युद्ध संस्मरण : एकदिन हाम्रोपनि दशैं आउने छ

~सरल सहयात्री पौडेल~

आमूल परिवर्तनको अभियानमा तिव्र गतिले हुइकिरहेको वर्तमान नेपालमा हरेकवर्ष आइरहने हिन्दुहरुको ‘महान चाड दशैं’ फेरि पनि आइरहेको छ । म आफुपनि एक हिन्दुको छोरो हु“ । तर म, मेरो परिवार आश्रीत जीवनमा वाहेक आफुलाइ हिन्दु वा कुनैपनि धर्मको पक्षपाति मान्दिन । किनकि म एक नास्तिक वनेको छु, भोतिकवादी वनेको छु वा कम्युनिष्ट हु“ । तर आर्दर्श र भौतिक परिवेशका वीचमा संघर्ष भएरनै वस्तुको विकाश हुने हो वा मान्छेहरु खारिने हो । मैले आफुलाइ भौतिकवादी र कम्युनिष्ट वनाउनको लागी यस्ता कयौं परिवेशहरुसंग लडेको छु, जसलाइ मैले यो छोटो लेख्ने प्रकृयामा उल्लेख गर्न सक्तिन । यद्यपी मैले याहा“ के चाहिं उल्लेख गर्न चाहेको छु भने कुनै एकदिन जुन वेला म युद्धको महायात्रामा आवद्ध थिए“, त्योवर्षको दशैं कसरि वित्यो ? कयौं यस्ता दशैंहरुमध्य मात्र एकदशैंको वारेमा लेख्नु यस लेखको उद्धेश्य हो ।

०५९ साल भाद्र २२ गते सिन्धुलिको भिमानमा भएको लडाईमा हाम्रो तर्फ २४ जना कमरेडहरुको सहादत भएको थियो । मेरो खुट्टामा वमको छर्रा लागेको थियो तर गंभिर थिएन । हामी मध्य कोहि भर्खरैमात्र विवाहित भएका थिए, जसले युगल जीवनको कुनै अनुभुति विनानै आफुलाइ फेरि एकल जीवनमा फर्काउने जवरजस्त प्रयास गरिरहेका थिए । ती मान्छेहरु जसलाइ तिनका घरमा तिनका श्रीमतिले हररात वाटो हेरेर वस्थे, उनीहरुको सिउदो पुछिएको थियो । ती योद्धाहरु जसलाइ तिनका साना साना वच्चाहरुले हरदिन आफ्ना वावाको न्यानो छहारि कुरिरहेका थिए, उनीहरु टुहुरा भएका थिए । ती महान छोराहरु जसलाइ उनका वुढा वावा–आमाले एकपटक अनुहार हेरेर मर्ने अपेक्षामा पर्खिरहेका थिए, उनीहरुको काख अव खाली भएको थियो । र हामी उनका सहयात्रीहरु जो हर मोर्चामा एकले अर्कालाइ कभर दिएर विजय अभियानमा अगाडी वढीरहेका थियौं, अव हामी ती खाली वन्दुकको लागी नया“ योद्धा र सहयात्रीको खोजमा तल्लिन थियौं अर्थात गएका दिनको प्रतिशोधमा आउने दिनहरुलाइ झन विजय गर्ने प्रतिवद्धता सहित नया“ योजनाको कार्यान्वयनमा अगाडी वढीरहेका थियौं ।

त्यो वर्षको दशैं आउनको लागी केहि हप्ता मात्र वा“कि थियो । हामी सिन्धुलिको लुम्ति पोखरिमा आइपुगेका थियौं । रगताम्मे हाम्रा शरिरहरु पखालिइ सकेको थिएन । हाम्रा घाइतेहरुको घाउमा मल्हम लागाउने र उनीहरुको उपचार गर्ने कार्य तिव्रतापुर्वक भइहरको थियो । गंभिर घाइतेहरुलाइ सिमा पार गराएर भारत पठाउनको लागी एउटा टोली त्यतातिर लागेको थियो । दुइदर्जनको शहादत र चार दर्जनजतिको घायलताले गर्दा हाम्रो फर्मेशन खालि भएको थियो । खासगरि अपगे्रडिङ र सरुवा गरी फर्मेशन सुदृढिकरण गर्नको लागी हामीलाइ केहि समय वैठक वस्नु परेकोले फुलपातिको अघिल्लो दिनसम्म पनि हामी त्यहिं वसेका थियौं । गाउलेहरु नौदुर्गाको पुजा गर्नलाइ जमारा राख्दै थिए । त्रेता युगमा रामले रावणलाइ जितेको वा दुर्गाले राक्षशलाइ पराजीत गरेको वीरतापुर्ण कथालाइ आधार मानेर उनीहरुलाइ पुजा गर्ने र सो दिनलाइ एक खुशि पर्वको रुपमा मनाउन भनि घरहरुको सिंगार–पेटार गर्दै मिठा–मिठा खानपीनको जोरजाममा लागेको थिए । तर हामी यहि युगको रावणलाइ नष्ट गर्नलाइ आफ्नो संगठनलाइ सुदिृढ गर्दै थियौं र खर–खजानाको जोर–जाम गर्दै थियौं ।

