गजल : खोई के छ तिम्रो देशमा ?

~विष्णु थिङ~

मलाई बताइदेउ
खोई के छ तिम्रो देशमा ?

पाँचतारे होटल, गगनचुम्बी महल सबै अर्काकै देशमा
काम दिने कारखाना, दाम दिने मालिक सबै अर्काकै देशमा
घरिघरि सोध्छन्, सबैजना खोइ के छ तिम्रो देशमा ?

न त खाने पिजा छ, भुर्र उड्ने भिजा छ
खोई त चढ्ने रेल ? जहाँसुकै ठेलमठेल
मेरो मुलुकको विकास हेर द्रुत गति रेसमा
घरिघरि सोध्छन्, सबैजना खोई के छ तिम्रो देशमा ?

चिल्ला चिल्ला गाडी, घोडा कति मिलेको सपक्क
बनाइदिन्छु देश तिम्रो देउ मलाई थपक्क
शृङ्गार दिन्छु बेहुली जस्तै बालिदिन्छु धपक्क
लगाइदिन्छु रङ्गिन दुनिया देख्ने नयनभरि चेसमा
घरिघरि सोध्छन् सबैजना खोई के छ तिम्रो देशमा ?

ठाउँ छैन घुम्ने ठूला ठूला शहर
सधै बाँच्नु पर्ने बोकी अधुरा रहर
यतै पो बसाइँ सरेछ, दक्षिण भारत बिहार
अप्रेसन गर्ने अस्पताल छैन
न त पिएचडी गर्ने डाक्टर
झमेलैझमेला झेल्नु पर्ने
छैन चैन जीवनभरि दिक्दार
सुखसयल सबै दिन्छु आउ मेरै उपनिवेशमा
घरिघरि सोध्छन् सबैजना खोई के छ तिम्रो देशमा ?

सुन म भनिदिन्छु कान थापेर सुन
सिन्धुलीगढी, मकवानपुरगढीको कहानी भुलेपछि
माथिमाथि आकास भन्दै पहाडको मुनितिर वेलुन चढी डुलेपछि

खोई तिमीले के देखेनौँ ?
कुरा सुन्दा अचम्म लाग्छ छैन कि क्या हो होशमा
विरलै संसारमा पाइन्छ जे छ मेरो देशमा
तब त गिद्धे दृष्टि परेको छ
सुन्दर मनोरम मातृभूमि स्वदेशमा

हो तिमीले ठीकै सोध्यौ, ‘खोई के छ तिम्रो देशमा ?’’
मेरो देशमा गुलामी सत्ता छ
नुनको सोझो गर्ने २–४ वटा लठैतको जत्था छ
भ्रष्ट सासक र भुक्तभोगी नेता छ
तब त सधैभरि जनतालाई उही पुरानै व्यथा छ

अरू केही नभए नि ¤ प्राण दिने शुद्ध शुद्ध वायु छ
नपत्याए नापी हेर नेपालीको लामो–लामो आयु छ
अँध्यारोको राज खत्तम गर्ने क्षणभरमै झिलमिल पार्ने जल छ
डेथ भ्यालीमा कोपिला फुलाउने मल छ
सबैभन्दा ठूलो कुरा दुनियाँ÷संसार अटाउने दिल छ

किन चाहियो क्याप्सुल ?
तिम्रो दवैघारीमा हुर्किनेलाई
किन चाहियो अग्ला–अग्ला टावर ?
तिम्रो दिनदिनै सगरमाथा उक्लिनेलाई
मेरो देशमा ठूला–ठूला सुन्दर ताल छ
माथि–माथि लेकतिर डाँफे मुनालको चाल छ
हजारौँ हजार ऋषिमुनिको तपोभूमि हो
साधना र ध्यान छ
शान्तिको सूत्रधारी गौतम बुँद्धको अपार ज्ञान छ
साँच्चै मेरो देशमा न्यायको लागि ज्यान छ
अन्यायको लागि च्यान (चिहान) छ

गुन्दु्रक, ढिडो, खुर्सानी
वीरताको इतिहास विर्सानी
नखोज त्यसै परेसानी
मुलुकको लागि केही होइन
एक मुट्ठी प्राण कुर्वानी
अतिथि भए मेचबानी
सहन्न हामी बेइमानी
वीरताको गाथा यस्तै छ
नेपाली हामी स्वाभिमानी

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १२ – Feb. 12, 2014 – २०७० माघ २९ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.