गजल : फरक के नै छ र

~हीराछवि श्रीशा~

बाघ गयो, स्याल आयो फरक के नै छ र
भाईले छोड्यो दाईले खायो फरक के नै छ र

पहिले पनि भएकै थियो चुनाव संविधानसभाको
षडयन्त्र फेरि छायो फरक के नै छ र

देश बिगार्ने,जनता लुट्ने उनै नेता आए
बाँदरले लिस्नु पायो फरक के नै छ र

हलो अडकाई गोरू चुटे पहिले पनि यहाँ
धाँधलीको आरोप लायो फरक के नै छ र

जमानामा जनवादी गीत गाउँदै हिंड्थे
अहिले जातिवादी गीत गायो फरक के नै छ र

कोही जातिवादी यहाँ कोही राष्ट्रघाती
कोही भारततिर धायो फरक के नै छ र

–वाङला, अर्घाखाँची (हाल कुवेत)

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक ५ – Dec. 18, 2013 – २०७० पौष ३ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.