तर यी सवकुरा भनेजस्तै सहज कहा“ थिए र ? मैले सत्रवर्ष सम्म विताएको पर्व थियो दशैं । जसलाइ म चार वर्ष देखि छोड्दै आएको भएतापनि मेरा संझनामा ती दिनहरु झलझलि आइरहन्थे । जुन दिनहरुमा मेरो आमा दामगाडेमा गएर रातो माटो ल्याउथिन र घरलाइ पुरै रातो हुनेगरि चम्काउथिन । भिरबारिको पाखावाट कालिमाटि ल्याएर गोभरमा मुछेपछि पिंढीको तल्लो भित्तामा फरक रंग रंगाउथिन । वर्ष भरि कमाएको कमाइ खल्तीमा वोकि मेरो वावा मलाइ साथमा लिएर भेडाको वथानमा जानु हुन्थ्यो र मलाइ भेडा छान्नको लागी भन्नु हुन्थ्यो । म सवभन्दा ठुलो भेडा छान्थें । वाह्रविसे वजारमा लुगाको कोठिमा गएर आमालाइ नया“ फरिया, आफुलाइ दौरा सुरुवाल, दिदिलाइ घा“गर र हामीलाइ सर्ट पाइट किनिदिनु हुन्थ्यो । सेते दमाइको छोराले सिलाएको नया“ लुगा लगाएपछि, घरमा भेडा कराउन थालेपछि र पिंढकिो डिलमा नाइलनको डोरि झुण्डाएर पिंग खेल्न शुरु भए पछि लाग्थ्यो – अव वल्ल दशैं आयो । तर यसपाली जव रात पर्छ त्यसपछि मेरो आमा मेरो वाटो हेर्दे रुन्थिन होलिन पक्कै , वावा मेरो संझनामा पुरपुरोमा हात राखेर टाढा कतै हेर्नु हुन्थ्यो होला र दाइ भाइहरु मेरो अभावमा एक्लो महशुष गर्थे होलान । यी भावनात्मक स्मरणहरुले मेरो मनलाइ चिमोटिरहन्थ्यो ।

यद्यपी म गएको चारवर्ष देखि आध्यात्मवाद के हो ? र भौतिकवाद के हो भन्ने कुराको अध्ययनमा थिए“ । मैले वुझ्दै थिए“ – हामी आध्यात्मवादको दर्शनले दविएका छौं , हेपिइएका छौं र अन्यायमा परेका छौं । मैले समानताको लडाइमा आफुलाइ विजय गराउनको लागी आध्यात्मवादको विश्वासहरुलाइ तोड्नै पर्ने थियो र संस्कारको नाममा फैलिएको विकृतीहरुलाइ छोड्नै पर्ने थियो । हामी भन्थ्यौं र ठान्थ्यौं – एकदिन हामी हाम्रो विरताको दशैं मानौंला, हामी हाम्रो विजयको खुशियाली मनाउला र त्यो दिन पक्कै एकदिन आउने छ । जसकोलागी हामी हररात ननिदाएर, हरदिन थकाइ नमारेर महासमरको यात्रामा यात्रारत थियौं ।

फुलपाति भन्दा केहि दिन अघि मात्र हाम्रो लडाइको तार्जेट पक्का भएछ । दशैं जस्तो पर्वमा हामीले जनताको घरमा वसेर उनीहरुलाइ डिस्ट्रव गर्न ह“ुदैन भन्ने मा एउटा समझदारि सहित तयारिपनि भइरहेको थियो । तर अचानक ‘योजनाको लागी’ भनेर हाम्रो यात्रा तय भयो । हामी अझै पुर्वतिर लाग्यौं । लुम्तिपोखरिवाट हामीले ओखलढुंगा–सोलुतिरको यात्रा तय ग¥यौं । वाटोमा कुनै जातिले फु्ुलपातिको दिनमै राङाहरु काटेर भोग दिने रहेछन्, त्यसमा खासगरि मगरहरु थिए । उनीहरु भोग दिने भन्दापनि ‘दशैं मान्नुपर्छ’ भन्ने मानसिकतावाट मात्र उत्प्रेरित थिए । किनभने उनीहरु सवैले हिन्दु धर्म मान्दैनन् तर हिन्दु धर्मले उनीहरुको मनोविज्ञानमा यति गहिरो जरा गाडेको छ मानौं अव यो धर्म उनीहरुको पनि भइसक्यो । वाटोमा हामी जुन ठाउ“मा पुग्थ्यौं त्याहा“ उनीहरुको भा“डा र दाउरा मात्र प्रयोग ग¥यौं । खाने कुराको लागी हामी जहा“ पसल भेटिन्छ त्यहि किन्थ्यौं र वेलुकि छुट्टै पकाएर खान्थ्यौं । यसरि हामी रामेछापको भुजि हु“दै ओखलढुृंगाको रावादोलु पुग्यौं । दशैं सकिएसंगै तिहारको चहलपहल हुने नेपाली परम्परा छ“दैछ । हामी सोलुको गोली तिर उग्लियौं, जहा“ हाम्रो अन्तिम राजनैतिक एवं फौजी प्राविधिक तयारि हुने थियो । हाम्रो तार्जेट थियो ओखलढुंगाको रुमझाटार विमानस्थल ।

