सूर्यबहादुर मुखियाका तीन मुक्तकहरु

~सूर्यबहादुर मुखिया~

(१)
क्रान्ति हेर कति प्यारो
उत्तिकै झन अति गाह्रो
हाय, भन्न त कति सजिलो
तर बन्न साह्रै अप्ठ्यारो

(२)
क्रान्ति गर्ने रहर छ
तर गरिब बन्ने डर छ
निम्न पुंजीवादले चुर्लुम्म छ
अनि त परिवर्तन धेरै पर छ

(३)
यो चुनाव केवल जाँतो हो
षडयन्त्रको एउटा पाटो हो
अरु सब भ्रमका जाल हुन्
क्रान्ति नै अन्तिम बाटो हो

–बडा गाउँ–७ थुम्का, गुल्मी

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २६ – May 15, 2013 – २०७० जेष्ठ १ गते, बुधबार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.