कविता : अतिथिको जङ्गलमा

~भक्तराज न्यौपाने~

हराउँदा अतीतको जङ्गलमा
फुत्त निस्कियो
सम्झनाको घाइते डमरू ।

हेर्दाहेर्दै घुर्रघुर्र गर्दै
पु-यायो पूर्वजिन्दगीको ओडारमा
टाढैबाट देखियो
पे्रम खोपेको ढुङ्गे शिलालेख ।

आतङ्कको छायामा
एकमुठी विश्वास हिँडिरह्यो
पे्रम पोखिएको माटो मगमगाइरह्यो ।
ढकमम्म फुलिरहे उज्याला राता गुराँस ।

मौन साक्षी पहाडहरू देखिए
भीरको कापबाट बग्दै गरेको दुम्सीखोला
आतङ्कको गडगडाहट सुसेल्दै
झरिरह्यो ओरालै ओरालो ।

अपराधी चिलका बथानमा
हराए कुखुराहरू
जङ्गलमा कराइरहे चिबे, भ्याकुर र कालिज ।

घुम्दै जाँदा अतीतको जङ्गलमा
अटेसमटेस भएर उम्ले सम्झना
हृदय बाउँडियो
आइदिए उप्रँदै बालसाथीहरू
र खेल्न थाले कपर्दी डन्डिबियो

साँच्चै ! भन ओ मित्र, जो मौजुद छन् वर्तमानमा
जिन्दगीको यात्रामा
किन घच्चा हान्छ हँ
अतीतको सुइरोले ??

– बेखसिम्ले–९, काभे
हाल :रातोपुल

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.