हर दशैंमा मेरो आमा र मेरा वावा मलाइ जसरि पर्खनु हुन्छ हर तिहारमा मलाइ मेरो दिदि ले पर्खिन्छे । एउटै वावाका हामी चार जना दाजु भाइहरु छौं तर तिहारको वेलामा ठुलावावा र अंकलहरुको छोराहरुपनि जम्मा भएर पन्द्र विस भाइ एकै ठाउ“मा टिका लगाउथ्यौं । टिका लगाएपछि दिदि वहिनीहरुलाइ पैसा दिने संस्कार हामी केटाकेटिको लागी निकै धौ धौ को विषय थियो । तैपनि यसलाइ पुर्ति गर्नलाइ हामी रातभर–रातभर ननिदाएर देउसि खेल्थ्यों र एकजनाको भागमा १५÷२० रुपैया“ जम्मा गरेर दिदि वहिनीहरुलाइ कम्तिमा एक रुपैया“ सम्म हामी दक्षिणा दिन्थ्यौं । मेरो दिःदी, सायद भाइले दिएको त्यो एक रुपैया“को डवली आजपनि हेर्दै रु“दि हो वा आउछकि कतै भन्दै म आउने वाटोमा हेर्दी हो – म यस्तै सोच्थें । म तिहारमा नगएको चार वर्ष भएतापनि हरपटक उसले मलाइ पठाएको समाचारमा भनेकि छ – भाइ त“ आइज वा नआइज तर म हर तिहार त“लाइ पर्खिरहेकि छु । तर म घरभन्दा कयौं दिन टाढा एउटा भिषण मोर्चाको तयारि मा थिए“ । मेरो दिदिको हातवाट सप्तरंगि टिकाले रंगिने मेरो निधार त्यहि वर्ष दुश्मनको गोलीले लागेर रंगिन पनि सक्थ्यो । तर हामी यसैको तयारिमा खुशि हुन विवस थियौं ।

तयारि गर्दागर्दै प्राविधिक दुर्घटनामा दुइ कमरेडहरुको ज्यान गयो । उनीहरुले तिहार त के योजनाको मोर्चा पनि भेटेनन् । हाम्रो लडाईको मिति कात्तिक दश गते तोकिएको थियो । भाइटिका त्यस्तै तेह्र चौध गतेतिर थियो । मोर्चाको अन्तिम सम्प्रेषण हु“दै गर्दा मैले यी कविताका हरफहरु वाचन गरें ः–

दिदी †
पोहोर जस्तै
यसपाली पनि तिम्रो भाई
महासमरको महाअभियान मै छ……

तिमी
मेरो लागी जिमाहाको हड्डि नफोर,
वरु
एकदुइवटा वम वनाउ र
एम्वुस पड्काउ
मेरा लागीे सप्तरंगि सिन्दुर नघोल,
वरु
खुर्सानिका वोटहरु जम्मा गर र
दुइचार पाथी वारुद वनाउ…………….
………………….

