~सनत रेग्मी~
रङ्कमञ्चमा नर्तकीहरूका गोडाहरू चलमलाइरहेका छन् । सङ्कीतको रिदम र गीतको लयका गतिमा थिरकिरहेका गोडाहरूको चाल र नर्तकीको मुद्रा हाउभाउबाट प्रभावित भएर दर्शकहरू विभोर भएर हेरिरहेका छन् । छम…छमछम…छमम…चाँपको स्वर, सङ्कीतको तालमा मिसिन पुगेको छ । दर्शक भावविभोर भएर हेरिरहेका छन् ।
आज धेरै दिनपछि रङ्कमञ्च हेरिरहेकी छ उत्तरा, झन्डै दस वर्षको अन्तरालपछि । साँच्चै भन्ने हो भने दस वर्ष भयो उत्तरा घरबाट ननिस्केकी । एकेडमीको हलमा भारतकी सुप्रसिद्ध नर्तकीको नृत्य देखाइने सुनेपछि किन हो ऊ निकै उदास भएकी थिई । दस वर्षपूर्व त ऊ पनि उत्तिकै प्रसिद्ध थिई । उसको नृत्यका प्रशंसक पनि उत्ति नै थिए । उत्तराको नृत्य प्रदर्शन हुने भएपछि एकेडकीको हल यसै गरी भरिएको हुन्थ्यो ।
उत्तरा त्यस बेलाकी सर्वश्रेष्ठ नर्तकीका रूपमा प्रसिद्ध थिई । उसको सौन्दर्य सौम्य र शालीन थियो । जब ऊ रङ्कमञ्चमा अवतरण गर्दथी दर्शकहरूको तालीको पर्रा छुट्थ्यो ।
उत्तरा आफ्नो छेउमा बसेको लोग्नेतर्फ हेर्छे । लोग्ने, जससँग उसले प्रेमविवाह गरेकी थिई । जसलाई ऊ सारै मन पराउँथी । उसको लोग्ने वसन्त, एउटा सह्दयी र भावुक व्यक्ति थियो । गीत र सङ्कीत सारै मन पराउने । ऊ स्वयम् पनि गायक थियो । सायद त्यसैले होला वसन्त र उत्तरामा हिमचिम बढेको । दुवै कलाकार, दुवैको मन मिल्यो र दुवैले एकअर्कालाई मन पराउन थाले । एक दिन दुवै विवाहको बन्धनमा बाँधिए ।
उत्तरा र वसन्त, एउटी भावभङ्किमायुक्त नर्तकी अर्को लयसङ्कीतको साधक गायक । दुवैको क्षेत्र भावुक संवेदनाको क्षेत्र । तर जीवनले दुवैलाई नयाँ दृष्टि दियो । वसन्त जहिले पनि भन्थ्यो, ‘उत्तरा,हाम्रो सङ्कीतको एउटा स्वर हुनुपर्छ, हामीले जनताको गीत गाउनुपर्छ, शोषितपीडित जनताको । हामी गाउँगाउँमा, बस्तीबस्तीमा जानुपर्छ र जनतालाई जागृत गर्नुपर्छ ।’
तर उत्तरा वसन्तको कुरा बुझ्दैनथी । उसको भनाइ हुन्थ्यो, कला त कला नै हो, जसले कलालाई बुझ्छ त्यसैलाई त कला देखाउने हो, नबुझ्नेलाई कला के काम ?
