कथा : अझै पनि छ त्रास

~नवराज पोखरेल ‘पाखेली’~

त्यहा त्यस्तो उज्यालो थिएन जुन उज्यालो पहिले थियो ! ति हरिया फाट हरु बनमाराले ढाकेको थियो ! न त पहिलेको जस्तो चहलपहल र हो हल्ला नै थियो त्यहा ! पर लोहन्द्रा को बगरमा सेताम्मे फुलेको कास मन्द हावामा सुस्तरी झुलेको देखिन्थ्यो अनि एक दुइ वटा बृद अनुहार हरु पुलुक्क मेरो अनुहार लाइ नियालेर सरासर आफ्नो बाटो लाग्थे ! म मेरो बालपनमा बिस्तारै आफुलाई समाहित गर्न थालिसकेको थिए ! पर देखिने स्कुल बाट ससना बालबालिका का झुण्ड हरु कराउदै पाठ घोकी रहेको आवाज घरि घरि मेरो कानमा ठोक्किन्थियो ! म आज करिब नौ वर्ष पछी त्यहा पुगेको थिए ! त्यो बाटो अगाडिको सिरिशको बोटमा उही हामीले हालेको पीङको लठारो मक्किएको अवस्थामा लत्रिएर झुण्डीरहेको थियो ! हामीले पराल ओसार्ने त्यो गोरुगाडाको एउटा पांग्रो त्यसै मक्कीएर आगनको छेउपट्टि लडिरहेको थियो ! हामीले खाने गरेको त्यो निमको रुख कुरूप बनेर ठडिएको थियो ! म एक टक लाएर यी सबै चिज लाइ मेरो उपस्थिति जनाउदैथिए ! दाया बाया पर सम्म आँखा घुमाएर म मेरो अतित खोज्दै थिए ! त्यो आगन अगाडी म मेरो जन्म घरको पहिचान अनि मेरो बालापनको गहिरो बिगत नियाल्न खोज्दै थिए ! पहिले म घरबाट आँगनमा निस्कनासाथ रतन ले बोलाउथियो, नेत्रे अनि डम्मरे ले बोलाउथे !”नवराज आज किस्तिको बगरमा लाने है गाइ चराउन!” तर आज त्यो अवस्था थिएन त्यहा न त रतन नै थियो न त नेत्रे नै ! सुने नेत्रे विदेश तिर पलायन भयो रे ! रतन चाहि खै कुनचाही पार्टीको कमान्डर छ रे अहिले पनि ! त्यो सुन्दर गाउँ आज उदाश थियो ! सुनसान चकमन्न !

म त्यो सानो कुलेसो फड्किएर त्यो आँगनमा पाइला टेके जहा मेरो तेह्र वटा बसन्तहरु बितेका थिए ! मेरो अतित बितेको थियो मेरो चन्चलेपन बितेको थियो मेरो बिझ्झाई हुर्केको थियो ! मेरो जन्मथलो मेरो घर मैले घरि घरि हेरे त्यो छिद्रा छिद्रा परेको भित्तो लाइ सुम्सुम्याए ! त्यहा दाहाल काकाको त्यो माटोको घरमा धमिराले गुड लाएको थियो वास्तवमा नै मेरो गाउँ आज म आफैलाई बिरानो बनेको थियो मलाइ चिन्न समेत नचाहेको जस्तो लाग्थ्यो मेरो गाउले मेरो घर ले !

“तपाइँ को नि ?” म झसंङ भए ! “खै तपाईलाई त यो गाउँमा मैले कहिलै पनि देखेको छैन ..अनि कसलाई खोज्न आउनु भा’को ?” एउटा बृद्ध अनुहार मलाइ प्रश्न गर्छ !

“म..” मेरो आवाज पुरा हुन पाउदैन ! म अलमल्ल पर्छु ! अहो कति चाडो समय बित्दो रहेछ त्यो झर्झाराउदो अनुहार आज चाउरिएको अनि केश पनि सेतो हिमाल जस्तो आज मेरी हजुरआमाले मलाइ चिन्नु भएन !

मैले एक्कासी छाँद हालेर रोए ” आमा म नवराज ..तपाइको नबे…चिन्नु भएन !!” उहाका आँखा एक्कासी रसाएर आए अनि एक्कोहोरो मलाई हेरीरहे ! मेरी हजुरआमा जसले मलाइ हुर्काउनु भो ..आफ्नै दुध चुसाएर मलाइ बढाउनु भो ! मलाइ ताते गर्दै यो धर्तिमा हिड्न सिकाउनु भो ..हो आज उहाले मलाइ चिन्नु भएन !

