहित्य संगम बुटवललाई उपहार स्वरुप हस्तान्तरण गरे । कार्यक्रम समापन सगै सबै जना फर्किन तिर लागियो । तर मन मानि रहेको थिएन । छुट्नलाई अग्रज साहित्यकारहरु सँगको भलाकुसारी अनि जयन्ति सरगम जी सँगको गन्थन अझ धेरै गर्न मन थियो ब्यक्त गर्न सक्दीनथे हलबाट तल झरे पछि चिया पिउन तिर लागे सबै जना आफु चिया नपीउने भएकाले आदरणी ब्याक्तित्वहरु सँग छोटो भला कुसारी गर्दै आ आफ्नो गन्तब्य तिर पाइलाहरु अघि बढ्छ तर जयन्ति जी सँगको भलाकुसारी गर्ने धित अझै मेरेको थिएन मेरो ११११ गजल सग्रह दिने कुरा पनि बाकी नै थियो जुन कुरा म भन्नै सक्दिनथे त्यसैले अलि पर सम्मको यात्रा सगै गर्न चाहान्थे बुटवलका पर्यटकीय स्थलहरु घुम्न चाहान्थौं नभन्दै मनको चाहाना अनुसार अलि माथी सम्म सँगै जाने निधो भयो । हाम्रो लागि विल्कुल नयाँ ठाँउ भएकाले घुम्न लायक ठाँउहरुको बारेमा जानकारी दिदै हामी सगै कुरा गर्दै आउदै गर्दा जयन्ति जीका अरु साथीहरु छुटी सकेका थिए । मैले जयन्ति जीलाई मेरो ११११ गजल सग्रह दिदै पढेर एउटा पाठक प्रतिक्रीय लेखी दिनु होला भने जयन्ति जीले मेरो किताबको पैसा दिन खोज्नु भयो । मैले मानिन बरु दिन नै मन छ भने हजुरले आफ्नो कृति निकाले पछि पठाई दिनु होला भने । त्यसो भए हुन्छ भन्दै किताब समाउनु भयो किताब लिदै र दिदै गरेको दृश्यलाई क्यमरामा कैद गर्न मन थियो ब्यक्त गर्न सकिन मन भित्रको रहर अधुरो नै रह्यो ब्यक्त गर्न नसकेकाले । साथीको विवाहामा जानु पर्ने भएकाले जयन्ति जीलाई हतार हुन्छ । सँगै घुम्ने रहर भए पनि समयले दिदैन खाजा खाएर हामी छुटिन्छौं । जयन्ति जीको बोट र हाम्रो बाटो फरक हुन्छ । भेट हुदा जति रमाईलो र खुशि भइएको थियो । ठिक त्यस्को विपरीत नरमाईलो महसुस हुनु कुनै नौलो कुरा होईन । हात हल्लाएर बाई भन्दै फरक फरक बाटो हिड्नु पर्ने समय नजिक पुगियो । बाटो फरक फरक भए पनि नजर र मनले एकै तिर जादै गरेको आभास गर्दै थियो । केहि बेरमा नै हामी एकआपसमा नदेखी गरी टाढा हुन्छौं । तर मन भित्र झन नजिक भएको आभास थपीदै जान्छ । झमक्क साझ परी सकेको हुन्छ हामी कोठा तिर लाग्छौं भोलि पल्ट विहान देबदह एफ एममा अन्तरवार्ताको लागि समय मिलाई दिनु भएको रहेछ जयन्ति जीले ।

