~गिरीप्रसाद बुढा~
(मामा राजमो कार्यकर्ता हुन भने भान्जा सानो व्यापारी)
भान्जा : नमस्कार माया कता हो हतारिंदै ?
मामा : नमस्कार भान्जा नमस्कार ! कता हुनु नि यसो पार्टी प्रचारको काममा हिंडेको । के छ तपाईको हाल खबर ? व्यापारपात कस्तो छ ?
भान्जा : के व्यापार हुन्थ्यो र ! यसो टाइम पास गर्ने मात्रै त हो नि ।
मामा : ठीक त छ नी साँझ विहान हातमुख जोर्नुे भएकै होला । बरू भान्जासँग एउटा कुरा पो गर्न मन लाग्यो ।
भान्जा : के कुरा भन्नुस न ?
मामा : कुरा के भने नी तपाइलाई मैले हाम्रो पार्टीको विधान र घोषणापत्र दिएको थिए । अब तपाईले राजमोको सदस्यता लिएर हाम्रो पार्टीको गाउँ समितिमा काम गर्नु पु¥यो । हाम्रो यो गाउँको राजनीतिमा तपाईले थोर भएपनि योगदान दिन सके राम्रै हुन्थ्यो ।
भान्जा: तर नि दाई यो विधान घोषणापत्र देखेपछि घरमा मेरो श्रीमतीले “राजनीतिमा नलाग” भनि कचकच गरेर टाउको खाइन ।
मामा : राजनीतिमा किन नलाग्ने रे ?
भान्जा : राजनीतिमा लागेको मान्छे काम लाग्दैन बिग्रन्छ भनिन ।
मामा : ए त्यसो हो भने म तपाई केही कुरा सोधु ?
भान्जा : सोध्नुस न के कुरा ?
मामा : तपाईले जुवातास खेल्नु हुन्छ ?
भान्जा: कहिलेकांही खेल्छु । लुडो, क्यारेमबोर्ड त खेल्न लागियो भने दिनै गएको थाहा हुँदैन ।
मामा : अनि तपाईले जाँड रक्सिी पनि खानु हुन्छ ?
भान्जा : कहिलकांही खान्छु । सुर्ती, पुकार र चुरोटमा त लत नै लागि सक्यो ।
मामा : अनि तपाईको श्रीमतीले तपाईलाई जुवातास खेल्नुहुँदैन, जाँड रक्सी खानुहुँदैन भन्दिैनन ?
भान्जा : भन्दैनिन् ।
मामा : हेर्नुस भाई यही कुरा हामीले बुझ्नु जरूरी छ । हाम्रो समाजको चेतनास्तर अझैमाथि उठ्न सकेको छैन । जुन काम गर्दा मान्छे बिग्रन्छ त्यही कामलाई हाम्रो समाजले छुट दिन्छ । जुन काम गर्दा मान्छे असल बन्छ त्यही कामलाई हाम्रो समाजले काँडेतारको बार लगाएर छेक्न खोज्छ । हाम्रो समाजमा रहेको यही उल्टो विचारको छाप तपाईको श्रीमतीमा पनि नमेटिने गरी बसेको छ । त्यसैको पणिाम तपाई कुनै पनि समाजसेवाको कार्यमा अथवा राजनीतिको बाटोमा अगाडि बढ्न सक्नु भएको छैन । यस्तो बाटोमा तपाई अगाडि बढ्न खोज्दा तपाइको आफ्नै श्रीमती तगारो बनेर उभिन्छिन् । तर जुवातास र जाँड रक्सीको कुलतमा तपाई फस्दै गर्दा तपाईको श्रीमती मौन बस्छिन् । हेर्नुस भान्जा यो अवस्थामा तपाई सचेत भएर समाजबाट माथि उठ्नै पर्छ । समाजलाई सचेत बनाउने बाटोमा लाग्नै पर्छ ।
भान्जा : कुरा त ठिकै गर्नुभयो । तर नि मामा, तपाईले दिएको राजमोको सदस्यता पत्र कतैबाट मेरो बुवाको हातमा परेछ । त्यो देखेर मलाई बुबाले राजमोमा नलाग भन्नुभयो ।
मामा : राजमोमा किन नलाग्ने रे ?
भान्जा : राजमो कमजोर र सानो पार्टी हो, यस्तो सानो र कमजोर पार्टीमा किन लाग्ने ? भन्नुभयो ।
मामा : हेर्नुस भान्जा मान्छेहरूले यी कुरामा ध्यान दिन सकेका छैनन् । मान्छेहरूले पार्टीका आकार प्रकार तथा संख्या हेरेर मात्रै कुरा गर्ने गर्छन् । तर वास्तविक रूपमा पार्टी कति कमजोर र बलियो छ भन्नका लागि अर्को मुख्य कुरा पनि छ । त्यो कुरा प्रति मान्छेहरूले ध्याननै दिंदैनन् ।
भान्जा: कस्तो मुख्य कुरा ?