धेरै बेर उहाले अगाल्नु भो मलाइ !” तलाई यतिका वर्ष सम्म मेरो याद आएन हैन ? आखिर हामी बुढा बुढी लाइ के सम्झंथ्यौ “! हजुरआमा त्यसै भक्कानिनु भयो !

त्यसबेला देश भरि शसस्त्र बिद्रोहको चरम प्रभाव परेको थियो ! पश्चिम तिर दिनहु जसो मरेका र मारेका समचार हरु आउथे !तर पनि हाम्रो गाउँ भने शान्त थियो त्यस्तो कुनै पनि प्रभाव थिएन गाउँमा ! हाम्रो समाजमा सबै जात जाति एक आपसमा मिलेर बसेका थिए ! गाउमा जनसभा हरु त हुन्थे तर कसैले कसैको खाने धम्क्याउने अनि डर र त्रास थिएन ! बिद्रोही भन्ने हरुपनि हाम्रो लडाई निरङ्कुश बिरुद्धको हो कोहि निमुखा र सोझा जनताको लागि हैन भन्थे ! अरु तिर का आतंकित समाचार सुन्दा हाम्रो गाउँ स्वर्ग लाग्थियो हामीलाई ! पदम र पुर्णे दाइले समालेका थिए त्यहाको मोर्चा ! उनीहरु ले गाउलेलाई जहिले पनि सजक हुन लगाउथे ! यदि कोहि बिद्रोहीको नाम गरेर खान आउछभने हामीलाई खबर गर्नु भन्थे ! वास्तवमा नै त्यो लडाई निस्वार्थ थियो कुसस्कार र निरंकुसताको बिरुद्धमा थियो !

तर समय उस्तै रहेन बिस्तारै विद्रोहीका नाममा गाउँमा नया अनुहार हरुको चहलपहल बढ्न थाल्यो ! चन्दा र लुटपाटका घटना हरु हुन थाले ! त्यहा विद्रोहीका नाममा अरुनै गिरोहले अराजक काम गर्न थाले ! यसै बीच गाउमा नेपालि सेना को गस्ती बढ्न थाल्यो ! त्यो सुन्दर गाउँमा पापी आँखाहरु लाग्न थाले ! एक दिन सुराकी गरेर पुर्णे दाइलाई सेनाले गोलि हानेर हत्या गर्यो त्यस पछी गाउँमा निरन्तर आक्रमण अनि कस्टकर वातावरणको सुरुवात भयो ! बिद्रोही तथा सेना दुवै बाट गाउलेले सास्ती पाउनथाले ! बिस्तारै त्यो सुन्दर गाउँ रणभूमि जस्तो बन्न थाल्यो ! गाउँका सबै विस्तापित हुनथाले ! हामी पनि त्यो घर छाडेर बजार तिर सर्यौ ! त्यसबेला हजुरआमा पहाड जानु भाको थियो !

हजुरआमा पनि करिब एक वर्ष भैसकेको थियो पहाड घर जानु भा,को ! मलाइ काठमाडौँ पढ्न ममीको मामा घरमा पठाउने हुनुभयो ! म त्यसबेला मन भरि बिछोडिएको गाउको माया अनि आफन्तको ममतालाइ छाती भरि अंगालेर म राजधानी छिरे ! त्यस पछी त झन् देशमा विद्रोहको ज्वाला दन्कन थाल्यो प्रत्येक दिन मरेका र मारेका खवरको पर्याय बन्न थाल्यो ! म मेरो पढाई तिरै बढी ध्यान दिन्थे उसो भएको कारण म त्यति घर गइन वर्षमा एक पल्ट जसो गएपनि हजुरआमा लाइ भने भेट्न पाउदिनथे प्राय उहा मधेस भन्दा पहाडनै बढी रुचाउनुहुन्थियो ! मलाई मेरी हजुरआमा ले खुब हेर्ने मन गर्नु भएको खबर ममी र बुबाले मलाइ सुनाउनु हुन्थियो !

आज म त्यो दिनको घडीलाई अन्त्य गर्न गा’को थिए ! म मेरी हजुरआमा लाइ भेट्न अनि मेरो जन्म घरलाई हेर्न गएको थिए ! लगभग एक दर्शक पछी पुगेको थिए म त्यहा !