‘हेर उत्तरा, कलाको जन्म त लोकबाट नै भएको हो । गीत, सङ्कीत, नृत्य सबै लोकको माझबाट निस्किउका हुन्, हामीले त त्यसमा परिष्कार मात्र गरेका छौँ । परिष्कार गरिएको वस्तुलाई अभिजात्यले बुझ्ने । तर जहाँबाट त्यसको मूल उद्गम भयो त्यसैले नबुझ्ने हुन सक्छ । लोकले जति कलालाई अरूले बुझ्दैनन्, हो लोकले बुझ्छ र आनन्द लिन्छ तर अभिजात्यले बुझेको अर्थमा आलोचना र समालोचना गर्छ । त्यसैले उसले त्यसको राम्ररी आनन्द लिन पाउँदैन ।’ वसन्तले उत्तरालाई सम्झाउने गर्दथ्यो ।
वसन्त जनताको कुरा गर्छ । जनताको गीत लेख्थ्यो र जनताको लागि गाउँथ्यो । उत्तरा एकेडमीको हलमा आफ्नो नृत्यकला प्रदर्शन गर्दथी । दुवै जनाको अभिरुचि एउटै भए पनि उत्तरा र वसन्त दुवैको दृष्टिकोण बेग्लै थियो । त्यसैले वसन्त जनताको गीत गाउन गाउँगाउँ चहार्न थाल्यो र उत्तरा एकेडमीको हलमा नृत्य र नाटक देखाउनमा व्यस्त भई । एउटा जनताका माझमा जनताको सुखदुख र सङ्खर्षको गीत गाउँथ्यो । अर्की कला सोखिन आभिजात्य वर्गका माझमा मात्र प्रस्तुत हुन्थी । तर दुवै कलाकार थिए र कलालाई महत्व दिन्थे । एक दिन उत्तराले थाहा पाई वसन्त जनताको गीत गाउँदागाउँदा जनयुद्धमा पो लागेछ । उसको गितार बोक्ने हातले बन्दुक पो बोकेछ । एउटा कलाकारले बन्दुक बोकेको उत्तरालाई मन परेन । उसले वसन्तलाई लेखी, ‘हामी कलाकार हौँ । हाम्रो कर्म कलाकर्म हो । तिमीले आÇनो कलाले जनतालाई जागृत गरिरहेकै थियौ, तिमीले बन्दुक नै किन बोक्नुपर्र्यो ?’
त्यसको प्रत्युत्तरमा उत्तराले वसन्तको पत्र पाई । उसले लेखेको थियो, ‘उत्तरा, हामी कलाकार हौँ, तर हाम्रो जागृति गीत, सामन्त र उसका मतियारहरूलाई मन परेन । हाम्रो आवाज र सङ्कीतका यन्त्रहरू बन्दुकबाट पड्काइन थालिए । अनि आफ्नो गीत र सङ्कीतको रक्षाका लागि पनि त कलाकारले बन्दुक बोक्नैपर्ने भयो । यो जनयुद्ध त जनता र सामन्तहरूको सङ्खर्षको लडाइँ हो । यसमा सामन्ती व्यवस्थालाई नसिद्ध्याई हाम्रो आवाज, गीत र सङ्कीतले बाटो पाउँदैन । त्यसैले मैले अहिले गितार थन्क्याएर बन्दुक बोकेको छु ।’
उत्तरा वसन्तलाई भेट्न चाहन्थी तर त्यो जनयुद्धको माझमा गएर आफ्नो वसन्तलाई भेट्ने आँट उत्तरामा आएन । वसन्त त मध्यपश्चिमको पहाडी जिल्लामा जनयुद्ध लड्दै थियो । त्यहाँ पुग्न सक्ने उसको साहस नै भएन ।
कहिलेकाहीँ वसन्तको फोन आउँथ्यो, ‘उत्तरा, छिटै हामी जनताको पक्षमा युद्ध जित्छौँ । तिमी नआत्तिनू, म छिटै भेट्छु ।’
उत्तराले टिभीमा अछाम, जुम्ला, पाल्पा, दुनैका ध्वंसहरू देखेकी थिई । ती विध्वंसले जनयुद्धको औचित्यलाई उसको मनले स्विकार्न सकेन । उसले वसन्तलाई भनी, ‘वसन्त, बन्दुकले कुनै युद्ध जितिँदैन । ध्वंस मात्र हुन्छ । तिमी यो कुरा किन बुझ्दैनौ ? हिंसाले त प्रतिहिंसा मात्र जन्माउँछ । यो हिंसाको खेल राम्रो होइन ।’