मामा: नीति र सिद्धान्तका कुरा । मान्छेहरू कुनै पार्टीका चिल्ला र गुलिया कुरा सुन्न मात्र पर्छ, लरक्कै परिहाल्छन् । कुनै पार्टीका सिद्धान्त र व्यवहारमा तालमेलछ कि छैन जान्दैनन् । त्यसै हावाको तालमा दौडी हाल्छन् । भोट दिईहाल्छन् । वास्तवमा नि भान्जा कुनै पार्टी कति कमजोर वा बलियो छ भन्ने करा उसले बोकधेको सिद्धान्त कति सही छ वा गलत त्यसैमा भर पर्छ । हाम्रो देशमा कांग्रेस, एमाले र माओवादी जस्ता पार्टीहरू आकारमा संख्यामा ठूला भएर के गर्नु ? उनीहरूको नीति र सिद्धान्त गलत छ । त्यही गलत सिद्धान्तकै कारण तिनीहरूले देश र जनतालाई बारम्बार धोका दिइरहन्छन् ।
भान्जा : तर नि मामा सही सिद्धान्त बोकेको पार्टी चाहिं ठूलो हुनुपर्ने र गलत सिद्धान्त बोकेको पार्टी सानो हुनुपर्ने । यहाँ त यसको ठीक उल्टो पो छ त । गलत सिद्धान्त बोकका पार्टी पो ठूला र बढी छन् । तर सही सिद्धान्त बोकेको राजमो पार्टी चाहिं सानैको सानो यस्तो किन नि ?
मामा : ठीक भन्नुभयो भान्जा । अहिले हाम्रो देशमा यस्तै भएको छ । तर यो अवस्था सधै यस्तै रहिरहन्न । समय बदलिन्छ । मान्छेहरू सचेत हुँदै जान्छन् । एक दिन गलत सिद्धान्तको हार हुनेछ र सही सिद्धान्तको जीत हुनेछ । रूसमा यस्तै भएको थियो । शुरूमा जारको शासन कता हो कता बलियो थियो । त्यहाँको बोल्सेविक पार्टी निकै कमजोर थियो । तर समयको प्रवाहसँगै रूसी जनताहरू सचेत भए । अन्तत: सही सिद्धान्त बोकेको बोल्सेविक पार्टी ठूलो र बलियो भयो । यसैले अक्टुवर क्रान्ति गरेर जारको शासन ढालिदियो । चीनमा पनि ठीक यसै गरी सही सिद्धान्तकै भरमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो ।
भान्जा : ओ हो घ् राजनीतिमा सही सिद्धान्तको यति ठूलो महत्व पो हुँदोरहेछ । अनि नि मामा, तपाईले सिद्धान्तको कुरा गर्दै गर्दा एउटा कुरा सोध्न मन लाग्यो ।
मामा: सोध्नुस न के कुरा ?
भान्जा: हाम्रो देशका कांग्रेस, एमाले, माओवादी लगायतका कतिपय पार्टीहरूले सही सिद्धान्त किन बोक्न नसकेका होलान् ?
