~ललिता ‘दोषी’~
जीवन के हो र साथी !
कर्कलाको पानी हो
झुल्केपछि अस्ताउने
छोटो जिन्दगानी यो
नटुटौँ सपनाहरू कसैको
नलुटौँ खुसीहरू
सक्छौ भने बल्न दिऊँ
अरूकै घरमा बत्ती बरु
यदि सक्दैनौँ भने
चुपचाप नै बसौँ
अरूको र अँध्यारो देख्दा
किमार्थ नहासौँ
के थाहा जीवन
कहिले झर्छ शीत बनी
अनमोल विचारभन्दा ठूलो
छैन केही पनि
नतानौँ खुट्टा कसैको
बाधौँ पापी मन
त्यागभन्दा अर्को ठूलो
छैन कुनै धन ।