बहरबद्ध गजल : नेपालकै माया लाग्छ

~जीवराज बुढाथोकी~

नेपाली म नेपालकै माया लाग्छ ।
राम्रो भेष उस्तै मिठो भाषा लाग्छ ।

पर्बत ताल, खोला नदी आफ्नै जाति,
डाँडा फाँट थुम्का सबै खासा लाग्छ ।

धेरै जात आफ्नै प्रथा आफ्नै रीति,
साझा गीत साझै मिठो भाका लाग्छ।

आखिर हुन्न बिर्सेर त्यो श्रद्धा भक्ति,
ठूलो कर्म सानो बरू बाचा लाग्छ ।

भुल्नै हुन्न सम्झौं सदा यौटा उक्ति,
माटोसंग कर्तब्यको नाता लाग्छ ।

हाम्रै राज्य हामी गरौं सक्छौं जत्ति ,
जो बुझ्दैन कर्तब्य त्यो पाखा लाग्छ ।

बहर: हमीद
सुत्र: २२२१ २२१२ २२२१
मात्राः २१ बिश्रामः ८। ४

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.