सवैका घरमा झिलिमिल वत्तिहरु जडान भइसकेको थियो । लक्ष्मी घरमा आउने विश्वासमा घरलाइ उज्यालो वनाउने होड जस्तै चलिरहेको थियो । सयपत्री फुलका मालाहरु ढोका मा झुण्डिसकेका थिए । तर हामी जस्तालाइ तस्तैको उत्तर दिएर परिवर्तन गर्ने उद्धेश्य सहित लडाईमा होमिएका थियौं । निर्धारित समयमा हामिले मोर्चा लड्यौंपनि । तर लडाई भनेजस्तोे विजयमा पुग्न सकेन । हामीले ठुलो क्षति वेहोर्नु प¥यो अर्थात २५ जना होनहार योद्धाहरुलाइ हामीले रुमझाटारको कोदोवारिमा छाडेर फर्कियौं । फेरिपनि ती दिःदि वहिनीहरु, जसले आफ्ना भाइको प्रतिक्षामा हरक्षणहरु गुजार्दै थिए उनीहरुको लागी आफ्नो भाईलाइ भेट्ने उनीहरुको सपना सदाको लागी यतिमै अन्त भयो, ती दाजुहरु जसले एकसाथ वसेर रमाइलो गर्ने सपना वुनेका थिए, ती सपनाको रुमझाटारको कोदोवारिमा शहादत भयो र जनयुद्धमा शहिदहरुकोे संख्या थपियो । हामी दर्जनौं घाइते भयौं, र गंभिर घाइतेको पंक्तिमा म पनि सामेल थिए“ । हाम्रो लक्ष ओखलढुंगा को सिंगाने हुदै रावादोलु तिर झरेर रामेछापको प्रिति, दोलखाको सहरे, र मालु खोला हु“दै तामाकोशि तरेर सैलुङ छिर्ने थियो । लडाईको भोलिपल्ट हामी राति अवेर सम्म हिड्यौं । त्यसरात सिंगाने भन्दा वारि गाउ“ (जुन गाउको नाम अहिले भुलें) मा वस्यौं । भोलीपल्ट रावादोलु झ¥यौं । त्याहा“वाट हाम्रो यात्रा सेभ गर्नलाइ रातीको समय उपयुक्त ठानियो । भिरको वाटो असाध्य सांघुरो थियो । म लगाएत हामी घाइतेहरु स्टेचरमा थियौं । औंशि आउदै गरेको रातको समय अमिलो पोखेजस्तै अंध्यारो थियो । खेतमा धानका वालाहरु लह लह झुलेका थिए । गाउ“मा झिलिमिलि वत्तिहरु वलिरहेका थिए । भैलेनिहरु स्वर मिलाएर गाउ–घरका आगनीहरुमा भैली खेलीरहेका थिए ।

घरवेटि आमै नाङलामा सिदा वोकेर र दियो वत्तिका साथ वाहिर आउथिन । तर म कालो रातको यात्रामा स्टेचरमा वसेर आकाश को तारा गन्दै थिए“ । भैलेनीको आवाजहरुमा मेरो दिःदीको आवाज मलाइ झल्को भइरहेको थियो । घरवेटि आमैको आगमनमा मैले मेरो आमालाई देखिरहेको थिए“ । तर मेरो आमाले यो खुशिमा कहा“ खुशि मिलाउन सकेकि होलीन र ? मेरि दिदि यो भैलेनीमा कहा“ पो सामेल भइन होला र ? वरु लडाईको खवर रेडियोले भनेको सुनेर तर्सदै वस्दै होलीन ।, म स्टेचरवाट खस्न सक्छु भनेर मलाई मुर्दा वा“धे जसरि तिन ठाउ“मा वाधिंइएको थियो । वाटोमा हिंड्दै गर्दा वोक्ने साथीहरु लडेर कयौं पटक म स्टेचरसंगै धान खेतमा पछारिन पुंगे । तर मैले एक पटक भन्दा धेरै आइयापनि भनिन । किनभने लडाउनु कसैको नीयत थिएन । माथिका भावनाहरुसंग केवल भावनाको साइनो वाहेक अरु कुनै अपसोच मान्नुपर्ने हामीसंग कारण पनि थिएन । किनकि यो लडाई कसैको वहकावको लडाई थिएन । यो कसैको व्यक्तिगत स्वार्थ पुर्ति गर्ने लडाइको हिस्सापनि थिएन । यो एउटा भातृत्व निर्माणको, एकता निर्माणको, र समानताको अभियानको यात्रा थियो । भाइटिकाको दिन म मेरा योद्धा वैनिहरुको का“धमा यात्रा गरिरहेको थिए“ र मेरा भाईहरुको सहयोगमा लडिरहेको थिए“ । त्यहि लडाई नै आजको जारि परिवर्तनको एक हिस्सा थियो । म आजपनि यहि आदर्शमा अडिक छु । मलाइ आजपनि दशैंमा लगाउने टिकाको कुनै मोह छैन । म मेरा आफन्तलाइ भन्छु – मलाइ वरु फागुनको एक गते टिका लगाइदिनु र आशिर्वाद दिनु । लक्षको जिम्वेवारिलाइ छोडेर जाने मेरो कमरेडहरुले भन्ने शव्दलाइ म फेरि दोहोर्याउछु – पक्कापनि एकदिन हामी हाम्रो विरताको दशैं मानौंला, हामी हाम्रो विजयको खुशियाली मनाउला र त्यो दिन पक्कै एकदिन आउने छ । र म, अमुक देवताको विजयमा आफ्नो अग्रजको हातको टिका थापेर कुनै महान नेताले गरे जस्तै ढोंग गर्ने छैन – यो राजनैतिक टिका पनि हो भनेर ।

– सरल सहयात्री

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.