हास्य गीत : बिर्यानी बखान

~मनोज लामिछाने~

बिर्यानीको काम, जल्ले पाए नि खाम ।
बिर्यानीको थाल, सुकाउनु न लुकाउनु ।
बिर्यानी खानेको सयवटा पोइ, ढेँडो खानेको कोइ न कोइ ।
सहिदगेटको जात्रा, बिर्यानीको व्यापार ।
सित्तैमा पाए, बिर्यानीको ताउलो रित्तै ।
के खोज्छस् कम्रेड, बिर्यानी ।
बिर्यानी बाँड्नेलाई कालो सुट भगवानले जुटाउँछ ।
घाँटी हेरि बिर्यानी निल्नु ।
रातभरि पकायो बिर्यानी त काँचै ।
राहतको चामलमा बिर्यानी पाहुना ।
एकपल्ट खाएको बिर्यानी, च्याँख्ला देख्यो कि भाग्छ ।
बिर्यानी पाकिरहन्छ, भासन चलिरहन्छ ।
जहाँ बिर्यानी उहिँ चम्चेहरूको सिरानी ।
रातभरी पढ्यो बिर्यानी खाने बेलाँ लड्यो ।
बिर्यानी ढुक्नेलाई लाजिम्पाट न रंगशाला ।
बिर्यानी पकाउने भान्छेको टुप्पी, मोबायलको टावर न रेडियोको एरियल ।
कस्ता कस्ता काँ गए लाजै नमानी बिर्यानी खाए ।
सपनाको बिर्यानी बाह्र बर्ष पकाए पनि पाक्तैन ।
खाइ न पाइ बिर्यानीको भतेर लाइ ।
नपाउनेले बिर्यानी पायो थाल चाटेर खायो ।
आजकालको बिर्यानीमा भरौटेहरूको मस्ती ।
बिर्यानी खिलाउनेको टाउकोमा हेरुम् भने जुम्राले डिस्को नाचेको ।
बाउआमालाई गर्जो टार्न गाह्रो छोराछोरीलाई बिर्यानी नभै नहुने ।
बिर्यानी मगाउनेकी श्रीमती कति बाठी–
झ्याप्लीबाख्रीको स्टायलमा कपाल काटी ।
बिर्यानी खान गा’को छोरालाई इन्द्रेको बाउ चन्द्रे आए नि छेक्न सक्दैन ।
बिर्यानी खा’को कहिले कहिले, पुन्दरी लाउँछन् अहिले ।
चपाउन जान्दैन बिर्यानी पकाउनेलाई दोष ।
मौकामा बिर्यानी चाख्नु ।
मान्छे हेरि बिर्यानी खानु, मौका मिले घर लानु ।
आमा पनि बिर्यानी छोरी पनि बिर्यानी खोज्ने बाउ चैँ ले दारुपानी रोज्ने ।
कुटाइ खाएको नेता बिर्यानीको डाडु देख्दा तर्सन्छ ।
बिर्यानी पनि भातै हो, खान पाउनेले बिर्यानी मात्रै भन्दछ ।
मकै भुट्नेको मकै तीतो बिर्यानी ख्वाउनेको बिर्यानी मीठो ।

This entry was posted in नेपाली गीत, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.