‘उत्तरा, गितार बोक्ने हातले बन्दुक किन बोक्नुपर्र्यो । त्यसको मर्म तिमी थाहा पाउँदिनौ । त्यो थाहा पाउन राजधानी होइन, सुदूर र मध्यपमको यी पहाडी भेगमा आउनुपर्छ । यहाँको शोषण, अन्याय, अत्याचार र गरिबीलाई हेर्नुपर्छ । प्रहरीसेनाको हिंसाले जन्माएको प्रतिहिंसा हो यो ।’
उत्तरा निरुत्तर हुन्छे र लोग्नेसँग भेट्ने इच्छा सँगालेर कुरिरहनुबाहेक अर्को विकल्प ऊ रोज्न सक्तिन । युद्धविराम र शान्तिको आशा बोकेर बस्छे । तर युद्ध लम्मिँदै छ ।
बीचमा एक पटक युद्धविराम भएको समयमा वसन्तसँग उसको भेट भएको थियो । त्यस बेला वसन्तले सुदूर र मध्यपहाडी जिल्लामा पुराना राजारजौटाको सामन्ती व्यवहार गरिब जनताको बाँच्न गारो भएको कष्टकर जीवन । रोजगारीका लागि गाउँका गाउँमा युवाहरूको छिमेकी र अन्य देशहरूमा भएको व्यापक पलायन । विकासका पूर्वाधारहरूको अभाव र अलिकति पनि चेतनाले टाउको ठाडो गरे कि सामन्तहरूको सामन्तहरूको भड्काउमा लागेर प्रहरी र सेनाले गरेको दमनको भयावह कहालीलाग्दो कथा सुनाएपछि उत्तराले फेरि कहिल्यै वसन्तसँग बहस गरिन । युद्धविराम भङ्क हुनासाथ वसन्त फेरि भूमिगत भएर जनयुद्धमै लाग्यो । कहिलेकाहीँ वसन्तको फोन आउँथ्यो तर एकअर्काका कुशलक्षेममै कुरा टुङ्किन्थे ।
आज उत्तरा वसन्तसँगै एकेडमीमा आएकी छ । भर्खरैको जनआन्दोलनको सफलतापछि वसन्त भूमिगत जीवनबाट प्रकट भएर राजधानी आएको छ । तर वसन्तलाई पाउने उत्तराको आह्द भने हराइसकेछ । वसन्तले जनयुद्धमा बन्दुक उठाउनेबित्तिकै उत्तराको जीवनमा त्यसको प्रभाव परिहाल्यो । सबैभन्दा पहिला त उसको एकेडमीको जागिर छुट्यो । त्यसपछि पटकपटक प्रहरी र सेनाको पक्राउमा पर्नु र वसन्तको विषयमा सोधपुछ र मानसिक यातना हुनु । अनि भोको पेटको र शरीरको यी सबै खप्दाखप्दै उसलाई सुगर रोगले गाँज्यो । बडो कष्टसाथ जीवन बिताउँदै थिई ऊ । यस्तोमा जनआन्दोलन र त्यसपछि वसन्तका आगमन हुन्छ । साँच्चै नै वसन्तको आगमनले उत्तरा निकै प्रसन्न भई । स्थायी शान्ति र सुखद भविष्यको सपना सँगाल्न थाली उसले । तर उसको जीवन त नीरस भइसकेको थियो, नाना थरीका रोगले ।
एकेडमीमा भारतीय नर्तकीको नृत्य हुने थाहा पाएपछि वसन्तसँग त्यो नृत्य हेर्ने इच्छा प्रकट गरी उत्तराले । वसन्त धेरै दिनपछिको भेटमा उत्तराका कुनै पनि इच्छा पूरा गर्न चाहन्थ्यो । वसन्तले दुइटा टिकट किनेर ल्यायो । वसन्त र उत्तरा अहिले नृत्य हेर्दै छन् ।