मेरी हजुरआमा संगको त्यो भेटमा मेरा पनि आँखा बाट आँशुका धारा थम्मिएनन !

“हेर बाबु आजपनि यो गाउँ मा त्यहि बारुदको गन्ध आइरहेको छ !” उ त्यहि हो बधनु चौधरीलाई गोलि हानेर लडाएका …उ त्यहि हो माझी कान्छो लाइ मरेका ” हजुरआमा डाको छाडेर रुनथाल्नु भो !

मैले बधनु सरलाई सम्झे उनि हाम्रा मास्टर थिए सँधै बिद्रोह का कुरा गर्थे दासत्व अन्त्य का चर्का कुरा आज पनि कानमा गुन्जी रहेकाछन मेरा ! माझी कान्छा जो खोलामा दुवाली थुनेर माछा मर्ने काम गर्थे ! कान्छा काका भन्थे म उसलाई ..उ मलाइ सारै माया गर्थे तर खै उनलाई पनि बिद्रोही हो भनेर मारे रे आज हजुरआमा को मुखबाट सुन्दा झन् नरमाइलो लाग्यो !

“बाबु अब त खै के लोकतन्त्र भन्ने पनि आको छ रे त्यो आएपछि त देशमा शान्ति आउछ रे हो ?” हजुरआमाले सम्हालिदै प्रश्न गर्नु भो ! ” खै आज भोलि उता काठमाडौँ तिर त सबै मिले भन्ने सुन्छु तर यहाँ मधेशमा त उस्तै उस्तै छ बाबु के त्यो लोकतन्त्र यता आउदैन रे ?” हजुरआमाको त्यो प्रश्न मलाइ कताकता अबोध लाग्यो !

साँझ बढन थालेको थियो म हजुरआमा संगै मेरो पुरानो घर भित्र छिरे ! “आमा तपाइँ कति यो गाउँमा नै बस्नु हुन्छ अब त बजार तिर नै जाउ ..भो अब हजुर एक्लै यो निस्पट गाउँमा ..उता बुबा ममीले पनि चिन्ता गर्नु हुन्छ म हजुरलाई लिन आएको !” -मेरो आवाज सुनेर आमा झन् भक्कानिनु भयो ” हुन्न बाबु हुन्न यो गाउ तेरो बाउ जन्मेको ठाउ त जन्मेको ठाउ ..तेरो हजुर बुबा को समाधि स्थल हो यो !”

अब त तँ पनि ठुलो भाइस ..बुझ्ने भईस अब त त्यो लोकतन्त्र अनि शान्ति लाइ तैले ल्याउनु पर्छ यहा !”

“उ फेरी आए आज यी नया टोलि हुन जस्तो छ” – हजुरआमाले घर्याक्क ढोका लाउनु भो !

चार पांच जनाको झुण्ड हातमा बन्दुक बोकेर जादै थिए मैले झ्याल बाट चिहाएर हेरे ! ” बाबु अचेल त फेरी पहाडिया र मधेसिया भन्छन यी यसरि रात रात भरि हिडछन ..कहिले शान्ति होला बाबु आखिर किन सधै यो लडाई किन? किन मिलेर बस्न सक्दैनन् यिनीहरु ?”-हजुरआमा एक्लै कराउनुहुन्छ !

एकछिन पछी गोलि पड्केका आवाज हरु सुनिनछन् ! हजुरआमा बोल्नु हुन्छ “उ आज पनि कसलाई ढाले ..सुत बाबु सुत..यस्तै हो”! त्यसपछि गाउँमा निस्पट छाउछ !

बिहानै एक हुल मनिस हरु रुदै कराउदै गरेको आवाज मेरो कानमा पर्छ !

“थाहा पाइस् बाबु हिजो राति बन्दुक बोकेर जाने त रतन र उसका साथी रहेछन नि !”

“देविथान मा पुलिश संग भेट भएछ..खै के आत्मा समर्पण गर भने रे नमानेर गोलि हानाहान भएछ अनि त मारेछन!! ….बिचरा खै के “एक प्रदेश बनाउनु पर्छ हजुरआमा !” भन्थियो!!!

नवराज पोखरेल “पाखेली”
(१ भाद्र २०६८) बालुवाटार

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.