साझमा फोन आउछ म शुसिल साप्कोटा देबदह एफ एमबाट भोली विहान सात बजेको लागि समय मिलाएको छु आउनु होला भने पछि मन अझै हर्ष विभोर हुन्छ अनि जयन्ति सरगम जीले मलाई बुटवलका साहित्यीक सहयात्रि साथीहरुको विच परिचत बनाउनलाई खेल्नु भएको भुमिकाको म सधै ऋणी रहनेछु । बेला बेलामा तिनै यादहरुले झस्क्याई रहेनछन । जयन्ति सरगम जीले म सँग के आसा र अपेक्षा गर्नु भएको थियो ? नत म सँग नै भन्नु भयो नत मैले नै बुझ्न सके यति धेरै सहयात्रा गरेर पनि हजुरको मनको चाहाना बुझ््न नसकेकोमा माफी चाहान्छु । मैले हजुरको आसा अपेक्षलाई समेट्न सके सकिन नत सोध्ने जमर्को गरे नत हजुरले नै भन्नु भयो । त्यो जे थियो गर्भैमा छ । कुनै दिन बाहिर आउला र आएको दिन थाहा पाउने प्रतिक्षामा छु । अन्त्यमा शब्दले मात्र धन्यबाद दिएर पुग्दैन थियो । बुझ्दा बुझदै पनि त्यसैमा विट मार्न बाध्य भए धन्यवाद जयन्ति जीलाई । गाढीको लामो यात्राले थाकेकोले थोरै रमाइलो गर्न मन लाग्यो साझमा तिन भाई रोधि घरको ढोका ढकढक्याउन पुगेउ नसालु पदार्थहरु केहि नपिउने भएकाले सोचे जति रमाइलो त लिन सकिएन तर पनि थोरै रमाइलोको साथमा रात वितेको पत्ते भएनछ १० बजी सकेछ रोदीबाट निस्किएर कोठा पुगेउ नयाँ ठाँउ नयाँ विस्तारा भएकाले निधाउन सहज थिएन । त्यसमा पनि दिउसो भरिका क्रियाकलपहरु सँग मन फर्किएर जान खोजी रह्यो रोक्न खोजे सकिएन तिनै यादहरु मनमा सल्बलाई रहे तिनै जना खासै निधाउन सकिएन मध्यरात पछि कति खेर निधाइयो पत्तो नै भएनछ एक्कासि विउजीदा अध्यारो रातलाई चिर्दै मिर्मीरेको विहानीले आउने तर्खर गर्दै रहेछ रेडियो कार्यक्रममा ७ बजे शुसिल जीले बोलाउनु भएकाले पनि अलि तातो लाग्यो । तेजेन्द्र जीलाई एक्लै छाडेर बासु जी र म देब दह एफ एम तिर यात्रा अघि बढाउछौं । कता हो जानु पर्ने ठाँउ खैरेनि चोकमा झर्नु भन्नु भएको थियो । स्थानियलाई सोध्दै गाढीमा चढिन्छ । सार्वजनिक गाढीको यात्रा सानो सिट गाढी भरी मान्छे सिटमा भन्दा उभिने बेसी, यात्रा कष्टकर हुन्छ तर संयोग बस सिट भेट्छौं हामी दुईले तर फरक ठाँउ अलि वरपर जानु पर्ने ठाँउ र हिडी रहेको बाटो अनि गाढिका यात्रु सबै हाम्रा लागि अपरिचीत थिए । सिटको निजकै बसेकी एउटि बैनि थिईन उनी सँग सहयोग माग्नु पर्यो भनेर धेरै चोटी बोल्न खोजे आँट आएन के भन्ने हुन कतै मलाई गलतपो सोच्ने हुनकी डराए सोधौं सोधौं बोलौं बोलौं लागि रहेको थियो । सकिन यात्रा धेरै अघि बढ्छ नसोध्ने हो भने जानु पर्ने ठाँउ कट्न सकिने संभावना हुन थाली सक्यो जब बाध्यताले पोल्दो रहेछ अनि सबै डर हराउदो रहेछ । मैले मुख खोले हामी लुम्बिनी एफ एम हिडेको हामी हिडीरहेका बाटो सही छनी जबाफमा गलत भयो मेरो बुझाईमा । त्यहि पनि सोध्छु साथीहरुलाई भन्दै फोन लगाउछीन र भन्छिन अर्कै तिर जानु पर्ने रहेछ लुम्बिनी एफ एम ठिक उल्टो तिर देखाउदै भनिन । मैले शुसील साप्कोटा जीले