मामा: ज्यादै महत्वपूर्ण प्रश्न उठाउनु भयो । सही सिद्धान्त बोक्नको लागि जीवन र जगतलाई बुझ्ने तथा बदल्ने वैज्ञानिक दृष्टिकोण चाहिन्छ । यही वैज्ञानिक दृष्टिकोणको अभाव भइदिंनाले नेपालका प्राय: राजनैतिक दलहरूले सही सिद्धान्त बोक्न सकिरहेका छैनन् । यिनीहरू कोहीमा पुंजीवादी दृष्टिकोण त कोहीमा निम्न पुंजीवादी तथा अराजकतावादी दृष्टिकोण व्याप्त छ । त्यसैले हाम्रो देशमा लोकतन्त्र, गणतन्त्र मात्रै होइन ठूलाठूला क्राीन्तका कुरा गर्नेहरूले समेत आफ्नो यात्रालाई अन्तत: व्यक्तिगत स्वार्थ र सत्ता लिप्साको खेलमा पु¥याएर टुंग्याई दिएका छन् । देश , जनता र क्रान्तिको लागि यिनीहरूले केही काम गर्न सकेका छ्रैनन् ।
भान्जा : त्यै त मामा, जुन जोगी आए पनि कानै चिरेको भने झै हालसम्म जसले चुनाव जिते पनि जो कुर्सीमा गए पनि आफ्नै दुनो सोझ्याउने बाहेक साँच्चिकै यिनीहरूले केही गर्न सकेनन् । अरू हरू कुर्सीमा बसेर ऐस आराम गर्दै गर्दा लाखौ करोडौंका महल ठड्याउँदै गर्दा, देश विदेशको भ्रमण चिल्ला गाडी हेलिकोप्टरको प्रयोग आदिमा लदिै गर्दा मोहनविक्रम सिंह र चित्रबहादुर के.सी. जस्ता नेताहरू भने कहिले भोकै, कहिले खाली खुट्टा त्यागको जीवन बिताइरहेका छन् । यस्तो त्यागको जीवन यिनीहरूले कसरी आत्मसात गर्न सके होलान । यो कुरामा भने मैले अनौठो मानिरहेको छु ।
मामा: हो त नि भान्जा मोहनविक्रम सिंह र चित्रबहादुर के.सी. जस्ता नेताहरूको यो त्यागको जीवनशैलीले हाम्रो देशमा मात्रै होइन विश्वमा नै एउटा उदाहरणीय शिक्षा दिइरहेको छ । आज यिनीहरूको जीवनबाट हामी सबैले पाठ सिक्दै जान जरूरी छ । हामीले पनि यिनीहरूले अपनाएको सर्वहारावादी विश्व दृष्टिकोणलाई आत्मसात गर्नुछ । हामीले पनि त्याग र समर्पणको राजनीतिमा लाग्नुछ ।
भान्जा: त्यागको राजनीतिमा त लाग्ने नै हो, तर नि मामा त्यागको राजनीति गर्नलाई कहाँ सजिलो छ र ? मेरो श्रीमति र बुबाको कुरा त मैले अघि नै सुनाई सके । यस्तो अवस्थामा तपाई आफै भन्नुस् त के त्यागको राजनीति सम्भव छ ?
मामा : अवश्य सम्भव छ । यदि सम्भव नभइदिएको भए विश्वमा हामीले माक्र्स, लेनिन र माओ जस्ता ठूला दार्शनिक नेताहरू पाउँदैनथ्यौं होला । नेपालमै पनि अघि भने जस्तै मोहनविक्रम र चित्रबहादुर के.सी जस्ता नेताहरू हुंदैनथे होला । तर नि भान्जा त्यागको राजनीतिमा सफलता पाउनको लागि एउटा निकै महत्वपूर्ण शुत्र छ । यो शुत्रलाई भने कहिल्यै विर्सनु हुँदैन ।
भान्जा : कस्तो महत्वपूर्ण सुत्र मामा ?
मामा : सुन्नुस् भान्जा त्यो सुत्र यस्तो छ– पहिलो चरणमा तिमी आफैसँग संघर्ष गर र आफैलाई बदल । दोस्रो चरणमा तिमी आफ्नै परिवारसँग संघर्ष गर र आफ्नै परिवारलाई बदल । तेस्रो चरणमा तिमी समग्र समाजसँग संघर्ष गर र समग्र समाजलाई बदल । यिनै शुत्रहरूलाई सर्वहारा विश्वदृष्टिकोणको आधारमा अथवा सही सिद्धान्तको जगमा टेकेर हाम्रो जीवन व्यवहारभित्र लागु गर्न सक्यौं भने त्यागको राजनीतिमा सफल नहुने त कुरै छैन ।
भान्जा: तपाईले कुरा गर्दै गर्दा मेरो मनमा अर्को अनौठो खुल्दुली जाग्यो । त्यो के भने नि मामा……
मामा: अ हो भान्जा । तपाईसँग गफ गर्दा गर्दै समयले नेटो काटिसकेछ । मलाई एउटा महत्वपूर्ण ठाउँमा पुग्नु छ । बाँकी कुरा फेरि गर्दै गरौंला नि हुन्न र ?
भान्जा : ठिकै छ मामालाई समय छैन भने आजलाई यत्ति नै गरौं ।मामाका अरू पनि थुप्रै कुराहरू सुन्न मन थियो । तै पनि फेरि फेरि म कहाँ आउँदै गर्नुहोला । माया चाहिं नमार्नु होला है ।
मामा: त्यो त भइहाल्छ नि अहिलेलाई म लागे । बस्नुहोला है भान्जा
भान्जा: हवस् मामा नमस्कार !
मामा : नमस्कार, नमस्कार !!
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १७ – March 06, 2013 – २०६९ फागुन २३ गते, बुधबार)