‘वसन्त, हेर त त्यो नर्तकीले यहाँनिर मृदङ्कको थापमा खुट्टाको लय मिलाउन सकिन । मैले नाच्दा यस्तो त्रुटि कहिल्यै गर्दिनथेँ ।…ल…ल…के गरेकी होली, भावभङ्किमा नै मिलेन…खै, आफ्नो त खुट्टामा भएको गेग्रिनले हिँड्नै गारो…होइन भने म सिकाइदिन्थेँ, त्यस नर्तकीलाई, कसरी नाच्छन् भनेर ! दस वर्ष भयो मैले एकेडमी नटेकेको, मलाई जागिरबाट निकालेपछि…।’
नृत्य गर्ने लालसा हुँदाहुँदै गेग्रिनको कष्टले नृत्य छुटेकामा ऊ अवसादग्रस्त हुँदै जान्छे । अनि एउटा लामो निश्वास फेरेर उत्तरा बिस्तारै आफ्नो टाउको वसन्तको जीउमा अड्याउँछे ।
‘उत्तरा, तिमीले यस एकेडमीमा पचासौँ पटक हजारौँ दर्शकलाई आफ्नो कलाले अभिभूत गरिसक्यौ, जसले तिमीलाई, तिम्रो नृत्यलाई हेरे, तिनीहरू सधैँ सम्झिरहनेछन् तिमीलाई । तिमी किन उदास भएकी ?’ वसन्त उत्तराको मर्म बुझेर उसलाई सान्त्वना दिन्छ ।
‘होइन वसन्त, दस वर्षसम्म गुमनाम जीवन बाँच्न बाध्य यो उत्तरालाई कसले पो सम्झेको होला र ! फेरि अब त म यो हलमा फेरि कहिल्यै नाच्न पाउँदिनँ होला, यो गेग्रिनले सारै दुख दिएको छ ।’
‘उत्तरा, जीवन यस्तै हो । एक दिन तिमी यस एकेडमीकी सर्वश्रेष्ठ नर्तकी थियौ । आज गेग्रिनले गर्दा तिम्रो खुट्टा काट्नुपर्ने भएछ । भोलि नै तिम्रो अप्रेसनका लागि अस्पताल भर्ना गर्नु छ ।’
‘एउटा कुशल नर्तकीका लागि उसको खुट्टा काट्नु उसका लागि मृत्युतुल्य होइन र ? मेरो नृत्य त मर्ने भयो नि वसन्त !’ उत्तरा निराशा र अवसादमा चुर्लुम्म डुबेकी हुन्छे ।
‘निरास नहोऊ उत्तरा, यहाँ के सम्भव छैन र ? तिमीले भारतीय सिनेअभिनेत्री सुधा चन्द्रनलाई देखेकी छ्यौ ? उसको पनि एउटा खुट्टा छैन तर पनि उनी निकै राम्रो नृत्य गर्छिन् । सुधा चन्द्रनले सकिन् भने तिमी पनि सक्छ्यौ । एक दिन तिमी फेरि यसरी नै नाच्छ्यौ, जसरी यी भारतीय नर्तकी नाच्दै छिन् ।’
वसन्त उत्तराको कुम थपथपाउँदै सान्त्वना खन्याउँछ । उता भारतीय नर्तकीको अन्तिम नृत्य समाप्त हुन्छ । तालीका गडगडाहटका साथ हल झलमल्ल उज्यालो हुन्छ । उत्तराले हेर्छे स्टेजमा । उसलाई लाग्छ, ऊ स्टेजमा उभिएकी छ र हल उसको स्वागतमा ताली पिट्दै छ । उसको आँखाबाट बर्र आँसु झर्न थाल्छन् । वसन्तले बिस्तारै उसको काँधमा सहारा दिएर बाहिर निस्कने उपक्रम गर्छ र उत्तरा कहिले हलतिर त कहिले वसन्ततिर हेर्दै खोच्याउँदै बाहिर निस्कन्छे ।
दस वर्षपछि एउटी कलाकारको त्यो एक दिनले, कलाकारको विवशतालाई भित्रसम्म रुझाउँछ । उत्तराको मनभित्र रुझिरहेको विवशताको चिसोले वसन्तले पनि आफ्नो मन रुझिरहेको अनुभव गर्छ । ऊ उत्तरालाई पूर्ण सान्त्वनाले छोपेर उसलाई आफैसँगै टाँसेर त्यो भीडबाट बाहिरिन डोर्र्याइरहेको हुन्छ ।
रचनाकाल २०६२ (नेपालगन्ज)
(स्रोत : साहित्यिक डट कम)