बोलाउनु भएको छ खैरेनि गेटमा झर्नु भन्नु भाको छ । भने पछि देबदेह एफ एममा होला भनिन् । मैले शुसील जीलाई फोन गरे कुन एफ एममा आउने हो म देब दह भने पछि सहिबाटो हीडी रहनु भएको छ म पनि उतै जाने हो सगै झरौंला खैरेनीमा भनिन अनि ढुक्क भयो । एउटा गाढी भित्र सिटको नजीकै बसेको साईनो र सम्बन्ध थियो उनि सँग हामी दुबै अपरिचीत हुदा उनिले हाम्रो सहयोगको लागि फोनको पैसा समेत खर्च गरेर सोधपुछ गरी सहिबाटो पत्ता लगाउनलाई खेल्नु भएको भुमीकाले उनको परिचय असल र धेरै सहयोगी भएको कुरा बुझ्न गाह्रो हुदैन थियो । झन अबत उनको बारेमा धेरै कुरा बुझ्न मन लागेर आयो । चिना जानी गर्न पाए हुन्थ्यो को होलीन नाम थर अनि घर सोध्न मन थियो । गाढीमा धेरै यात्रुहरु थिए के सोच्लान नयाँ केटा केटी सिटको नजिक बस्ने वित्तिकै राम्री केटि देखे पछि यसरी गिद्धे नजर लगाई हाल्छन केटा मान्छेले भन्ने सोचि देलान यी र यस्तै खालका चेतन र अवचेतन मनको विचमा सघर्ष हुन्छ । म सोध्न सक्दिन बरु सगै झरौंला भनेकोले झरे पछि धेर थोर कुरा गरौंला र उनको सहयोगी भाबनालाई कदर गर्दै एउटा संसमरण लेखौंला उनिको नामलाई स्मरण गर्दै भन्ने कुरा मनमा आउछ । नियालेर हेरे साधा जीवन र उच्च विचार रातो वर्णको चेहरा भएकी मिजासीलो ब्यवहार भएकी अपरिचीत मान्छे एतिकैमा झर्ने ठाँउ आई पुग्छ ।

लौ तपाईहरु पनि यहि झर्नु पर्ने हो भने पछि हामी पनि सँगै झर्छौ खैरेनिमा । झर्ने वित्तिकै रेडीयो देब दह एफ एम उ त्यहि हो भनेर टावरलाई देखाउदै तपाईहरु जानु होला भन्दा भन्दै नजिकै एउटा बाईक आई पुग्छ उनि त्यहि बाईकमा चढेर आफ्नो बाटो लाग्छिन । म उनिलाई अलि पर सम्म हेरी रहन्छु । जब सम्म आँखाले देखि रहन्छु ।उनि सँग परिचय गर्ने मेरो मनको रहर अधुरो नै हुन्छ । झन जिज्ञासा लाग्छ उनको बारेमा मनले खोजी गरी रहन्छ । उनको तस्बिर झल्झली छाति भित्र घुम्न थाल्छ । तछाड मछाड गर्छ । जति गरे पनि अब उनि सँग परिचय हुन सक्दैन । उनि मेरो लागि अपरिचित ब्यक्ति हुन्छिन । उनलाई विर्सनुको विकल्प हुदैन । म क्रमै सँग भुल्ने प्रयास गर्छु सकेको हुदीन पलपल याद आइ रहन्छ । हामी देव दह एफ एममा पुग्छौं । शुसिल साप्कोटा जी केहि बेर पछि आई पुग्नु हुन्छ । परिचयात्मक कार्यक्रम सगै शुसील जीले चलाउने साहित्यीक कार्यक्रमको अन्तरबार्ता सँगै मेरो रचना बाचन रेर्कडेट कार्यक्रम सकिन्छ । रेडियोका स्टेसन मेनेजर र संचालक साथीहरु सँग केहि बेर भलाकुसारी सँगै रेडियोबाट पनि बाहिरन्छौं । र सहकारीको काम तिर लागिन्छ । दिउसो १ बजेर सहकारीको