कविता : नदिनु कसैले होलिको शुभकामना

~पूर्णिमा प्रतिबिम्ब~

देशमा अशान्ति फैलिएर
भाइ भाइमा काटमार
गोलि वर्षा सगैँ रगतको कर्णली उर्लेको बेला !
मेरो मनमा पनि चिन्ताको सागर बनेको छ ।

रङ्गहरुको उत्सव मनाउनु पर्ने यो महान पर्वमा
रगतको खोलामा डुबि डुबि
म कसरी होलि मनाउन सक्छु ?
यो मनमा जमेको पिडा रुपि सागरमा
संसारका सारा रङ्ग घोलेनि फिका फिका हुनेछ ।

यता रगतको भेल जमेर
कालो… दह बनेको महासागरमा
कसैले रङ्गिन धुलाहरु छर्ने कष्ट नगर्नु !
नदिनु कसेैले होलिको शुभकामना !
देशको माया बोकेको मुटु छिया छिया भएको छ ।
न छ्याप्नु पानी नहान्नु लोलाले नखेलाउनु पिचकरि
यो आलो घाउलाई निसाना बनाएर !

संस्कृति जोगाउनु पर्छ ।
चाडपर्व मनाउनु पर्छ । भन्ने मलाई थाहा नभएको हैन !
रङ्गहरुको उत्सव मनाउनु पर्ने यो महान पर्वमा
रगतको खोलामा डुबि डुबि म कसरी होलि मनाउन सक्छु ?
न बर्षाउनु रङ्का फोकाहरु कसैले म माथि मेरो घाउ चर्याउछ ।
नदिनु कसैले होलिको शुभकामना !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.