गजल : थोत्रो बस छुटेछ

~मनु ब्राजाकी~Manu Brajaki

नयाँ नेपाल जाने थोत्रो बस छुटेछ
भ्रष्टाचारले मगन्तेको पैसो लुटेछ ।

पूरा खान ‘प्रभु’लाई भोग लगायो
थोते बूढी आमालाई मकै भुटेछ ।

ऐना हेर्न डराउँछन् आज नेपाली
हिमालको भित्ते ऐना पनि फुटेछ ।

छोरी कुटी बुहारीलाई तर्साउनेले
आमालाई कुट्नुसम्म आज कुटेछ ।

लुट्या देश आपस्तमा भागबण्डा भो
अनि पो त दलहरू आज जुटेछ ।

यो देशको बालीनाली कस्तो हुने हो ?
पानी पर्नुसट्टा असिनाले चुटेछ ।

-सैँबु, भैँसेपाटी, ललितपुर

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.