काम पनि सकिन्छ अनि फर्किने बेला हुन्छ । फर्किने बेला फेरी जयन्ति सरगम जी सँग विदा माग्न मन लाग्छ । फोन गर्छु फोन उठ्दैन अनि गाढीमा भेट भएकी अपरिचीत ब्यक्ति सँग पनि विदा माग्न मन लाग्छ झल्को र यादमा आउछीन नत नाम थाहा छ नत फोन नंम्बर नै टोलाउने प्रयास गर्दै बाटोमा गाढी खोज्न तिर लागिन्छ । तातो गर्मि अनि गाढीले उढाएको धुलोको सिकार हुदै केहि बेर बाटोमा कुरिन्छ स्कारपीयोको खोजीमा नभेटे पछि सार्वजनिक यातायात चढीन्छ । गर्मि लागि सकेको थियो खचाखचा यात्रु अनि अलिकति वरपर रोक्दै हिड्ने गाढीमा दिक्क मान्दै सिन्धुली आई पुग्छौं । रातभरीको गाढीको यात्राको थकाईले पलङ्गमा बसेर फेसबुक खोल्छु र बुटवल तिरकै साथी रमा पाण्डेलाई म्यासेज गर्छु वुटवल आएको थिए हाम्रो भेट भएन मैले तिम्रो लागि भनेर किताव ल्याई दिएको थिए तिमी आईनौं फोन पनि गरिनौं । त्यसैले त्यो मेरो ११११ गजल सग्रह देब दह एफ एमको शुसील जीलाई छोडी दिएको छु मागेर पढ्नु होला भने पछी उनि छक्क पर्छिन र भन्छिन त्यो देब दह एफ देखाउने मान्छे म नै हु । हामी गाढीमा सँगै आएछौं तर चिना जानि भएनछ । यति भने पछि मलाई यो गितको याद आउछ ।
कति बोलेर पछुताउछन म नबोलेर पछुताए ।

उनको कुरा सुनेर म झसङ्ग हुन्छु । म जस्को यादमा तड्पी रहेको थिए । चिनाजानि गर्न नपाएकोमा दुःखी थिए । तिनै मान्छेलाई घरमा आए पछि चिनाजानि हुन्छ । भन्छन मनले चिता म पुर्याउछु भन्ने उखान संझिन्छु । साचि यो समय कति बलवान हुन्छ । म रमा पाण्डे सँग भेट गर्न चाहान्थे चिना जानि गर्न चाहान्थे मैले फेसबुकमा म्यसेज पनि गरेको थिए भेटौं भनेर उनले वास्ता गरिनन् फोन गर्नु भनेर नम्बर पनि दिएको थिए । फोन पनि गरिनन । म सँग नम्बर भएको भए गर्ने थिए नभएकाले गर्न सकिन । तर मेरो रहर र चाहानालाई समयले पुरा गर्ने प्रयास गरेको हो । तर नारी र पुरुषको विचको सम्बन्धलाई समाजले हेर्ने गिद्धे दृष्टिको सिकार भएर चिना जानि गर्न हिचकिचाउनु मेरो भुल संभिन्छु । मेरो मानस्पटल र मन भरी छाएकी अपरिचीत ब्यक्ति रमा पाण्डे रहिछीन । मेरो मनको कौतुहलता समाप्त हुन्छ । रुपन्देहीको बुटवलमा साहित्यीक सहयात्री साथीहरुको विच परिचीत गराउन सहयोग गर्नु हुने मित्रहरु शुसील साप्कोटा रमा पाण्डे र जयन्ति मगर (सरगम) लाई हृदय देखि धेरै धेरै धन्यबाद भन्दै कलम विसाउन चाहान्छु ।

खडानन्द तिमलसिना
स्थायी ठेगाना लाम्पनटार २ सिन्धुली
हाल कमलामाई नगरपालीका ६ सिन्धुली
मोबाईल नं ९८५४०४०८२७

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.